नझुक्किनुस प्रधानमन्त्री देउवा नै हुन, विमानको पाइलट बस्ने सिटमा आखिर के गर्दैछन् देउवा ?


काठमाडौं  । कालो टोपी, तिलचाम्रे कपाल, काँधमा फूलका केस्रा, जहाजको ककपिटमा बसेका उनी हुन् प्रधानमन्त्री शेरबहादुर देउवा । तीनै तहको निर्वाचन सफलतापूर्वक गराएर राजनीतिक संक्रमणलाई सफल अवतरण गराएका देउवाको यो तस्बिर हेर्दा जोकसैलाई जिज्ञासा उत्पन्न हुन्छ । विमानको पाइलट बस्ने सिटमा आखिर के गर्दैछन् प्रधानमन्त्री देउवा ?

सामाजिक सञ्जालमा भेटिएको यो तस्बिर धनगढीस्थित एयरक्राफ्ट म्युजियमको हो । तस्बिर हेर्दा देउवाको अनुहारमा उत्सुकता मात्रै होइन्, प्रशन्नतासमेत देखिन्छ । पाइलटले विमान कसरी उडाउँदा रहेछन् भनेर देउवाले जान्न खोजेको प्रस्ट हुन्छ । सुदूरपश्चिमको दुर्गम जिल्ला डडेल्धुरामा जन्मिएका देउवा मुलुकको चारपटक प्रधानमन्त्री भइसकेका छन् । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि उनी पदत्याग गर्ने चरणमा छन् ।

संविधान कार्यान्वयनलाई निर्वाचन परिणामपछि पदत्याग गर्ने चरणमा पुगेका उनको यो तस्बिर सार्वजनिक भएको छ । असहज अवस्थामा पनि सहज रूपमा निर्वाचन गराएको उनी केही दिनभित्रै राष्ट्रिय सभाको निर्वाचन गराएर नयाँ सरकारलाई मार्गप्रशस्त गर्दैछन् ।

निर्वाचनमार्फत करिब सात दशकयता जरो गाडेर बसेको अस्थिरताको अन्त्य गर्दै उनले समृद्धिको उडान भर्न मैदान तयार गरिदिएका छन् । र, जहाज स्टार्ट गरिदिने तयारी गर्दैछन् । उनले तयार गरिदिएको मैदान र स्टार्ट गरेर छोडिदिएको जहाजमार्फत बहुमत ल्याएको बाम गठबन्धनले समृद्धिको उडान सफतापूर्वक भर्ला ? यो प्रश्नको जवाफ आगामी दिनमा अवश्य मिल्नेछ ।

–मिडियाएनपी

११ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको