पोष्टपाटी!
युएइको दूतावास बिरुद्द युएइमा रहेका संघ संस्थाहरु द्वारा निरन्तर दवाव आउने क्रमजारि रहेको छ। नेकपा माओबादी सम्बद्ध रहेको प्रेस सेन्टर नेपाल युएई शाखाले पनि एक बिज्ञप्ति जारि गरि सिंगो पत्रकारहरु माथि लगाईएको “पित पत्रकारिता” प्रति संगठनको ध्यानाकर्षण गराएको छ।
प्रेस सेन्टर नेपाल युएई शाखाका अध्यक्ष अनिस तामाङ र शाखाका सचिव सुबास आचार्य द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ “पीडितहरुले दुताबासबाट कुनै सहयोग पाउनुको साटो श्रम काउन्सिलर भेष बहादुर कार्कीले पाण्डेसँग मिल्न र नेपाल गएर कानुनी कारबाहीको लागि प्रक्रिया अघी बढाए उल्टै पीडितलाई केरकार र अनुसन्धान हुने भन्दै डर देखाउने गरेको गुनासो समेत हामि सामु आइपुगे छ।”
काउन्सिलर कार्कीले दुताबासले एजेन्टलाई पीडितहरुलाई उद्दार गर्न भन्ने मात्र हो तर अरु केही गर्न नसकिने भन्दै पिडकलाई नै संरक्षण गरेको भन्दै प्रेस सेन्टर नेपाल युएई शाखाले आक्रोश व्यक्त गरेको छ।
यस अघि विभिन्न मिडियामा दुतावासको नाम जोडिएर प्रकाशन भएका समाचारहरु प्रति युएई अबुधाबीमा रहेको दूतावासले विज्ञप्ति जारिगरि खण्डन गरेको थियो।
स्मरणहोस्, यो भन्दा अगाडी नेपाली जन प्रगतिशील मंच युएइले पनि दलाललाई कारबाही गर्न दूतावासले किन खुट्टा कमायो? भन्दै बिज्ञप्ति जारि गरेको थियो।
हेर्नुहोस् प्रेस बिज्ञप्ति यस्तो छ:-
प्रेस बिज्ञप्ती!
प्रेस सेन्टर नेपाल युएई साखा
विभिन्न समयमा मानब तस्करहरुले भिजिट भिषाको नाममा गरिरहेको मानब तस्करी र तस्करहरुका बारेका नेपाली दूतावास युएइले देखायको सहानुभूति प्रती प्रेस सेन्टर नेपाल , युएई शाखाको ध्यानाकर्षण भएको छ । नेपाल बाट सोझा सिधा ब्यक्तिहरु लाई ललाइ फकाइ प्रलोभनमा पारी भिजिट भिसामा युएइ पुग्ने बित्तिकै काम लगाइदिने झुटो आश्वासन दिई झुक्याएर युएई ल्याई अलपत्र पारियका १९ जना पीडितहरुले गत ३ जुलाई, २०१७ का दिन दुताबासमा उपस्थित भई चितवन घर भई हाल अबुधाबी रहने साजन भनिने प्रेम पाण्डेले ठगी गरेको र निजलाइ तत्काल कारबाही गरि आफुहरुलाइ उद्दार गरि पाउ भनी उजुरी दिएको तथ्य हामी सामु छ । पीडितहरु मध्ये ४ जना ‘ओभर स्टे’ भएका र बाँकीको भिषा अवधी बाँकी रहेको भय पनि पीडितहरुले दुताबासमा पाण्डेले माद्क पदार्थ सेवन गरि कुट्ने गरेको, मार्ने धम्की दिने गरेको प्रमाण सहित युएई आउनको लागि आफुले काठमाण्डौै ठमेल स्थित अर्थ लाइन ट्राभल्सका सँचालिका जानकी अधिकारीलाई तिरेकोको रकमको रसिदको प्रतिलिपी सहित निवेदन बुझाएका थिए । उनिहरु मध्ये एक जना पीडितलाई ठमेलको अर्थ लाइन ट्राभल्सले नक्कली कागजात पेश गरी श्रम स्विकृतिको स्टिकर टासेर युएई पठाएको पनि सोही दिन खुल्नमा आएको थियो ।
दुताबासको रोहवरमा उक्त दिन दुबै पक्ष बिच छलफल भई पाण्डेले युएईमा आए पश्चात पीडितहरुबाट लिएको युएस १,००० डलर फिर्ता गरी एक हप्ता भित्र नेपाल फर्काउने सहमती भएको थियो । पीडितहरुले दुताबासबाट कुनै सहयोग पाउनुको साटो श्रम काउन्सिलर भेष बहादुर कार्कीले पाण्डेसँग मिल्न र नेपाल गएर कानुनी कारबाहीको लागि प्रक्रिया अघी बढाए उल्टै पीडितलाई केरकार र अनुसन्धान हुने भन्दै डर देखाउने गरेको गुनासो समेत हामि सामु आइपुगे छ । काउन्सिलर कार्कीले दुताबासले एजेन्टलाई पीडितहरुलाई उद्दार गर्न भन्ने मात्र हो तर अरु केही गर्न नसकिने भन्दै पिडकलाई नै संरक्षण गरेको कुराले हामीलाई थप आक्रोश समेत बनाएको छ ।
‘२० हजार दिर्हाम घुस दिएर मारिदिने’ भन्दै कुटेको भोइस नोट यस अघी नै दुताबासमा पीडितहरुले बुझाईसकेका भए पनि हाल सम्म पनि मानब ओसार पसारमा सँलग्न भनिएका पाण्डे दुताबासकै सम्पर्कमा रहनु तर उनलाई कानुनी कारबाही गर्ने बारे दुताबासले प्रकृयाको थालनी नगर्नुले उब्जाएको आशंकाले दुताबासको मिलेमतो त छैन? भन्ने प्रश्न उठेको पक्कै हो । तस्करलाई कारबाही गरी पीडितलाई नेपाल पठाउने तर्फ कुनै पहल नगरी समाचारमा आएको कुरालाई सिङगो पत्रकारिता क्षेत्रलाई नै आरोप लगाउने गरी ‘पीत पत्रकारिता’ को संज्ञा दिनुले दुताबास प्रतिकोे शंकालाई थप प्रमाणित गरेको छ ।पत्रकारहरुले सत्यतथ्य र प्रमाण सहित लेखेको समाचारलाई हचुवाको भरमा आरोप लगाउने यस कार्यकोे हामी भर्त्सना गर्दछौ । दूतावास जस्तो लाखौ नेपालीको अभिभावक्त्व बहन गर्दै आफ्ना नागरिकलाई आपत बिपत पर्दा आबस्यक सहयोग र संरक्षण गर्नुपर्ने निकायले प्रामाण सहित का मुद्दामा समेत ब्यवास्था गरि कार्यबाहक राजदुत बाट नै “दलाल लाई कारबाही गर्न सकिँदैन हामी सङ बजेट नै छैन “भनी दियको गैर जिम्मेवारी पुर्ण तर्कले हामीलाई झन आक्रोशित बनायको छ ।
मानव तस्कर लाइ रोक्न पहल गरि आबस्यक कारबाहीको लागि नेपाल फिर्ता गराउनु पर्न दलाललाई दूतावास आफै संरक्षक जस्तो बनी पीडित प्रती देखायको गरै जिम्मेवारी पनको निन्दा गर्दै यस्तो अपराधमा सङ्लग्न ब्यक्ति तथा कर्मचारी लाई आबस्यक छानबिन गरि तत्काल हदै सम्मको कारबाही गरि वैदेशिक रोजगारी लाई ब्यबस्थित र सुरछित बनाउन नेपाल सरकार समक्ष माग जोडदार गर्दछौ ।
अध्यक्ष अनिस तामाङ
सचिब सुसान आचार्य
प्रतिक्रिया दिनुहोस