चोम बिष्ट/पोष्टपाटि कतार हामी नेपाली युवा शक्तिको लहर हरेक रातपछिको बिहानीमा रोजगारको सिलसिलामा आफु जन्मेको देशको मायालाइ मुटुमा गाठो पारी आफु जन्मेर हुर्केको ठाउँका ति डाडा माथिका जुनजस्तै आमा बुवा, फुल जस्तै लालाबाला लाखौं जनमसम्म संगै बसौला रमाउला भन्दै लगन गाठो गासियाकी श्रीमतीसँग, बिवाहा हुनु पुर्व अधेरी रातमा खाएका ति बाचा कसमलाइ तोड्दै, ति भिर पाखा पखेरी मा उकाली ओराली गरेको बासुरीको धुन अनि जङ्गलको यात्रामा कति मिठास कोइलीको आवाज अनि खोलनाला तिर न्याउली चरिको आवाज अनि त्यो गर्मी मौसमको समयमा खोला तिर गएर रमाइलो गरेका पलको याद यि सबैलाई भुल्नै पर्ने बाध्यता रहेछ । जिवनको एक समयमा गाउँ घर शहरमै बसेर आफ्नो बाल्यकाल समय बिताइरहेको अवस्था पारगरेपछी सम्झ्नु पर्दोरहेछ समय परिवर्तन छ अब म पनि परिवर्तित हुनुपर्छ भन्ने लागे पनि आखिर परिवर्तन गराउनको निम्ति समय नभई पैसा नै रहेछ ।जब हामी परिवर्तन हुनुपर्छ ब्यक्तिगतबाट केहि माथी उकास्नु पर्छ भन्ने सोच्द्छौ । तब हामी रोजगारको लागी भौतारिन्छौ जति भौतारी पनि आखिर आफ्नो देशमा थुप्रै रोजगार व्यवसायको सम्भावना भएपनी राज्यको कुनै उचित व्यवस्थापन नहुदा र हामी नेपालीले नेपालमै केहि गर्नुपर्छ भन्ने कुनै निकायको ध्यानाकर्षण नहुदा पढाईको सिलसिलामा दुइचार कक्षा पढे पनि मुग्लान धेरै पढे पनि मुग्लान जानै पर्छ त्यो भन्दा के पढ्नु जस्ता अज्ञानता अझै पनि मानसिकतामा रहेको छ जुन धुर्व सत्य कुरा हो राम्रो शिक्षा दीक्षा लिएका दक्ष अनुभवी ब्याक्तीहरु पनी मुग्लान नै जानुपर्ने फरक यति हो राम्रो पढाइ लेखाइ भएकाको काम राम्रो हुन्छ भने नपढेकाको काम कठिन साथै दुख, आखिर हामी पुग्ने बाटोको गन्तव्य त्यहि हो, जुन बाटोमा हामीले धेरैलाइ रोजगार दिएका हुन्छौ राजधानीमा रहेका होटेल मालिक, म्यानपावरमा रहेका कर्मचारी एजेन्ड दलाल जो एकैपटक एकैजना बाट एक महिनाको तलब बराबरको बुझ्दछ्न। त्यस्तै श्रम बिभागमा रहेका कर्मचारी जहा घुसपेच चल्द्छ त्यसै सेरोफेरोमा रहेका व्यवसायी आवस्यक काज मिलाउछौ भनी अनावश्यक रकम असुल त्यसमा पनि राम्रो रोजगार मिलेको छ त्यती मात्र नभई बिदेश पुगेर प्रदेशिले कमाएको पैसा रेमिटेन्स बाट देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेकोछ। साथै परदेशबाट स्वदेश फर्किदा एअरपोर्ट बाट बाहिर निस्केपछि ट्याकसी ड्राइभरलाइ रोजगारको उत्तम पारिश्रमिक दिएको हुन्छौ । तर हामीले आखिर पाउने भनेको देशका नेताहरू बाट ठुला-ठुला भाषण बाहेक अर्को के नै पाएका छौ हामीले आखिर कुनै प्रवसमा मात्रै नभई देश को आपतकालीन घडीमा हामी बिदेशीएका प्रदेशीले नै आवश्यक सक्दो सहयोग पनि गरिरहेका हुन्छौं। तसर्थ हामी खाडी पुगेपछी खाडीको चर्को घाम चिसो हावापानी हावाहुरी बतास संगै बालुवाको धुलो मैलोसँग लड्दै चिसो जाडो नभनीकन कर्म गरिरहेका हुन्छौं। हर रात हर दिनमा हामीले हाम्रो देशलाइ कहिले बिकास उन्मुख हुन्छ भनेर लाखौं प्रवासीलेप्राथना गरिरहेका हुन्छौ ।सबैको फरक फरक सपनाहरू भएतापनी आखिर कहिलेसम्म हामीले अर्काको देशमा यसरी भौतारिदै प्रदेशिको पिडा कहिलेसम्म दुखेको घाउलाइ लुकाइ हामी सबै सामु देखावटी रूपमा खुशी जीवन रहेको सामना संगै वर्षौं बिताउने हामी एक दिन त पक्कै देशमा नंया परिवर्तन आउनेछ नयाँ युवा पुस्ताले देशमै रोजगार पाउछन् भन्ने आशा बोकेको पनि वर्षौं वर्ष बितिसक्दा पनि अझै आशा भने मरेको छैन तर ति सपनाहरू पुरा कहिले हुन्छन् खै यस्तै प्रश्नहरु उब्जिरहेको हुन्छ । नयाँ युवा पुस्ता भने प्रदेशीने संख्या दिन प्रतिदिन बढिरहेको छ जस्तोसुकै परिस्थितिलाइ पनि सहजै सामाना गर्न सक्ने प्रदेशीले आफ्नो भबिस्यको सुनौलो सपना बोकेर बाहिरीएको हुन्छ तर ति सपनाहरू कसैको पनि पुर्ती हुदैन । कसै कसैको हुन्छ सयमा एकको तर कतिपयको सपना सोच्दा सोच्दै रातपछी बिहानिमा सपनामै सिमित भइ जीवनलीला पनि त्यही मुग्लानमै अन्त्य भएकोछ हुन्छ। प्रदेशीले दुख कष्टकर झेलेर आफ्नो समय पुरा गरि स्वदेश फर्किन्छ तर स्वदेशीले घरपरिवार देखी धेरै टाढा गएर आएको कति दुख भयो होला दुख सुखको कुरा गर्नुको साटो छुट्टै नाम पहिचान दिएर बोलाउने प्रचलन रहि आएको छ। त्यो हो बिदेशी लाहुरे रोजगारको लागी मुग्लान पुगेका हुन्छ तर यो प्रदेशीको पिडा कसले बुझिदिन्छ नत यहा राज्यले नत व्यवसायी गाउँ सामज कसैले मनन गरेको हुन्छ । प्रदेशीले धेरै दुख संघर्षको साथमा स्वदेशमै केहि गर्नुपर्छ प्रदेशमा सिकेको सिप मुलक कामलाई आफनै गाउँमा लगानी गर्नुपर्छ भन्ने सोचाइ संगै फर्केको हुन्छ । तर आखिर स्वदेशमा भने ठिक बिपरित परिस्थितिको सिर्जिएको हुन्छ ।जहा देशको राजनीतिक अस्थिरता चलखेल, भष्टचार, महँगि, रोजगार पाउन सोर्स फर्स, घुसपेच यावत समस्याले उसलाई फेरि बेरोजगारको सन्नाटाले आधिपत्य जमाउछ । अनि फेरि ऊ बाध्य भएर रोजगारको लागी मुग्लानको बाटो तताउछ । जहाँ प्रदेशीको जीवन चक्रनै प्रदेशको माटोसँग जोडिएको छ । आखिर प्रदेशी दाजुभाइ तथा दिदिबहिनीहरुको यो अवस्थाको कहिले अन्त्य हुन्छ? हाम्रै देशमा केही गरौंला भनी हामी प्रदेशिले कहिलेसम्म प्रतीक्षा गर्ने ?
प्रतिक्रिया दिनुहोस