नेपाल आइडलको फाइनल कतारमा हुने, अब बाँकी रहेनन् महिला प्रतियोगीहरु


काठमाडौँ । नेपालकै टेलिभिजन इतिहाँसमा सर्वाधिक लोकप्रिय बनिरहेको नेपाल आइडलको फाइनल कार्यक्रम कतारमा हुने भएको छ । नेपाल आइडलको आज शुक्रबार भएको कार्यक्रमबाट Top-5 बाट सुजाता बाहिरिएकि छन् । सुजाता बाहिरिए संगै नेपाल आइडलमा सबै महिला प्रतियोगीहरु आउट भएका छन् ।

‘बाबाको एक मात्र छोरी’ र पछी ‘नेपाल आइडलकै एक मात्र छोरी’को परिचय पाएकी सुजाता दर्शकले सबैभन्दा कम भोट दिएको आधारमा बाहिरिएकि हुन् ।

आजको नेपाल आइडलमा ‘गेष्ट जज’को रुपमा गायक रामकृष्ण ढकाल उपस्थित भएका थिए । कार्यक्रममा यस अघि नै नेपाल आइडलबाट बाहिरिईसकेका ‘सुरज थापा र मेनुका पौडेलले रामकृष्ण ढकालको ‘झरना भइ झर्दै आउ…’ बोलको गीतमा आफ्नो प्रस्तुति दिए । मेनुकाको गायनमा प्रभावित बनेका गायक ढकालले कार्यक्रम मार्फत मेनुका पौडेलसँग ‘डोएट’ गीत गाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा यस अघिनै वाहिरिईसकेकी प्रमिला राई र टप-5 भित्रै रहेका बुद्ध लामाले आफ्नो प्रस्तुति दिएका थिए । उनिहरुले रामकृष्ण ढकालकै ‘मायाँ गर्नेको चोखो मायाँ पनि देखियो…’ बोलको गीत गाए । आजको कार्यक्रममा दर्शकको कम भोट पाएको आधारमा पहिलो पटक बुद्ध लामा बटम-3 मा परे ।

त्यस्तै नेपाल आइडलको टप-5 भित्रै रहेका प्रताप दाशसँग प्रस्तुति दिन यस अघि नै वाहिरिईसकेकी केन्जल श्रेष्ठ आइन् । कार्यक्रममा चौथो पटक प्रताप दास बटम-3 मा परे ।

त्यसपछी निसान र सुजाता पाण्डेले आफ्नो प्रस्तुति दिए । उनीहरुले गायक रामकृष्ण ढकाल र लता मंगेस्करको आवाज रहेको गीत ‘बाचुन्जेलीलाई…’ बोलको गित प्रस्तुत गरे । कार्यक्रममा निकै राम्रो गायन प्रस्तुति गरेको भन्दै तारिफ पाएकी सुजाता पनि जनताको भोटको आधारमा आज बटम-३ मा परिन् ।

कार्यक्रममा गायक रामकृष्ण ढकालले निशान भट्टराईको गायन कला र स्वरको खुलेर तारिफ गरे । गायक ढकालले प्रताप दास र निशान भट्टराईको गायकी खुबीलाई चिनेर भोट गर्नुपर्ने भन्दै हाम्रोलाई भन्दा राम्रोलाई छान्नुपर्ने सुझाव दिए ।

त्यसपछी सन्ध्या जोशी र सागर आलेले प्रस्तुति दिए । सन्ध्या जोशी यस अघिनै नेपाल आइडलबाट बाहिरिईसकेकि प्रतिष्पर्धी हुन् । उनलाई आजको कार्यक्रममा क्याटवाक समेत गराइएको थियो ।

१० भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको