सहयोग गर्न धन होइन, रिक्सा चालक केदार प्रसाद तिम्सिना जस्तो मन चाहिन्छ


पोष्टपाटी, रौतहट-  आर्थिक अवस्था कमजोर भएकैले रौटहटकै एक टायल कारखानामा दैनिक ५० रुपैयाँ ज्यालामा मजदुरी थालेका उनले केही समय मासिक ३ हजार रुपैयाँमा ज्यामी काम पनि गरे । अहिले रिक्सा चलाएर जिविका चलाउँछन् । सेलिब्रेटी रिक्सा चालक तिमिल्सिना रिक्सा चलाएरै बरु आफू नखाई, नलाई अरुको दुखमा सहयोग गर्न तम्सिन्छन् ।

केहि दिन अगाडी मात्रै तिमिल्सिनाले रौतहट जिल्लाको हिले खोला स्कुलका बालबालिकालाई राहत वितरण गरेका थिए । उनले सो स्कुलका ५० जना विद्यार्थी बालबालिकालाई न्यानो कपडा बितरण गरे ।

यति मात्रै होइन, उनले दुर्मुस सुन्तली फाउन्डेसनलाई नमुना वस्ती निर्माणका लागि सिमेन्ट समेत सहयोग गरेका थिए । अहिले तराईमा शितलहर चलिरहेको छ । अहिले यिनै तिमल्सिना त्यहाँ न्यानो कपडा वाँध्न पुगेको खबर छ । आफैं दुःखको भूमरीमा बाँचिरहेका यी रिक्साचालकको मन भने कुनै अर्बपति दानीको भन्दा पनि ठूलो छ । तिमल्सेनाले रिक्साबाटै परिवार धानेको १४ वर्ष भइसकेको छ । रिक्सा चलाएकै आम्दानीबाट उनले परिवारको गुजारा त चलाएका छन् नै गरिव दुखीको सेवा पनि त्यही आम्दानीले गर्न भ्याएको सुन्दा जो केहीले नपत्याउलान् ।

५ कक्षासम्म पढेका उनको सामाजिक कामले क्रमस: चर्चा बटुल्दै गएको छ । गरिवीकै कारण राम्रो शिक्षा लिन नपाएका तिमल्सेना स्थानीय एफएम देखि आधुनिक प्रविधिका सामाजिक सञ्लाजसँग पनि भिजेका छन् । रिक्साचालकको पेशा भएपनि उनले फेसबुक र अनलाइन न्युजपोर्टलहरु विहानै हेर्न भ्याइसकेका हुन्छन् ।

१४ वर्षसम्म रिक्सा चलाएर पनि आफ्नो जीवनस्तरलाई उकास्न नसकेका तिमल्सेनाले यो १४ वर्षमा समाजसेवामा लागेर भने मध्यतराईमा लोकप्रियता कमाइरहेका छन् । उनको लोकपि्रयता एउटा नेता र मन्त्रीभ न्दा पनि माथि छ । सरकारी र गैह्रसरकारी संस्थाहरु नाफाका लागि सामाजिक काममा लागिरहँदा तिमल्सेनाले भने आफूले सक्दो सामाजिक काम निस्वार्थभावले गरिरहेका छन् । यसैबीच, उनले तराई का बिभिन्न स्थानमा बिहान बेलुका शितलहरका कारण तराई बासि बाटो मै आगो तापेर रात बिताउन बाध्य भएका कारण सहयोगको अपिल गरेका छन् ।

तिमिल्सिनाले सहयोगका लागि ९८४५२५२११६ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

२०७४ पुष १०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको