सनसनीपूर्ण खुलासा रुसी विदेशमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पट विरुद्ध यसरी मुख खोले |


मस्को, ९ असोज (रासस/एएफपी) रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताउनुभएको छ ।

उत्तर कोरियाली आकासहुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रुसको यो प्रतिक्रिया आएको समाचारमा जनाइएको छ ।

रुसी विदेशमन्त्री लाभरोभले आइतबार एक रुसी टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो– हुनत अमेरिकाले उत्तर कोरियामाथि हवाई तथा सैनिक कारबाहीको चर्चा पनि आएको छ तर अमेरिकाले त्यसो गर्न सक्दैन किनभने उत्तर कोरियामा बम छ भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा छ ।

सो अन्तरवार्तामा उहाँले भन्नुभएको छ– मैले उत्तर कोरियाको बचाउ गरिरहेको छैन, यो कुरा मैले मात्र होइन कि सबैले यही नै भन्ने गर्छन्, उत्तर कोरियासँग बम छ त्यसैले अमेरिकाले सिधै हवाई कारबाही गर्न सक्दैन ।

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा एक शक्तिशाली हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो ।

उक्त परीक्षण अमेरिकाले सन् १९४५ मा जापानको हिरोसीमा सहरमा फालेको बमभन्दा कम्तीमा पनि १६ गुणा बढी शक्तिशाली भएकोले उसँगको शक्तिशाली बमका कारण अमेरिका वा अरु कुनै पनि देशले यसो गर्न नसक्ने उहाँको भनाई थियो ।

उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो पछिल्लो बम तीन गुणा ठूलो छ । सन् २००६ देखि निरन्तर आणविक परीक्षण गरिरहेको उत्तर कोरियाको यो पछिल्लो छैठौँ पटकको परीक्षण हो ।

रुसी विदेशमन्त्री लाभरोभले उत्तर कोरियासँग सैनिक वा हतियारको कारबाहीभन्दा पनि वार्ताका माध्यमबाट पहुच पु¥याउन सकिएमा मात्र समाधान सहज र चाँडो निस्किने बताउनुभयो ।

तर वार्ताको माध्यमलाई भने अमेरिकाले स्वीकार गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिनुभएको थियो ।

उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोेले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिनुभएको थियो । उहाँले उत्तर कोरियाको आणविक बमको उत्तर शान्ति वार्ताले नभएर सैनिक कारबाही नै हो भन्नभएको छ ।

यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने समेत जनाएको छ ।  News 24 nepal बाट साभार

९ आश्विन २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको