एउटा परदेशी आफ्नी प्रियासी संग चालिस कटेसी रमाउने प्रचलनले जबर्जस्त जरो गाड्यो, यो आफैमा पीडादायी छ । यहि पीडाले धेरै परदेशीहरु आफ्नै जिबन देखि खिन्न भएका छन नै तर चालिस कटेसी पनि प्रियासी संग रमाउने कुनै टुङ्गो नै नभएका परदेशीको जीवन ब्यथ्या झन् कस्तो होला ?
यस्तै विविध कारण बस परदेशको जेलमा जीवन बेतित गरिरहेकाहरुका परदेशीहरुको पिडाको कुनै सिमा नै छैन । उनीहरुलाई पर्खेर बसेका घरका आफन्तको पिडाहरु सिमित छैनन्। यस्तै यथार्थ परिदृश्यलाई उतारेको ‘कथा परदेशीको’ लोक गित ल्याएर आएका छन् जनवादी गायक नबिन खड्का ।
साँस्कृतिक कार्यक्रम लिएर बिदेश भ्रमणको शिलशिलामा परदेशीहरुको पिडालाई नजिकबाट नजिर गरेका लोक गायक नबिन खड्काले परदेशमा नेपालीहरुको पिडा जे देखेर, त्यहि टपक्क टिपेर गीत संगीत मार्फत पस्किएका छन् ।
परदेशीको भोगाइ, दुःख, संघर्ष अनि पीड़ाहरुको सँगालो ‘कथा परदेशीको’ गीति कोशेली मालती डिजिटल प्रा.लि.को प्रस्तुतिमा नबिनको आफ्नै लय र एकल आवाज रहेको छ । बलराम तिमल्सिनाको शब्द रहेको उक्त भिडियो म्युजिक नेपालको अफिसियल युटुब च्यानलले भर्खरै आज पब्लिस गरेको छ ।
कपिल लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा कलाकार नबिन बुढाथोकी, रुपा लामा, दिपक डोटेल र रेणु पुनको अभिनय रहेको छ ।
रोल्पाली गायक नबिन खड्काले यस अघि नै थुप्रै लोक गितहरु स्रोता माझ पस्कि सकेका छन् र अत्याधिक रुचाइएका छन्।
त्यसैगरि कथा परदेशीको हृदयविदारक गित पनि स्रोताहरुले अत्याधिक रुचाइने अनुमान गरिएको छ । भर्खरै युटुबमा राखिएको भिडियोमा हेर्नेहरुको संख्या तिब्र बढी रहेको छ ।
हेर्नुहोस कथा परदेशीको नयाँ भिडियो:-
प्रतिक्रिया दिनुहोस