रोल्पाका सहारा बिहिन शहिद परिवारलाई देखेर सभामुख रोइन धुरुधुरु (भिडियो)


परिवर्तनका सुन्दर सपनाहरु सजाएर, भयानक युद्द झेलेको बिकट रोल्पामा यसपाली बीबीसी साझा सवालको ५२४ औ अङ्क रोल्पा पुग्यो । १० बर्षे युद्दले रोल्पा छियाछिया बन्यो, तिनै घाउहरु अझै बल्झी रहेका छन्, दुखि रहेका छन् । युद्द लडेको २०औं बर्षहरु पार गरे तर मुक्ति र समुन्नतका लडेका रोल्पालीहरु झनै कष्टकर जीवनमा तड्पिरहेका छन् । साझा सवालको प्रस्तुतिमा यस्तै दुखद दृश्यहरु देखिए ।

चमत्कारिक परिवर्तनका सपना देखाउने रोल्पाली नेताहरु आज संसदीय सत्ताको मालिक बने । उपराष्ट्रपति हुदै सभामुख देखि राज्यको शक्तिशाली बलिया मन्त्रीहरु बने तर तिनै बढेमान नेताहरुका रोल्पाली जनताहरु सहारा बिहिन बाँची रहेका छन् । रोल्पाली नेताहरु जनताहरु बिचको जीवन शैली धर्ति आकाशको फरक भेटिन्छ । साझा सवालको ५२४ औ झलकले यहि दर्शाई रहेको छ ।

जेलवाङमा बेसहारा शहिद परिवारको बिजोग

रोल्पाको जेलवाङका मंगले बुढा र फर्की बुढाले आफ्नो एक्लो छोरा युद्दमा गुमाए । आज तिनै बुढाबुढी सहारा बिहिन एक्लो बाँची रहेका छन् । सोच्नै नसकिने कहालीलाग्दो कथा भेटियो तर वास्तविक कथा थियो ।

परिवर्तनका नाममा चलेको युद्दले भएको एउटा छोरा चुडालेर लग्यो । समाज परिवर्तनको कुरा टाढा छ, उनको पुरानो काठले छोपेको एकतले थोत्रो घरले अझै रंग बदलेको छैन । शहिद परिवारहरु नै आज युद्द लडाउनेहरुबाट उपेक्षा गरिए भने अन्य समाजको दशा कस्तो होला ? सजिलै अनुमान गर्न सकिन्छ ।

संसदीय राजनीतिमा होम्मिए देखि नेताहरु सहरको राजनीति गर्न थाले । सहिदका नाममा राज्यले छुट्याएको १० लाख रकम पनि मंगले बुढाको परिवारले अझै पाएको छैन । उनका नाममा आएको रकम कहाँ छ, उनलाई अझै थाहा छैन । स्थानीय पार्टीले के गर्दै छ ? उपराष्ट्रपतिले के हेर्दै छन् ? रोल्पाली मन्त्रीहरु कुन देशमा छन् ? गम्भीर प्रश्न उठाएको छ ।

मंगलेको एक्लो छोराले युद्दमा रगत बगाउदा आज, नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपति बने । रोल्पाली छोरी ओनसरी घर्ति ‘उषा’ नेपालकै प्रथम सभामुख बनिन । बर्षमान पुन ‘अनन्त’ मन्त्रि बने । कृष्ण बहादुर महरा प्रत्यक सरकारमा कयौ पटक मन्त्रि बने, तिनै शक्तिमान रोल्पाली नेताका शहिद परिवारहरु आज किन बेसहारामा बाँची रहेका छन् ? सायद साझा सवाल रोल्पा नपुगेको भए ति सहिद परिवारको दुख उजागर हुने थिएन ।

अझ महराले त रोल्पाको राजनीतिबाट हात धोएर सहरको राजनीतिमा बसाई सारे । राज्य सत्तामा बर्चस्व कामय गर्ने यी रोल्पाली नेताहरुको बसाई नै राजधानी सर्यो । यसपालिको चुनावले मात्रै रोल्पा डोर्यायो भन्दा फरक पर्दैन।

भक्कानो छोडेर रोइन सभामुख ओनसरी घर्ति 

सहिद परिवारको दुख देखेर सभामुख ओनसरी घर्ती भक्कानो छोडेर रोइन । युद्द सहि थियो तर बाटो बिराएको अर्थमा उनको रुवाइ बुझ्न सकिन्थ्यो । महिलाहरु ३३% समाबेशी तथा समानुपातिक सहभागीलाई राज्य सत्ताको संबिधानमा लेखाउन बलिदान गर्ने जेलवाङमा शान्तिकाल पछी अहिले सम्म पुग्न नसकेका ओनसरि घर्ति साझा सवाल संगै त्यहाँ पुगिन र सहिद परिवारको दुख देखेर तिनै सहिद परिवारको आफुले रेखदेख गर्ने जिम्मा लिदैं प्रतिबद्धता समेत जाहेर गरिन ।

आँसु पुछ्दै उनले भनिन ‘यस्तो छुटेको कुराहरु मलाइ लागेको थिएन, बास्तवमा उहाहरुको स्थिति देख्दा मलाई सारै दुख लाग्यो । शायद अब मैले आफ्नो बाउ आमाको लागि हैन, उहाहरुको बाँकी जिन्दगीको लागि हेर्नेछु भन्ने प्रतिबद्धता जाहेर गर्छु ।’ भन्दै आफुलाई सम्हाल्नै नसक्ने गरि भक्कानिएर रोइन ।

ओनसरीले रुँदै अगाडी बिस्तार गरिन, उहाँहरुको छोराछोरीको बलिदानी गरेर देशले नै नाफा कमायो, समाबेशीको नामबाट राज्य सत्तामा धेरैले प्रतिनिधित्व पनि पायो तर उहाँहरुको स्थिति हेर्दा, यति धेरै पुरानो छानो, एकतले घर, जहाँ सहारा कोहि पनि छैन, आफै अपांग हुनुहुन्छ, हिड्न सक्नुहुन्न । त्यसमा पनि राहात आएको छैन, बरु हामीलाई मेरा छोरा छोरी जस्तै मान्छु भन्नु भयो, मेरो लागि यो गर ? यो चाहियो भन्नु भएन । यो कुराले पनि मलाइ झनै चित्त दुखायो’ भन्दै ओनसरी धुरु धुरु रोइन ।

अलि केहि सम्हालिएर ओनसरिले भनिन ‘युद्द बेलामा युद्द भनेर नचिन्ने मान्छेहरुले आज हामीलाई प्रत्यक आगनीमा चेतावनी दिई राखेका छन्, तर साँच्चीकै आफ्नै घर आगनबाट सन्तान गुमाउने बाबा आमाले केहि पनि माग गर्नुहुन्न तर पनि हाम्रो कर्तव्य हो।’

बर्षमान पुनले गल्ति स्विकार गरे 

शहिद परिवारको स्थिति देख्दा बर्षमान पुनले गल्ति भएको महसुस गरेका छन् । पुग्नु पर्ने ठाउहरुमा हामी नपुग्नु कहिँ न कहिँ राज्यको दोष छ अनन्तले भने । अबको ५ बर्ष भित्र रोल्पाका प्रत्यक गाउँ टिनले छायोको छानो बनाई दिने घोषणा गरे । ५ वर्ष पछी खर र काठको छानो रहित घर निशुल्क बनाई दिने बाचा गरे ।

थवाङ पुगेको साझा सवालको प्रस्तुतिमा भने स्थानीय बासीहरुको तिब्र असन्तुष्टि देखिन्छ । बर्षमान संग संगै लडेका सहपाठी क. स्याउलाले जेलवाङ घटनामा आफ्नो दाहिने हात गुमाए । उनि अहिले खेति किसान मै जीवन गुजारी रहेका छन् ।

थाबांगीहरु अझै देशमा परिवर्तन नभएको र संसदीय ब्यबस्थाको बिरुद्द हामीलाई लडाएर फेरी त्यहि सत्तामा माओबादी सहभागी भएकोमा असन्तुष्टि पोख्छन । खसीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने संसदीय ब्यबस्था हो भनेर प्रशिक्षण दिने तपाई होइन ? अहिले फेरी किन त्यहि सहभागी हुनुभयो ?  भन्ने प्रश्न स्थानीयले गरे । तर अनन्तले केहि उपलब्धिहरु भएको बताउदै समाबेशी समानुपातिक प्रतिनिधित्वको मुद्दामा सफल भएको जिकिर गरे ।

थवाङबासीले अनन्तलाई चुनौती   

थुप्रै पटक नेताहरुले बिकाशको नारा दिएर, बिकाशको आश्वासन मात्र दिए । यस्तै फितलो बिश्वासमा रहेका थवाङका हित प्रसाद रोकाले साझा सवाल संगै थवाङ पुगेका बर्षमान पुनलाई एउटा सर्त राखेका छन् ।

साझा सवाल विदा हुदैगर्दा थवाङका हित प्रसाद रोका मगरले बर्षमान पुन ‘अनन्त’ लाई चुनौती दिदै भने ‘पाँच बर्षमा सबैको घरको छानो टिनको भयो भने तपाई सफल, भएन भने तपाई फेल’ । उनले बर्षमान पुन ‘अनन्त’ संग विदाईको हात मिलाउदै यस्तो भनेका हुन् ।

हेर्नुहोस साझा सवालले प्रस्तुत गरेको रोल्पाको दृश्य:

१० पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको