यिनै हुन् इमान्दार व्यक्ति जसले रबि लामिछानेले हराएको आई फोन भेटेर फिर्ता गरे (भिडियो)


गत शुक्रबार सम्पूर्ण सिधा कुरा जनतासंगका टिम सहित बिजी मल गोङोबुमा फिल्म हेर्न गएका बेला आईफोन सिक्स हराएका थिए । पत्रकार रबि लामिछानेले हराएको उक्त मोबाइल फोन भेटिएको छ ।

उनको फोनमा निकै महत्वपूर्ण कुराहरु भएको भन्दै, फोन हराएपछि भेट्ने जो सुकै लाई फिर्ता गर्न अपिल समेत गरेका थिए ।

त्यसपछि हराएको ३ दिन पछि एक असल इमान्दार व्यक्ति खिर कुमार गुरुङ्गले उनको मोबाइल फोन फिर्ता गरे । फिल्म हेरेर निस्किने क्रममा फोन गुरुङ्गले भेटेका थिए फोन अफ भएको हुदा तत्काल फिर्ता गर्न नसकेको समेत उनले बताए ।

सामाजिक संजाल एउटा सरल सहज र सजिलो मध्येम पनि हो, जसले आज रबि लामिछानेले हराएको फोन भेट्न मदत पुग्यो । सामाजिक संजालको सहि सदुपयोग गर्न जानियो भने राम्रो प्रतिफल दिन्छ भन्ने यो एउटा सानो उदाहरण हो ।

फोन हात परेपछि रविले गुरुङ्गलाई हृदय देखि नै धन्यवाद प्रकट गर्दै र इमान्दारी अझै पनि नहराएको कुरा व्यक्त गरे ।

खुशी हुदै रबि यसरी दिए धन्यवाद हेर्नुहोस भिडियो:

२०७४ पुष १०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको