नेपाल मगर संघ युएई साखाको नवौं अधिबेशन तथा बृहत सास्कृतिक साझ २०१७ सम्पन्न


पृथीछक बुढा, युएई – नेपाल मगर संघ युएई साखाको नवौं अधिबेशन तथा बृहत सास्कृतिक साँझ २०१७ युएईको राजधानी अबुधाबीको फोल्कलोर थिएटर हलमा सम्पन्न भएको छ ।

 
संघका अध्यक्ष राजु सिङ्जाली मगरको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली दुतावासका श्रम कन्सुलर भेषराज ढकाल र विशेष अतिथिको रुपमा नेपाल मगर संघ, नेपालका महासचिव ज्ञानेन्द्र पुन रहनु भएको थियो भने कार्यक्रममा विभिन्न पेशा, ब्यबसाय, पत्रकार र संघ सस्थाहरुको बाक्लो उपस्थिति थियो ।

 
करिव पाँच सयको हाराहारीमा दर्शक रहेको कार्यक्रममा नेपाल मगर संघ, नेपालका महासचिव तथा नेपाल मगर संघ युएई शाखाको नवौं  अधिबेशनका विशेष अतिथी ज्ञानेन्द्र पुन मगरले युएईमा दुईवटा मगर संघ रहेको भन्ने कुरा कतिपयलाई भ्रम रहेकोले युएईको हकमा राजु सिङजाली मगरको नेतृत्वको संघ नै आधिकारिक रहेको कुरा बताउनु भयो । दुई बर्ष अघि मगर संघ युएईले तत्कालिन महासचिव सुशी पुलामी मगर र संघका सल्लाहकार हरि घर्ती मगरलाई संघको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेपछि शुसी पुलामी मगरको नेतृत्वमा छुट्टै मगर संघ खोलेका थिए ।

 

 

अधिबेशनको औपचारिक कार्यक्रमको अन्त्यपछि शुरु भयो `बृहत सास्कृतिक साझ´ । नेपाल आइडलको चौथो चरणवाट बाहिरिएका सागर आले मगर र पाचौं चरणवाट बाहिरिएका सुजाता पाण्डे जव प्रस्तुतिको लागि स्टेजमा उक्लिए तब सागर, सागर र सुजता, सुजता भन्दै दर्शकहरुले हुटिङ गर्न थालेका थिए । उनिहरुको धमकेदार प्रस्तुतिले हलमा दर्शकहरु छमछमी नाचेका थिए ।

 

कार्यक्रममा नेपालवाट आएका कलाकारको मात्र नभई लामै समय देखि युएईमा मोडलिङ गर्दै आएका चर्चित कलाकार सोनु राना मगर  लगायत अन्य कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई नचाएका थिए ।

 

नेपाल मगर संघ शाखा युएईको २०१७ देखि २०१९ कार्यकालका लागि नवौं अधिवेशनबाट निर्वाचित समिति यस प्रकार छ

१) टंक थापा मगर.      (अध्यक्ष)
२) सिला राना मगर.     (बरिष्ठ उपाध्यक्ष)
३) मन सारु मगर        (उपाध्यक्ष)
४) ग्यावत राना मगर    (उपाध्यक्ष)
५) लाल बहादुर सिङ्ग मगर  (उपाध्यक्ष)
६) नुरेन्द्र दिसुवा मगर    (उपाध्यक्ष)
७) कैलास खाम मगर (भाषिक उपाध्यक्ष)
८) डोल राना मगर.     (महासचिव)
९) भुवन थापा मगर.    (सचिव)
१०) सुमन मगर.           (कोषाध्यक्ष)
११) लोक सुनारी मगर (सह- कोषाध्यक्ष)
१२) मोहन बुढाथोकी मगर (प्रवक्ता)
१३) सनम बाचे मगर (सदस्य)
१४) होम थापा मगर (सदस्य)
१५) नविन थापा मगर (सदस्य)
१६) राजेन्द्र थापा मगर (सदस्य)
१७) फडेन्द्र बामपाकी मगर (सदस्य)
१८) चन्दा पुलामी मगर (सदस्य)
१९) नयन घर्ती मगर (सदस्य)
२०) ऊत्तम थापा मगर (सदस्य)
२१) मनु थापा मगर (सदस्य )
२२) माया थापा मगर (सदस्य)
२३) दिपक थापा मगर (सदस्य)

फोटो ग्यालरी 

 

२०७४ मंसिर ९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको