कास्कीको पोखरास्थित नेपालको प्रथम सहिद लखन थापा मगरको शालिक प्रशासनले मध्यरातमा हटाएको छ । शहिद लखन थापाको शालिक एकाएक रातको समयमा डेजर लगाएर ढालियो । गएको राती यानेकी १० गते असोज उनको शालिक डोजरले पोखरा लेखनाथ महानगरपालिकामा रहेको शहीद लखन थापा मगरको शालिक रातारात प्रशासनले हटायो छ । प्रशासनले शालिकले बढी ठाउँ ओगटेको भन्दै लखनचोकमा रहेको शालिक हटाएको हो ।
लखनचोकमा रहेको उक्त लखन थापामगरको शालिक हटाएर कता लगियो त्यसको जानकारी समेत दिइएको छैन । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो । महानगरपालिका र मगर संघ पोखराबीच सहमति गरेर मूर्ति पुनस्र्थापना गर्ने छलफल चलिरहेकै बेला स्थानीय प्रशासनले रातारात शालिक हटाएपछि मगर समुदायमात्र होइन सम्पुर्ण आदीवासीहरु आक्रोसित बनेका छन् ।
मगर समुदाय पनि शालिक पुनस्थापना गर्नमा सहमत थिए । तर, सल्लाह जारी रहदा नै हटाएपछि मगर समुदाय आक्रोशित बनेका हुन् । नयाँ स्थानमा तत्काल पुन स्थापना नगरिए आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ । दशैंको मुखमा भएको प्रशासनिक हस्तक्षेपविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे स्थानीय स्तरमा छलफल भइरहेको अधिकारकर्मीहरुले जनाएका छन् ।
यता सामाजिक सञ्जालमा सहिद लखन थापाको हटाइएको विरोधमा चर्को विरोध भएको छ । आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष प्राध्यापक डा. ओम गुरुङले सामाजिक सञ्जाल मार्फत उक्त घटनाको घोर भत्सर्ना गरेका छन् । प्राध्यापक डा. गुरुङ्ले भनेका छन्– “पोखराको पहिला पृथ्बी चोक भनिने र हालको लखन चोकमा स्थापित नेपालका प्रथम शहिद लखन थापाको मूर्ति तोडफोड गरेर बेपत्ता पारिएको खबर छ । यस्तो बदमासीको बाट किन र कसरी भयो ? भन्ने कुरा रहस्यमय जस्तै बनेको छ । तापनि यसबारे स्थानीय प्रशासनसंग बुझ्न खोज्दा अहिलेसम्म कसैसंग कुनै सम्पर्क हुन नसक्दा र अहिलेसम्म स्थानीय प्रशासन बेखबर बस्दा यस्तो जघन्य अपराध गर्ने काम राज्य शक्तिकै प्रत्यक्ष वा परोक्ष आड भरोसामा सुनियोजित ढंगबाट यो देशका अभिजात बर्ग समुदायकै ब्यक्तिहरूबाट भएको हुनु पर्दछ भन्ने आदिबासी जनजाति अगुवाहरूको ठम्याई छ ।”
त्यसै गरि नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरले गुरिल्ला शैलीमा प्रशासनले पोखरामा रहेको नेपालको प्रथम सहिद लखन थापा मगरको शालिक राती हटाइएकोप्रति विरोध गर्दै इतिहास नामेत पार्ने गरि गरिएको उक्त घटना खेदजनक भएको भन्दै तुरुन्तै प्रतिस्थापन गर्न माग गरेका छन् ।
त्यस्तै गरि नेपाल मगर संघ क्यानाडा, नेपाल मगर संघ कास्की, आदिबासी जनजाति महासंघ बहराईन र नेपाल मगर संघ बहराईन लगायत देशविदेशमा रहेका नेपाल मगर संघ र आदिबासी जनजातिहरुले उक्त घटनाको घोर भत्सर्ना गर्दै यस्तो कदम तुरुन्त सच्याउन सरकार समक्ष माग गरेका छन् ।
त्यस्तै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारीले सामाजिक सञ्जाल मार्फत उक्त घटनाको बिरोध गरेका छन् । उनले प्रशासनलाई उक्त सच्याउन चेतावनी समेत दिएका छन् ।
अधिकारी लेख्छन्, मेरो पक्षधरता यता छ भनेर चिनाउनफेसबुक चलाउने गर्दछु।आज पनि मैले मेरो पक्षधरता देखाउन पर्ने भयो।पोखरा स्थित लखन चोक (पृथ्वी चोक)मा रहेकोे नेपालका लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापाकाे शालिक रातारात हटाइएछ।यो कार्यको म घोर भत्सर्ना गर्दछु।राज्यले उक्त कदम नसच्याए ठुलो मूल्य चुकाउन पर्ने छ ।
को हुन ? लखन थापा
नेपालका प्रथम सहिद लखन थापा हुन् । शहिद लखन थापा मगर (१८३५– १८७७) नेपालका पहिलो क्रान्तिकारी शहिद को रुपमा चिनिन्छ । उनि नेपालको पहिलो मगर जातिय द्वारा राणा शासन (१८४६) –१९५०) जंग बहादुर राणा को सासन बिरुद्द लडेर बिरोध गरि क्रान्ति फैलाउने पहिलो नेपाली हुन् । शहिद लखन थापा मगर लाई यो सबै कार्य मा सहयोग गर्ने उसको नजिक को साथी जय सिंह चुमी राना मगर थिए ।
शहिद लखन थापा मगरले आफुले आफै लाई आफ्नै स्वतन्त्र राज्यको राजा घोषणा गरे र जय सिंह चुमी राना मगर आफ्नो मन्त्रिको घोषणा गरे । लखन थापा मगरले बुन्ग्कोट, गोर्खामा ३ तले दरबार र परेडको साथमा आफ्नो सेनाको साथमा राज्य (राजधानी) स्थापना गरे । जंग बहादुर राणाको सासन नष्ट गर्नका लागि उनले आफैले राजनैतिक तवरले स्वतन्त्र सेना खडा गरेका थिए ।
उनको जन्म १८३५ मा गोर्खा जिल्लाको कहुले भंगरमा भएको थियो । शिक्षाको बारेमा त्यस्तो कुनै जानकारी नभएपनि उनी निकै तिक्ष्ण क्षमताका थिए । नेपाली ईतिहासकारहरुले उनि एक सामाजिक र जातिय स्वदेश समूहको एक होनाहार नेता वा आयोजक भएको उल्लेख गरेका छन् । उनलाई किसानहरुको नेताको रुपमा पनि इतिहाँसकारहरुले चित्रित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस