पोष्टपाटी!
प्रबासमा रहेर सामाजिक कार्यमा अत्यन्त क्रियाशील हुदै आएको मेतेरी समाज युएईले स्तन क्यान्सर पिडित दुर्गा माया ठकुरीलाई आर्थिक सहयोग गरेको छ। सहारा बिहिन एउटी महिला प्राणघातक रोगको शिकार भएको खबर पाएपछी समाज दुर्गा मायाँ बचाउ अभियानमा जुटेको थियो।
क्यान्सर उपचारका लागी आर्थिक नभएपछी सामाजिक संजालमा सहयोगका लागि मायाँले आग्रह गरेकी थिइन्। मायाको स्तन क्यान्सर उपचारका लागि मितेरी समाजले १ लाख ९२ हजार रकम सयोग गरेको छ। उक्त रकम संस्थाका प्रतिनिधि र अन्य सहयोगी मनहरुबाट संकलन गरिएको मितेरी समाजका संस्थापक प्रेम रिजालले बताउनु भयो।
मितेरी समाजका वरिष्ठ सल्लाहकार टिका श्रेष्ठ द्वारा पिडितलाई रकम हस्तान्तरण गरिएको थियो। हस्तान्तरण कार्यक्रममा आशा एच फोर फाउन्डेसनकि संस्थापक तथा अध्यक्ष आशा लामा र लोक दोहोरी गायक रमेश बाबु थापाको उपस्थिति पनि रहेको थियो।
त्यसैगरि आशा एच फोर फाउन्डेसनले पनि पिडितलाई छुट्टै १० हजार रकम सहयोग गरेको थियो।
जंगलमा घाँस काट्न जाँदा ढुंगामा बजारिएर दाहिने स्तनमा लागेको गहिरो चोट राम्रो संग उपचार नपाएर क्यान्सरमा परिणत भएको थियो।
मोरङ माइती घर भएकी दुर्गा मायाले चितवन नारायणघाटका सुरेन्द्र कुमार लामा संग बिवाह गरेकी थिइन् तर चितवनका उनका श्रीमानले आर्की बिवाह गरेर वास्ता नगरेपछी माया एक छोरीका साथ काठमाडौंमा एक्लै बस्दै आएकी थिन।
यसरि सहयोग पाए पछी अहिले दुर्गा मायाको उपचार नेपाल क्यान्सर हस्पिटलमा भैरहेको छ। यसरि सहयोग पाएपछी दुर्गा मायाँमा ज्युने आशा जागेर आएको छ। अनारी एक्ली छोरीको सहारा बन्ने खुसि बोकेर आएको छ।
स्मरणहोस्, सामाजिक कार्यमा अत्यन्त क्रियाशील रहेको मितेरी समाज युएइले महत्वपूर्ण सामाजिक कार्य देखि लिएर यस्तै पिडितहरुको सहयोगी सारथि बनेर थुप्रै उदाहरणीय कार्यगर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस