सुत्केरीको समस्या देखाई आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष द्वारा महाधिवेशन स्थगित


जापान- डिसेम्बर २४ मा हुने नेपाल आदिबासी जनजाति महासंघ जापानको १६औँ महाधिवेशन अन्तिम संघारमा आएर स्थगित भएको छ । महाधिवेशन मुल आयोजक समितिका संयोजक तथा अध्यक्ष पासाङ् शेर्पा द्वारा अचानक महाधिवेशन हुनु दुईदिन अगाडी आफ्नो फेसबुक स्टाट्स मार्फत स्थगित गरीएको घोषणा गरेका हुन ।

तर स्थगित हुनुको कारण भने अत्यन्त हाँस्यास्पद रहेको छ । उनले संस्थाका महासचिव ज्यूलाई पुत्रलाभ भएको र श्रीमती सुत्केरी हुँदा घर छाड्न नमिल्ने भएर महाधिवेशन रद्द गरीएको जानकारी गराएका छन । साथै २४ तारीखकै दिन एक एकल जातिय संस्था मगर संघ जापानको सांगीतिक कार्यक्रम रहेकोले र विधान संशोधन संयोजक नेपाल जाने भएकोले पनि महाधिवेशन स्थगन गर्नुपरेको अर्को कारण देखाएका छन ।

उता महाधिवेशन व्यवस्थापन समितिका संयोजक पेम्बा शेर्पाले भने सबै तयारी भईसकेको अबस्थामा अचानक अध्यक्ष ज्यू बाट विल्कुल व्यक्ति बिशेषका समस्याहरू देखाई संघको महाधिवेशन स्थगित गर्नु आफैमा बड़ा लज्जास्पद र बिडम्बना रहेको बताउँदै गहिरो दुख ब्यक्त गरेका छन । साथै उनले २४ तारीख को महाधिवेशन जापानको नागोया शहरमा भव्य रुपमा सम्पन्न गर्ने गरी गत नोभेम्बर महिनाको १२ तारीख टोकियोमा बसेको संघको कार्यसमिति लगायत सबै एकलजातिय संस्थाका प्रतिनिधीहरू, र बर्खरै स्थापना हुँदै गरेका केही क्षेत्रीय समितिका प्रतिनिधिहरू सबै सबैको सामुहिक बैठकले निर्णय  गरेको जानकारी दिए ।

महाधिवेशन नहुने भएपछी  शेर्पा संघका अध्यक्ष समेत रहेका निज पेम्बाकै संयोजकत्वमा महाधिवेशन गर्ने भनिएको हलमा बसी छलफल कार्यक्रम राखिएको थियो । जहाँ नेपाल मगर संघ जापानका अध्यक्ष गंगा घर्ति मगर, तामाङ् समाज जापानका भुपु अध्यक्ष तथा जनजाति महासंघका पनि भुपु अध्यक्ष सुर्य तामाङ्, किराँत याक्थुङ चुम्लुङ जापानका केन्द्रिय अध्यक्ष सुमन लिम्बु, किराँत यायोक्खा नागोया जापानका अध्यक्ष विधान राई, लांघाली समाज नागोया जापानका अध्यक्ष ज्ञान पुन मगर,  भुपु अध्यक्ष ज्यूहरू, सल्लाहकार ज्यूहरू लगायत सर्वसाधारणको उस्थित थियो ।

छलफलमा उपस्थित अधिकांश सर्वसाधारणले पासाङ् शेर्पा अब काम चलाउ अध्यक्ष मात्रै रहेकोले उनको महाअधिवेशन भाँड्ने नियत तथा  वालापना र दृद्दहिन प्रतिक्रियाको बेवास्ता गरेर  महाधिवेशन २४ तारीखनै सम्पन्न गर्नुपर्नेमा फेरी अर्को मिति सम्म पर्खिने निर्णय गरेर गल्ति गरेको भन्दै नेतृत्वपंतिलाई गाली गरेका थिए । जवाफमा भावि अध्यक्षका प्रत्यासी समेत रहेका सुमन लिम्बुले भने – “चिन्ता नगर्नुस् , महाधिवेशन चाँडै हुन्छ र यही व्यवस्थापन समितिको जिम्मामा यही नागोया शहरमै हुन्छ र यो गत  नोभेम्बर १२मा टोकियोमा बसेको आम भेलाले पारित गरीसकेको छ । बरू मिति भने सर्नेनै भयो , तर अबको मिति भने विल्कुल अन्तिम मिति हुने छ ।”

थुप्रै जनजातिहरूको एकल संस्थाहरू अर्थात उनिहरूकै भाषामा संघिय परिषदहरूको संयोजनबाट बनेको सबैको छाता संस्था आदिबासि जनजाति महासंघको ऐतिहासिक महाधिवेशन जस्तो महत्वपूर्ण समयलाई को सुत्केरी भयो , को नेपाल गयो, कहाँ साँस्कृतिक कार्यक्रम भयो जस्ता ब्यक्ति बिशेषका समस्याहरू देखार अनपेक्षित ढंगबाट रद्द गर्नुले अहिलेको कार्यसमिति र नेतृत्व संस्थाको इतिहाँसमै असफल्ताको सुचिमा परीसकेको बुद्दीजीबीहरूको भनाई छ ।

त्यसो त यो महाधिवेशन गएको अगस्तमै सम्पन्न हुनुपर्ने त्यसबेला पनि यस्तै यस्तै दोस्रो संस्थाहरूको कार्यक्रमहरूकै समस्या देखाई नेतृत्व महाधिवेशनबाट भागेको जानकारहरू बताउँछन । यस्ले केही प्रश्न हरू पनि स्वभाविक ले जन्माउँछ –  के अर्को मितिमा पनि उपाध्यक्षको वा अरु कसैको श्रीमती सुत्केरी होला, वा कुनै एक जिम्मेवार मान्छे नेपाल गईदेला, र कुनै न कुनै सांगीतिक कार्यक्रम होला के त्यसबेला पनि महाधिवेशन स्थगित हुन्छ ? आफ्नो संस्था पहिले या अरु संस्था र ब्यक्ति बिशेष पहिले ?  अब फेरी कहिले होला महाधिवेशन ? पटक पटक सार्दै जानेहरूले के अर्को मितिमा इमाण्दारीता देखाउलान ? यि लगायतका थुप्रै प्रश्नहरूको चाङ् लागेको छ ।

११ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको