सिमा सुबेदिलाई बिर गोर्खालीको पत्र


  • पृथीछक बुढा/पोष्टपाटी

प्रिय अपरिचित सिमा ।

अपरिचित यस अर्थमा भने तिमि मलाई चिन्दैनौं तर तिमिलाई चिन्न बाध्यता बनायौ । आज एक तर्फी चिनेको सुबेदी थरको सिमालाई एउटा चिठ्ठी लेख्न जरुरी ठानेको छु ।

तिम्रो भिडियो म्यासेज मैले हेरे । तिमीले गलत भनेकी छैनौं, यस अर्थमा कि तिमिलाई जति थाहा छ त्यही भन्यौ । जति बुझेकी छौ त्यही भन्यौ । रुपकी धनी छौ । मनको धनी भईदिएको भए के हुन्थ्यो होला ? सिमा एकपटक कोसिस गरेर हेर न है । मैले सक्भर मान्छेको बौद्धिक क्षमताको आधारमा त्यसको सुन्दरताको मापन गर्दछु । मैले भन्दिन तिमी कति सुन्दर छौ ? तर यति त भन्छु, छाला सुन्दर छ तिम्रो । तिमिलाई थाहै छ, मान्छेको सुन्दरता छालामा हुँदैन । सायद मेरो जवाफ पाएकी छौ ।

तिमीले धेरै कुरा कहेकी छौ । तिमी भारतलाई आफ्नो महान भारत भन्छौ । महान भारतले १५ अगस्टमा आफ्नो स्वातन्त्र दिवस मनाउछ । मात्र केवल ७० बर्ष भयो तिमी स्वातन्त्र भएको, तिम्रो देश स्वातन्त्र भएको ।

तर तिमिलाई एउटा कुरा थाहा छ ? मेरो देश चाहिँ आफ्नो स्वतन्त्र दिवस नै छैन । किनभने दैविक कालदेखी नै यो भुमी पवित्र छ र स्वतन्त्र छ । त्यसैले विना कुनै आक्षेप मैले मेरो देश नेपाललाई महान ठान्दछु । तिमी आफैलाई रोज्न दिएको छु, कुनै समय बिदेशीको गुलाम भएको देश महान हुन्छ कि कहिलै गुलामी नगरेको देश महान हुन्छ ?

मलाई भारत र भारतिय जनता प्रति कुनै घृणा छैन । मैले भन्दैन, तिम्रो भारतियहरु नेपालमा चटपटे बेच्न आउँछ । मैले भन्दैन, तिम्रो भारतियहरु नेपालमा आएर कुच्चिएका प्लास्टिक र सिल्बर बटुल्ने काम गर्छ । मैले भन्दैन, तिम्रो देशमा नेपालको जनसंख्या बरावर त भिखारी मात्रै छ । कमजोरी पक्ष त सबैको हुन्छ मिस सिमा । गिभ रिस्पेक्ट एन्ड टेक रिस्पेक्ट ।

लेखक -पृथीछक बुढा मगर

एउटा कहावत छ, बस्न पाएँ, भन्दैमा थ्याच्च नबस्नु । भन्न पाएँ भन्दैमा प्याच्च नभन्नु ।

हाम्रो मान्छेले भारतमा भाडा माझेर तिमी किन लज्जित भयौ? बुझ्न सकिन! मेरो दाजुभाइ तिम्रो घरको सुरक्षा गर्न ढोकामा उभिदा, गोर्खाली सेना तिम्रो देशको रक्षा गर्न सिमामा उभिदा तिमिलाई अलिकती पनि लाज लागेन? आफ्नो देशको रक्षा आफै गर्न नसक्नेले आफ्नो औकात अनुसारको बोल्नु पर्छ । नत्र बोल्यो कि पोल्यो हुन्छ ।

तिमि मलाई भाडा मझुवा भनेर हेप्यौ । हाम्रो कुल्ली र दरवानी काम देखेर तिमी लज्जित भयौ । कृपया तिमि लज्जित हुनु आबस्यक छैन किनकी तिमी गोर्खाली होइनौ । गोर्खाली वन्नको लागि नेपाली हुनुपर्छ । किनभने गोर्खाल्यान्ड भारतको होइन, यो त मात्र नेपालको स्वामित्व हो ।

जब तिमी नेपाललाई घृणा गर्छौ भने तिमी कसरी गोर्खाली हौ ? गोर्खाको ईतिहास नेपालसङ्ग जोडिएको छ न कि इन्डियासङ्ग । कृपया तिमी आफ्नो छालालाई कसरी सुन्दर राख्ने भन्ने कुरामा मात्रै अध्ययन गर्नु हुँदैन, सपाट रुपमा लेखिएको दार्जीलिङको ईतिहास पनि अध्ययन गर्न सुझाव दिन चाहन्छु ।

गोर्खाल्यान्डको बिषयमा बोल्नु भन्दा गोर्खाको इतिहासको बारेमा अध्ययन गर्न सुझाव दिन चाहन्छु । अरु बढी सोच्नु हुँदैन । एकपटक तिमिले मेरो भनिरहेको भारत देशको गोर्खा रेजिमेन्टको इतिहासको बारेमा आफ्नो बाबुलाई गएर सोध्नु पर्छ । यतिले मात्रै पनि केही कुरा बुझ्न सक्ने छौ ।

तिमी कामलाई तुच्छ मान्यौ । तिमी पनि एक नतर्की हौ । नतर्की जस्तै डिस वासर पनि एउटा काम हो । डाक्टर, इन्जिनियर र पाइलट जस्तै डिस वासर पनि एउटा पेशा नै हो । दिस वासर तिम्रो नजरमा तल्लो स्तरको काम हुनसक्छ र त्यही काम मलाई अरुची हुन सक्दछ जुन तिमी अङ्गालेकी छौ । फरक यति मात्रै हो, मैले तिम्रो नाम जोडेको छैन तर तिम्रो मेरो देशको स्वाभिमानलाई जोडेर भन्यौ । मेरो नाम जोडेर घृणा गरयौ । तिमिलाई यो अधिकार कस्ले दियो ?

तिमी कामलाई तुच्छ मान्यौ । तिमी पनि एक नतर्की हौ । नतर्की जस्तै डिस वासर पनि एउटा काम हो । डाक्टर, इन्जिनियर र पाइलट जस्तै डिस वासर पनि एउटा पेशा नै हो । दिस वासर तिम्रो नजरमा तल्लो स्तरको काम हुनसक्छ र त्यही काम मलाई अरुची हुन सक्दछ जुन तिमी अङ्गालेकी छौ । फरक यति मात्रै हो, मैले तिम्रो नाम जोडेको छैन तर तिम्रो मेरो देशको स्वाभिमानलाई जोडेर भन्यौ । मेरो नाम जोडेर घृणा गरयौ । तिमिलाई यो अधिकार कस्ले दियो ?

त्यसमा कुनै सन्देह छैन कि दार्जिलिङ पनि नेपालको सिमाना भित्रको एउटा भुभाग हो । कृपया आउनुहोस, ठन्डा दिमागले बसेर तिम्रो बौद्धिकताले देख्न नसकेको इतिहासलाई केल्याउने प्रयास गरौं । तव दिनको घाम जस्तै छर्लंग देखिने छ ।

{यो पनि पढ्नुस गोर्खाल्यान्ड तिम्रो पहिचान होइन, ‘यो बिरताको निशानी हो’}

एकपटक सुगौली सन्धिको इतिहास पल्टाएर हेर त सिमा? त्यहाँ के भेटिन्छ ! 

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो । जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको दुई तिहाई भू-भाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो ।

यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश पक्षबाट लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए ।

यस सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपरयो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो ।

यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु परयो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ (वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू ।

तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई नयाँ मुलुक भनिन्छ ।

अब १९५० को नेपाल भारत विचको सन्धी पनि हेर्ने चेस्टा गर ल सिमा।

१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि भयो । यस सन्धि मार्फत दक्षिण एसियाको दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित हुनु आबस्यक थियो तर भएन । ३१ जुलाई, १९५० काठमाडौमा नेपालको प्रधानमन्त्री मोहन शम्शेर जंग बहादुर राणा तथा नेपालको लागी भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारा हस्ताक्षर गरिएको थियो ।

जम्मा १० धारा भएको यो सन्धिको धारा ८ मा यसरी लेखिएको छ, `धारा ८. यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धि पत्रले भारतको तर्फवाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।´

अब त बुझ्यौ होलानी सिमा? यस अर्थमा तिमिले भारत भनिरहेको जमिन तिम्रो भारतको होइन, यो त मेरो महान राष्ट्र नेपाल भित्रको एउटा भुभाग हो । दार्जिलिङका जनता भारतको होइन । नेपालको हो । त्यसैले दार्जिलिङ दुख्दा नेपालीको पनि मन दुख्छ । बङ्गाल सरकारको गोलीको सिकार हुँदा हाम्रो मुटु पोलेको छ । इन्डियन आइडल प्रशान्त तामाङलाई पनि हामी नै जिताएका हौं । किनभने दार्जीलिङसङ्ग हाम्रो नाता छ । राष्ट्रियताको नाता । जमिनको नाता । जातिय नाता ।

जुन १९४५ मा बृटिस इष्ट इन्डिया कम्पनीले तिमीहरुलाई भारत छोडेर गएपछि अझै भारत पक्षले नेपाललाई आफ्नो जमिन फिर्ता दिएको छैन । यदि तिमी भारतिय हौ भने दार्जिलिङ तिम्रो होइन । दार्जीलिङ त नेपालको जमिन हो कानुनी रुपमा । यदि तिमि दार्जिलिङकै हौ र अझै तिमी आफुलाई भारतिय भन्छौ भने मैले भन्न पाउनुपर्छ कि तिमी देशद्रोही हौ ।

तर तिमिलाई एउटा कुरामा बिश्वस्त पार्न चाहन्छु, लामै समयपछि नेपालले एउटा ईतिहास लेखिसकेको छ । फेरि एउटा ईतिहास लेख्न बाकी नै छ, समृद्धिको ईतिहास । मलाई आशा छ, एकपटक नेपाल आमाले फेरि गर्वधारण गर्ने छ र फेरि एउटा पृथ्वीनारायणको जन्म दिनेछ । जसले जफत गरिएका आफ्नो जमिनको एक एक हिसाब चुकाउने छ ।

पृथीछक बुढा ।
सिमाना पारिवाट ।

यो पनि पढ्नुस रोल्पाको चुनाव र प्रचण्डको बजेट भ्रम – समिक्षा

 

१३ असार २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको