एमाले र माओवादी केन्द्र एकताको मोडालिटी टुंगो लाग्यो


काठमाडौँ । वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको ‘मोडालिटी’ टुंग्याएर एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको छ ।

भेटवार्ता र टेलिफोन संवादमा दुई नेताबीच पार्टी एकता प्रक्रिया र सरकार गठनको गृहकार्यलाई तीव्रता दिने समझदारी भएको हो । एकता ‘मोडालिटी’को गृहकार्य अन्तिम चरणमा पुगेको दुवै पक्षका नेताहरूको दाबी छ । आजको नायाँ पत्रिकामा खबर छ ।

ओली र प्रचण्डबीच पुसयता दुईपटक वार्ता भएको छ । प्रत्यक्षमा निर्वाचित भएर प्रचण्ड काठमाडौं फर्किएलगत्तै ओलीसँग बबरमहलस्थित एक घरमा छलफल भएको थियो । पछिल्लोपटक गत ६ पुसमा दुई नेताबीच राति अबरेसम्म ६ घन्टा लामो संवाद भएको थियो ।

११ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको