रोल्पाली चर्चित लोक गायक हरि डिसीको ‘मन परेकी मेरी सानु’ तिज गीतको अपार सफलता पछी पुनः टिपिकल तिज भाकामा ‘छमछम नाच्नलाई’ तिज गित बजारमा ल्याएर आएका छन्।
राप्ति लोक दोहोरि प्रतिष्ठान राप्ति अंचलको प्रस्तुतिमा ‘छमछम नाच्नलाई’ तीज गीत भर्खरै बजारमा आएको हो।
हरि डीसी र टिका सानुको सुमधुर आवाजमा सजिएको गितको लय तथा सब्द सङ्कलन कमला लम्साल भारतीको रहेको छ भने उक्त गीतको भिडियो छायांकन कृष्ण जीएम, सम्पादन अमर शाक्य र निर्देशन सरोज रेग्मीले गरेका छन्। अभिनय तथा मोडलिङमा तेजेन्द्र र सुरक्षाको रहेको छ।
प्रतिक्रिया दिनुहोस