युएइमा उधुम मच्चाएको ‘मेरी कुशुम’ नेपालमा रिलिज हुँदै!


पोष्टपाटी/मोहराज शर्मा –नेपाल बाहिर पहिलोपटक रिलिज गर्दा पनि युएईमा निकै मन पराइएको नेपाली चलचित्र मेरी कुशुम साउन ६ गते देखि नेपाल भरी एकसाथ प्रदर्शन हुने भएको छ।

बैसाख २२ गते युएईका १३ भन्दा धेरै हलमा एकैसाथ प्रदर्शन भएको मेरी कुशुम सबैहलहरु दर्शकले खचाखच भएको युएईका दर्शकमाझ पुगेका सोहि चलचित्रका नायक मोहन बोगटीले बताएका छन् ।

नेपाल बाहिर यति धेरै दर्शकको माया पाएको चलचित्र नेपालमा पनि उतिकै सफल बन्ने दाबी निर्देशक एन आर घिमिरेको छ ।

प्राय चलचित्र नेपालमा रिलिज गरिन्छ हामीले विदेशबाट गरेउ धेरै दर्शकको माया पायौ त्यो नेपालमा आउदा उतिक्कै बढेर सफल चलचित्र बन्ने उनको आशा छ।

चलचित्र मेरी कुशुममा नायक मोहन बोगटी नायिका हर्षिका श्रेष्ठ मुख्य भूमिकामा छन्, त्यस्तै नव नायिका सुदिपता अधिकारी र खलनायकको रुपमा राज कुमार थापा छन् । सुनिता शर्मा बोगटीले निर्माण गरेको मेरी कुशुमका सह निर्माता भने रबिन कुवर हुन् ।

२०७४ असार १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको