पूर्वी रुकुमकी बहादुर बुहारी, गोर्खा जेल ब्रेकर नहर्की वनिन् गोर्खामा प्रदेश सभाको उम्मेदवार


पृथीछक बुढा, रुकुम । माओवादी जनयुद्धको दौरानमा पूर्वी रुकुमको बहादुर बुहारी गोर्खामा प्रदेश सभाको लागि उम्मेदवार बनेकी छिन् । २०५७ चैत्र १७ मा तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले गोरखा जेल ‘ब्रेक’ जेल गर्ने कार्यकर्तामध्येकी एक थिइन्, कमला नहर्की रोका । उनै नहर्की अहिले गोर्खामा वाम गठबन्धनको तर्फवाट प्रदेशसभाकी उम्मेदवार बनेकी हुन् ।

२०५५ मा गोरखा क्याम्पस पढ्दापढ्दै भूमिगत भएका नहर्की माओवादी लडाकुको महिलातर्फ सबैभन्दा उच्च पद ब्रिगेड कमान्डरसम्म भएर थुप्रै लडाइँ लडिन् । यसपालि आफ्नै पूर्व ‘आदर्श नेता भट्टराई’ र पूर्वसहकर्मी आचार्यसँग चुनावी भिडन्त गर्नुपर्नेछ ।

शान्ति प्रकृयापछी नहर्कीले स्वैच्छिक अवकाश लिएर फेरि राजनीतिमा सक्रिय भएकी हुन् । पहिलोपटक २०५६ मा एक महिना सेन्ट्रल जेल बसेर छुटेकी उनी पुन: पक्राउ परेकी थिइन् । २०५६ माघमा जेल परेपछि २०५७ चैत १७ मा उनीहरू गोरखा कारागारबाट सुरुङ खनेर भागेका थिए । ‘विप्लव नेतृत्वको नेकपामा रहेकी उमा भुजेल जेल ब्रेकको कमान्डर थिए भने सुरुंग खन्ने काम नहार्कीको थियो । जेल ब्रेकर जम्मा ६ जनाको समूह थियो भने दुई जना मारिएका थिए ।

जेलबाट ब्रेक गरेर उनीहरू पुन: माओवादी सम्पर्कमा गएपछी तत्कालीन माओवादी पार्टीले उनको साहसको कदर गर्दै त्यतिबेला एक तह बढुवा मिलेको थियो । २०६० सम्म गोरखामा माओवादीको आधार क्षेत्रको सेक्रेटरी हुँदै उनी ‘जनमुक्ति’ सेनामा लागेकी थिइन् । ‘बेनी, खारा, कृष्णभीर चोरमाराको भिडन्तमा लडे ।

पार्टी शान्ति प्रक्रियामा आएपछि २०६९ सम्म उनी लडाकु बनेर अस्थायी शिविरमा बसेकी थिइन् । पछी जनताको सेवा गर्ने धोको नपुगेको भनेर स्वैच्छिक अवकाश रोजे । शिविरमै बस्दा तत्कालीन रुकुमका (अहिलेको पूर्वी रुकुम, पुथाउत्तरगंगा, दिमुरगैरा) पूर्व माओवादी बटालियन कमान्डर संगम रोका (विकल्प)सँग उनले ‘जनवादी विवाह भयो । चार बर्षिय ओस्कार रोकाको आमा वनेकी, गोरखा नगरपालिका–१३ देउरालीमा बस्ने उनको परिवारका ३ जना माओवादी विद्रोहमै सहिद भएका थिए ।

अहिले उनि गोर्खा जिल्लाको पार्टी अध्यक्ष, पार्टी पोलिटब्युरो सदस्य र राष्ट्रिय महाधिबेशन आयोजक कमिटिका सदस्य समेत रहेर काम गरिरहेका छन् । उनलाई माओवादी केन्द्र भित्र एउटा सम्भावना वोकेको महिला नेतृको रुपमा हेरिएको छ ।

२०७४ कार्तिक ८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको