थाहा पाउनुहोस्, चिनी पनि विष बन्न सक्छ :यस्ता छन् ६ कारणहरु


डा. अरुणा उप्रेती, जनस्वास्थ्यविज्ञ

चिनी स्वास्थ्यका लागि आवश्यक खाद्य पदार्थ हो । तर, यसको बढी सेवन मानिसका लागि विष साबित हुन सक्छ ।

चिया, पेय पदार्थ र खानामा हामीले चिनी पनि सँगै खाइरहेका हुन्छौँ । तर, चिनीको अत्यधिक प्रयोगले स्वास्थ्यमा यस्तो असर पुर्याउछ :

– शरीरमा चिनीको मात्रा बढी भएमा शरीरको हड्डी खिइँदै जान्छ ।

– चिनीको बढी प्रयोगले महिलाको प्रजनन क्षमतामा समेत ह्रास ल्याउँछ ।

– गुलियो खानेकुरा खाँदा शरीरमा चिनीको मात्रा बढी हुन जान्छ र यसले थकान महसुस गराउनुका साथै शरीरलाई कमजोर बनाउँछ ।

– शरीरमा चिनीको मात्रा बढी भएमा मानसिक रूपमा समेत असर पु¥याउँछ । कतिपय जंकफुडमा नुन र चिनी हुन्छ, जसका कारण किड्नीमा असर पर्न जान्छ ।

– गुलियो खानेकुरा, मिठाईजस्ता परिकारको अत्यधिक प्रयोगले मोटोपनसमेत बढाउँछ । निरन्तर गुलियो खाद्य पदार्थ खाँदा अस्वाभाविक तौल बढ्न जान्छ, जुन स्वास्थ्यका लागि हितकर छैन ।

– गुलियोले डिप्रेसन पनि निम्त्याउन सक्छ । यसले दीर्घरोगको सम्भावना पनि बढाउँछ ।

गर्मीमा नखानुस् फ्रुट जुस 

अव्यवस्थित खानपान शैलीले मानिस अधबैँसे उमेरमै विभिन्न रोगको सिकार हुन्छ । पछिल्लो समय अत्यधिक रूपमा पेय पदार्थको प्रयोग बढेको छ । तर, एउटा चिसो पेय पदार्थ खाँदा १० चम्चा चिनी पनि सँगै खान्छौँ । त्यस्तै, फ्रुट जुसहरूमा पनि चिनीको मात्रा बढी हुन्छ, जुन शरीरका लागि मन्द विष हो । गर्मीको वेला फ्रुट जुस बढी प्रयोग गरिन्छ, जुन राम्रो होइन ।

नयाँ पत्रिकाबाट

११ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको