बाढीले टुहुरा बनेका दिदि भाईलाई युएर्इबाट शैक्षिक सहयोगार्थ आर्थिक सहयोग


पोष्टपाटी /बिनोद श्रेष्ठयुएर्इ

र्इटहरी स्थित बुढी खोलामा गत साउन २७ गते राती गएको बाढीमा परी अबिभाबक (आमा, बुबा र दार्इ) गुमाएका दिदिभार्इलार्इ युएर्इको अलएन स्थित ड्नोक कम्पनी कार्यरत नेपालीहरूले आर्थिक सहयोग सहयोग गरेका छन्।

कम्पनीमा कार्यरत बिशाल लामाको नेतृत्वमा एक लाख तिन हजार २ सय ४० रूपैया पिडित दिदिभार्इ कमला रार्इ र निशान रार्इको शिक्षाको लागी सहयोग गरेको हो। बाढीपहिरोले दैबिक बिपत्तीमा परेकाहरूलार्इ मानबिय उद्दार र बालबालिकाको शैक्षिक बिकासको लागी अार्थिक सहयोग गरिएको कम्पनीका सुपरभार्इजर पदम मेहेताले बँताए।

उनीहरूले आदिबासी जनजाती महासंघ र्इटहरीको कोषाध्यक्ष मिना शेर्पा मार्फत उक्त रकम पठाएका हुन्। गत शुक्रबार एक कार्यक्रमको आयोजना गरी दिदिभार्इ कमला र निशान रार्इलार्इ रकम हस्तान्तरण गरिएको थियो।उक्त रकम उनीहरूको बैक खातामा तत्काल जम्मा गरिने मिना शेर्पाले बँतार्इन्। हाल उनीहरूलार्इ र्इटहरी स्थित एसओएस बालग्रामले पठनपाठनको लागी जिम्मा लिएको बँतार्इएको छ।

बाढीमा परी उनीहरूको आमा आशादेबी रार्इ मृत्यु भएको थियो। उनको शब तिन दिन पछि बाढी गस्त क्षेत्र गैरी गाँउमा पार्इएको थियो। भार्इ निमेश र बुबा राजकुमार अहिले सम्म बेपत्ता छन्। बाढी आएको २ हप्ता बितिसक्दा सम्म पनि नभेटिए पछी उनीहरूको मृत्यु भर्इसकेको हुन सक्ने आशंका गरिएको छ। भने कमला र निशान रूखमा चढेर बाँच्न सफल भएका थिए।

१० भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको