पोष्टपाटी/काठमाडौ
पहिलोपटक देशको सामान्य प्रशासन मन्त्री हुदाँ आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डित यतिबेला काङ्ग्रेसको गढ र कांग्रेसका प्रभावशाली नेतालाई पराजित गरेपछि राजनैतिक रुपमा चर्चामा छन् ।
देशमा इमान्दार कर्तव्यनिष्ठ र एक कुशल राजनीतिज्ञको छबी बनाएका पण्डित चुनाव जित्न पावर पैसा र इतिहास नै सर्बोपरी हो भन्ने धारणालाई चुनौती दिदै इमान र कुशलको महत्व कुनै शक्तिका सामु पराजित हुदैन भन्ने धारणा राख्छन ।
न्युज २४ संगको इसु अफ दि डे कार्यक्रममा अन्तर्वार्ताको क्रममा लाल बाबू पण्डितले भने, एक पाउको परेवाले जहाज खसाल्यो । बाँकी उनको अन्तर्वार्ता हेर्नुहोस: –
*********
पूर्वमन्त्री लालबाबु पण्डितले अरुको मुलुकको विकासमा रमाउनेहरुलाइ परजिवीको संद्दा दिंदै नेपालको भविष्य पनि सुखमय हुने विश्वास व्यक्त गरेका छन् । पूर्वमन्त्री लालबाबु पण्डितले अरुको मुलुकको विकासमा रमाउनेहरुलाइ परजिवीको संद्दा दिंदै नेपालको भविष्य पनि सुखमय हुने विश्वास व्यक्त गरेका छन् ।
‘अरुको स्वर्गमा रमाउनेहरु प्यारासाइट हुन्,’ नेपालमा पहिलो पटक खोलिएको डाइट थेरापी क्लिनिकले गरेको सम्मान कार्यक्रममा पण्डितले भने, ‘मुलुक आफ्नै जीवनकालमा बनाउने हो, अनि रमाउने हो।’
देशलाई गाली गर्दै विदेश जानेहरुले केहि गर्न नसक्ने भन्दै दक्ष जनशक्तिलाई स्वदेशमै योगदान गर्न अपिल गरे।
‘मुलुकको विकासका लागि दक्ष जनशक्ति चाहिन्छ, ती सबै विदेश गए भने देशको विकास कसरी हुन्छ?’ उनले भने।
पण्डितले अब मुलुकमा स्थिर सरकार बन्ने बताउँदै त्यसपछि विकासले गति लिने बताए। उनले भने– ‘नेपाल स्रोत र साधनका हिसाबले उत्कृष्ट मुलुक हो, स्रोतको उचित उपयोग गर्दै समृद्ध नेपाल बनाउने जिम्मा हाम्रो काँधमा छ।’
कार्यक्रममा खोटाङका सांसद विशाल भट्टराईलाई पनि सम्मान गरिएको थियो।
डाइट थेरापी क्लिनिकले गरेको तीन दिने कार्यशालामा अष्ट्रेलियन डाइटिसियनले पनि प्रशिक्षण दिएको संस्थाका प्रमुख पोषणविद् केपी लम्सालले जानकारी दिए, कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस