दलाइ लामा : भ्रम र यथार्थ


पुरुषोतम लम्साल

दलाई लामा  को ? कहाँ ? के ? किन ? कसरी ?

केही दिन भयो गौतम बुद्धको जन्मस्थानको बारेमा भ्रामक अभिव्यक्ति दिएका दलाई लामाबारे नेपालमा हल्ला छ । हल्ला होइन, लामाले बोलेको कुराको स्रव्य र दृष्य दुबै रहेछ । अर्थात लामाले बोलेकै हुन्, गौतम बुद्धलाई नेपाली देख्ने मुर्ख हुन् । बोलेकै भएर यो यतिविध्न चासोको विषय बनेको हो । किनकि, उनको बायोग्राफी समावेश भएको पृष्ठमा नै उनले गौतम बुद्धलाई भारतीय करार गर्ने आशयका वाक्यांशहरु छन् । ती वाक्यांश पनि २५ वर्षअगाडि लेखिएका । यी अवतारी लामा कहाँसम्मको औतारी रहेछन् भनेर नेपालीले जाँच्ने समय चाँहि खासमा यही हो ।

को हुन दलाई लामा ?

दलाई लामा विश्वव्यापीकरण हुँदै जाँदा उनलाई नै बौद्द दर्शनको मसिहा ठान्ने र मान्ने परम्परा जबरर्जस्त स्थापना गराउने प्रयास भइरहेको छ । यो गलत हो । सरासर गलत हो । दलाई लामा बुद्ध धर्मका सबैभन्दा ठूलो गुरु हुँदै होइनन् । हामी गलत नबुझौं । जसरी भारतमा हिन्दु धर्मका अनेक हाँगाहरुमध्येको मठ र तिनका मठाधीश छन् त्यसैगरी तिब्बतमा प्रचलित बौद्ध सम्प्रदायभित्र पनि चल्तीका पाँच वटा मत छन् ।

पहिलो कुरा, हामी दलाई लामाको पहिचानको विषयमै ठूलो भ्रममा छौं । उनलाई समग्र बौद्धमार्गीको धर्मगुरु मान्ने र ठान्ने जमात ठूलो छ दलाई लामा विश्वव्यापीकरण हुँदै जाँदा उनलाई नै बौद्द दर्शनको मसिहा ठान्ने र मान्ने परम्परा जबरर्जस्त स्थापना गराउने प्रयास भइरहेको छ । यो गलत हो । सरासर गलत हो । दलाई लामा बुद्ध धर्मका सबैभन्दा ठूलो गुरु हुँदै होइनन् । हामी गलत नबुझौं । जसरी भारतमा हिन्दु धर्मका अनेक हाँगाहरुमध्येको मठ र तिनका मठाधीश छन् त्यसैगरी तिब्बतमा प्रचलित बौद्ध सम्प्रदायभित्र पनि चल्तीका पाँच वटा मत छन् । शैव र वैष्णव, रामनामी र प्रणामी भनेजस्तै बौद्धमार्गमा पनि हीनयान, महायानलगायत मत र सम्प्रदाय छन् । र, चीनमा त झन् अनेक एक बौद्धमार्गमा अनेक शाखा प्रशाखा छन् । तिब्बत र त्यसमा सबैभन्दा प्राचीन न्यीग्मापा हो जुन पद्मसम्भवद्वारा प्रतिपादित थियो । त्यसपछि आयो काग्यूपा जुन एक हजार वर्ष पुरानो मानिन्छ । अर्को साक्यपा हो र यसलाई गोन्चोक ग्याल्पोले प्रवद्र्धन गरेका थिए झण्डै ९ सय वर्षअगाडि । चौथो हो गेलुग्पा जुन ६ सयवर्षअगाडि शुरु भएको थियो । यही मत वा सम्प्रदायमा दलाई लामा चुन्ने परम्परा छ । दलाई लामा खासमा नाम होइन, पद हो वा उपाधी हो । पुनर्जन्मममा विश्वास राख्ने बौद्ध सम्प्रदायमा अवतारी लामा (लामा पनि पद नै हो) चुन्ने चलनको निरन्तरतासँगै अहिले १४ औं दलाई लामा सक्रिय छन् ।

त्यो पदले के गर्छ ?

दलाई लामा बहूसंख्यक तिब्बती बौद्धमार्गीका प्रमुख हुन् । यिनकै नेतृत्वमा तिब्बतमा शासन चल्थ्यो ५८ वर्ष अघिसम्म । अर्थात् तिब्बतमा पहिलो दलाई लामा (मरणोपरान्त) गेडुन द्रुव, द्धितीय दलाई लामा (मरणोपरान्त) गेन्दुन ग्यात्सो हुँदै हालका दलाई लामा तेन्जिन ग्यात्सोसम्म आइपुग्दा झण्डै ६ सय वर्षमा १४ जना अवतारी दलाई लामाले शासन गरेछन् भनेर बुझम् । तिब्बतको राजधानी ल्हासास्थित विशालकाय पोताला दरबारबाट शासन चलाउने दलाई लामाका अरु आयामबारे पछि चर्चा गरौंला ।

कसरी चुनिन्छन् दलाई लामा ?

उत्तरपूर्वी तिब्बतको ताक्त्सेरमा ८२ वर्षअगाडि जन्मिएका ल्हामो द्रोन्द्रव नै आजका दलाई लामा हुन् । तीन वर्षको हुँदा उपल्ला लामाहरुले यिनीभित्र अवतारी लामा रहेको अनुमान गरेका थिए । त्यसको दुई वर्षपछि यिनलाई दलाई लामाको संस्कारी प्रशिक्षण दिन थालियो ।

दलाई लामाको चयन विधि अनौठो छ । कुनै वंश परम्परा वा मतदान जस्ता विधिबाट दलाई लामाको चयन हुने होइन । पूर्ववर्ती दलाई लामाको निधन भइसकेपछि मात्र नयाँ दलाई लामा खोजिन्छ । यसका लागि पूर्ववर्ती दलाई लामाको मृत्युको समय आसपासमा जन्मिएको हुनपर्ने, मृत्यु भइसकेका दलाई लामाको बस्त्र वा आभूषणलाई पहिचान गर्नसक्ने (यसलाई आत्मा पहिचान गरेको भनेर बुझ्दा सजिलो हुन्छ ), गेलुग्पा मतका शीर्ष लामाहरुले खोजी गर्ने, त्यसका लागि बालक जन्मिएको स्थानको संकेत लामाहरुको सपनामा आउन पर्ने, पूर्ववर्ती दलाई लामाको अन्तिम संस्कार गर्दा धुँवा बगेको दिशा पनि मिल्न पर्ने लगायतका विधि छन् । यसैले दलाई लामाको छनौट कहिलेकाँहिी वर्षौं लाग्छ । हालका दलाई लामाको छनौट पनि १३ औं दलाई लामाको मृत्यु भएको चार वर्षपछि मात्र भएको थियो । अर्थात् उत्तरपूर्वी तिब्बतको ताक्त्सेरमा ८२ वर्षअगाडि जन्मिएका ल्हामो द्रोन्द्रव नै आजका दलाई लामा हुन् । तीन वर्षको हुँदा उपल्ला लामाहरुले यिनीभित्र अवतारी लामा रहेको अनुमान गरेका थिए । त्यसको दुई वर्षपछि यिनलाई दलाई लामाको संस्कारी प्रशिक्षण दिन थालियो । अनौपचारिक रुपमा पाँच वर्षको उमेरमै यिनी दलाई लामा चुनिए पनि १५ वर्षको उमेरमा यिनी गेलुग्पा बौद्धमार्गीको प्रमुख अर्थात् १४ औं दलाई लामाको तख्तामा बसेर पोताला दरबारबाट तिब्बतको शासन शुरु गरे । त्यतिबेलादेखि यिनको नाम जाम्फेल न्ग्वांग लोब्सांग यशे तेन्जिन ग्यात्सो (छोटकरीमा तेन्जिन ग्यात्सो) रह्यो ।

दलाई लामा किन भागे ?

चीनमा कम्युनिष्ट शासनको प्रादर्भाव भएसँग तिब्बतमा धार्मिक वा अवतारी लामाको शासनको जग हल्लिएको थियो । सन् १९५० मा चीन स्वायत्त प्रदेश भएपछि पोताला दरबारका अधिकारहरु कटौती भयो । यसैमा मत बाझियो । असन्तुष्टीहरु प्रदा भए । केन्द्र सरकारविरुद्ध तिब्बतका शहर र सडकमा प्रदर्शन हुन थाले । र, चीनको सरकारी सेनाले बल प्रयोग गर्यो । हजारौं मारिए । हजारौं गुम्बा र सम्पदाहरु सरकारी सेनाले ध्वस्त बनायो । तिब्बतमा धार्मिक शासनमाथि प्रतिबन्ध लाग्यो । र, लाल आतंकको छायाँमा परेको तिब्बतबाट १९५९ को मार्च ३१ मा दलाई लामा भागे । अर्थात देश निकालामा परे वा यिनले निर्वासनको बाटो रोजे ।

भारतचीनको बीचमा दलाई लामा

भारत र चीन परम्परागत मित्र र शत्रु दुबै हुन् । त्यसैले यहाँ शक्ति र कूटनीतिको आपसी उपयोग सर्वथा जायज हुन्छ ।  मित्रता जस्तै शत्रुता पनि यी दुई देशबीच स्थायी नै छ । त्यसैले भारतले दलाई लामालाई शरण दियो । तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले दलाई लामालाई स्वागत गरे । पञ्जाबको धर्मशालामा हजारौं तिब्बबती शरणार्थीको बस्ती बस्यो, समाज बन्यो । र, यहीं बाट ५८ वर्षदेखि दलाई लामाले तिब्बत मेरो हो, हाम्रो हो र हामीले शासन गर्न पाउनुपर्छ भन्दै स्वतन्त्र तिब्बत र स्वशासनको माग गरिरहेका छन् । यसलाई उनीहरुको भाषामा तिब्बतको अस्थायी सरकार धर्मशालामा छ भन्दा हुन्छ ।

त्यसपछि

दलाई लामाले स्वतन्त्र तिब्बतको अभियान भारत बसेर नै चलाई रहे । क्रमशः हजारौं तिब्बती अनेक बाटो हुँदै धर्मशाला पुग्न थाले । र चीनको आलोचना गर्ने देशहरुले तिब्बतीहरुलाई भटाभट शरणार्थीको रुपमा भित्र्याउने होड नै चल्यो । आत्मनिर्णयको अधिकार, स्वशासन र प्रजातन्त्र जस्ता नारा भारतबाट ठूलो स्वरमा चिच्याउँदा पश्चिमा देशहरुलाई प्रिय लाग्नु स्वभाविकै हो । लाग्यो । आर्थिक तथा सामरिक शक्तिको बाटोमा हिंडिरहेको मात्र होइन कुदिरहेको चीनलाई कुईंचे हान्न प्रजातन्त्र र मानवअधिकारको पन्जाले हानेरै तह लाउन पर्छ भन्नेहरु पनि जाग्न थाले । र, शान्ति, प्रजातन्त्र र मानवअधिकारका लागि रक्तपातविहीन आन्दोलन चलाएकोमा दलाई लामाले २८ वर्षअघि नोबेल शान्ति पुरस्कार नै पाए । अर्थात् तिब्बतमा चिनिया प्रभूत्वविरुद्ध अहिंसात्मक आन्दोलनवापत् उनलाई त्यो खिताब मिल्यो ।

आलोचना

पश्चिमा देश र तिनीहरुका ठूला संचार माध्यमहरुका लागि दलाई लामा प्रिय सेलिबे्रटी हुन् । चार्मिंग पर्सनालिटी हुन् । दलाई लामाभित्र शान्ति, प्रजातन्त्र, मानवीय सेवा र विश्वव्यापी उत्तरदायित्वको महान गुण देखिन्छ भन्छ पश्चिमा जगत । चीनको आलोचना गरिदिएपछि उसै पनि ठूलो भैदिएको जस्तो । त्यसैले उनका हरेक बोली र भाषण अन्तर्राष्ट्रिय संचार माध्यमका लागि चासोपूर्ण रहन्छ ।  आलोचकहरु चाँहि दलाई लामाभित्र पृथकतावाद (तिब्बतलाई चीनबाट अलग्याउनपर्छ भन्ने)को अनुहार देख्दछन् । उनलाई पश्चिमा देशहरुको मुख बोल्ने मतियार मान्दछन् । दलाई लामाका विवादास्पद अभिव्यक्तिहरुको ठेली छ । उनी कहिले भिक्षुहरुलाई सडकमा आत्मदाह गराउन उक्साउने र कहिले शान्तिको भाषण गर्ने दोहोरो चरित्रको पनि भन्दछन् । ५ महिनाअघि लामाले अमेरिकाको क्यालिफोर्नियामा हामी तिब्बतमा स्वतन्त्रता मागिरहेका छैनौं आत्मनिर्णयको अधिकार मागिरहेका छौं भन्दा अचम्म भो । चीनसँग आपसी समझदारी र विश्वासको वातावरण बनाउनभन्दा शरणार्थीहरु थुपारेर पृथकतावादी आन्दोलनको वकालत गरिरहेका आरोप आजका मितिसम्म खारेज भएको छैन ।

, अन्तमा

संसारभरका बौद्धमार्गीको होइन फगत तिब्बतका बौद्धमार्गीको मात्र मुखियाको तहबाट आएको भए यो अन्यथा हुँदैनथ्यो तर, ५८ वर्षदेखि भारतको संस्थापन राजनीतिसँग सानिध्य राख्ने दलाई लामाले संगठित षड्यन्त्रकै हिस्सामा उक्त अभिव्यक्ति दिएको हो भने चाँहि नेपाल, नेपाल सरकार नेपाली जनताले पनि आफ्नो नीतिमाथि बिचार गर्नु वाञ्छनीय नै हुन्छ

दलाई लामाको अर्थ ज्ञानको महासागर हो । तर, गौतम बुद्धको जन्मस्थलको विषयमा दलाई लामाको अभिव्यक्ति कुरुप ठठ्यौली हो । उनको यो ठट्यौलीले उनको ज्ञान र विज्ञता मात्र होइन, सामान्यज्ञानमै प्रश्न उब्जाइदिएको छ । भारत र भारतीय अधिकारीहरले पनि पटकपटक गौतम बुद्धको जन्मलाई लिएर नेपालविरुद्ध अभिव्यक्ति दिंदै आएका थिए । त्यो पंक्तिमा अब दलाई लामा उभिएका छन् । उनी धर्मभिरु शरणार्थीको रुपमा होइन तिब्बतको राजनीतिक दलका नेताको शैलीमा बोलिरहेका छन् । संसारभरका बौद्धमार्गीको होइन फगत तिब्बतका बौद्धमार्गीको मात्र मुखियाको तहबाट आएको भए यो अन्यथा हुँदैनथ्यो । तर, ५८ वर्षदेखि भारतको संस्थापन राजनीतिसँग सानिध्य राख्ने दलाई लामाले संगठित षड्यन्त्रकै हिस्सामा उक्त अभिव्यक्ति दिएको हो भने चाँहि नेपाल, नेपाल सरकार र नेपाली जनताले पनि आफ्नो नीतिमाथि बिचार गर्नु वाञ्छनीय नै हुन्छ ।

१० मंसिर २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको