काईला काका आज बिहान ४ बजेनै उठेर गोठधन्दा गर्न थाले । काकी पनि हाई हाई गर्दै सिरक फाल्दै उठिन ,
आज अलिक हतार नै छ काका काकीलाई ।दुई तीन दिन अघि मुखियाका छोरा र दुईचार जना आका थिए उनका घरमा लौ चुनाप आउदै छ । हाम्रो गाउबाट म उठेको छु जसरी भएनी भोट त रूखलाई नै दिनुपर्छ । दिएनौ भने बिरौटो र खरबारी कमाउन दिन्न नि फेरि भनेर गाका छन् । हिजो सुत्न लाग्दा रेडियो सुन्दै थिए काका मन परेकालाई भोट हाल्नुस भन्दै थिईन एक जना समाचार बाचिका कहिलेकाही बिहान भजन लगाउथे काका खै आज लाएनन् सायद ब्याट्री सकिएछ क्यारे ,साउदी बाट जेठा दाईले अस्ति फोन गरेर बा को को उठेका छन् चुनापमा सोधेका थिए रे बिचरा काकालाई के थाहा कहिले खेत कहिले वारि बुझेर हिड्ने फुर्सद नै कहाँ छर ? थाहा छैन बाबू भनेछन् , मुखियाका छोराले मलाई दिनुस भनेका छन् उसैलाई दिन्छु बाबू पहिला नि उनले जता भन्यो त्यतै हालियो अब बुढेसकालमा कता हाल्नु बाबू उतै हाल्छु भनेछन् काकाले दाईले फोन राखिदिएछन् ।।काका काकी ६ बजे नै स्कुल तिर उकालो लागे आज स्याँस्याँ हुँदै साढे सात बजे डाडैमा उक्लिए बिचरा काका नजाउ भने अर्को साल मुखिया खेत कमाउन दिदैन कसरी हातमुख जोर्ने जानै पर्यो । मुखियाका छोरा सुटमा देखिए खै के धसेछन् कुन्नि डाडै बासाउदै थियो आज !! काका काकीलाई हतपत चिया मगाईहाले र थमाईदिए । उसो त पहिला पनि कहिलेकाही खुवाउथे यिनले। चिया खाईसकेपछि बेलुका हाम्रो घरमा खाना खान आउनु है भन्दै निम्ता पनि गर्न भ्याए,चिया सकिने बितिकै भेडा धपाए जसरी धपाउदै भित्र छिराए काका काकीलाई,, के को आस र बिचरा काकी काकालाई गाउमा गाडी कसले ल्याउला बिजुली आएर के होला र खै कुनै दायाँबायाँ कतै नहेरी रूखैमा छाप लगाए । अनि छिटोछिटो निस्किए त्यहाबाट आज घरको काम भ्याएर मुखियाकोमा भात खानु जानुछ भन्दै थिए बाटाभरी पनि । आफ्नो घरमा भात पाक्न दशैनै कुर्नु पर्छ । धन्न सरकारले चुनाव गराएर काका काकीले मुख फेर्न पाए आज ।
तपाई हामी घरमा या परदेशमा जहाँ सुकै हौ । हाम्रो देशमा गाउमा र समाजमा हुनै चुनाव यस्तै प्रकारका हुने जुन मैले कथामा लेखे अब हामीले हाम्रो बुबाआमा र काका काकीलाई सम्झाउन सक्नुपर्छ, तपाईले एक छाक मासुभातमा भोट जसले भन्यो त्यसलाई दिनुभयो तर साउदि कतार मलेसिया तपाईंको छोरा मासुभात खादैछ कि छैन सोच्नुपर्छ तपाईले कतिन्जेल बिरौटो र खरबारी कमाउनुहुन्छ ? अब हजुरहरूको उमेरले नेटो काटिसक्यो बसेर खाने दिन आयो अब बसिबसि कसले पाल्छ तपाईलाई साउदि गएको ठुलेलाई देशमै जागिर कसले दिन्छ त्यसैलाई छानेर भोट हाल्नुस् । तपाईं हाम्रो सबैको भलो हुनेछ ।
#निर्वाचन_बिशेष
प्रतिक्रिया दिनुहोस