यसकारण सापकोटाले दिए उम्मेद्वारी ‘एनआरएनए केन्द्रिय सह-कोषाध्यक्षमा’


समाज सेवा धनले होइन मनले गर्ने हो । सामाजिक सेवाका लागि मन प्रदान कुरा हो धन सहायक कुरा हो । यस्तै बिशाल मन भएका सामाजिक व्यक्तित्व सोम सापकोटा समाज सेवामा एक अब्बल व्यक्ति हुन ।

सामाजिक सेवामा अब्बल व्यक्तित्वको पहिचान बनाएका बाग्लुङ घर भएका सापकोटाले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह-कोषाध्यक्ष पदमा आगामी कार्यकाल २०१७-२०१९ का लागि उम्मेदवारी दिएका छन् । हाल रोजगारको शिलशिलामा डेनमार्कमा रहेका सापकोटा विभिन्न सामाजिक सेवा मुलक संस्थाहरुमा पनि आबद्ध रहदै सामाजिक सेवामा लामो अनुभव बटुलेका बहु आयामिक व्यक्ति हुन्।

आप्रवासी कामदारहरुको हकहितका लागि ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा बोकेर बिश्व संजाल बनेको एनआरएनएमा लामो समय देखि जिम्मेवारी बहन गर्दै आएका छन । विश्वभर रहेका आप्रबासीहरुलाई गोलबन्द गर्दै एनआरएनए अभियान कर्मीका रुपमा उनको उदाहरणीय भुमिका रहदै आएको छ।

गैरआवासीय नेपाली संघमा सोम सापकोटाको १३ बर्षे लामो यात्रा सन् २००४ पोर्चुगलबाट (साधारण सदस्यबाट) सुरु भएको थियो । पहिलो पटक २००५-००७ कार्यकालका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यकारी सदस्यको जिम्मेवारी बहन गर्नु भएको थियो ।

एनआरएनए संस्थाले बिश्व संजालमा आफ्नो अस्तित्व घनिभूत बनाउदै गर्दा डेनमार्कमा पनि एनआरएनको जग बसाल्दै २००९-०११ कार्यकालका लागि संस्थापक अध्यक्षको जिम्मेवारी बहन गर्नु भएको थियो । त्यसैगरि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य २०११-०१३ कार्यकालका लागि मनोनीत हुनु भएको थियो।

यसरि निरन्तर एनआरएनकै जिम्मेवारी बहन गर्दै आउने क्रममा २०१३ देखि २०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रको उपसंयोजकको सकुसल जिम्मेवारी निभाई सकेका सापकोटाले २०१५ देखि हालसम्म गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यका रुपमा क्रियाशिल रहनु भएको छ ।

नेपाल र नेपालीका लागि प्रयटन क्षेत्रमा अतुलनीय योगदान

यो देश प्राकृतिक दृष्टिकोणले संसार कै सुन्दर देश हो भने प्राकृतिक बिपत्तिहरु पनि त्यतिकै मात्रामा झेल्ने देश पनि हो । हाम्रा अमुल्य प्राकृतिक सम्पदाहरुको गतिलो ब्यबस्थापन र त्यहि अनुसारको प्रचार प्रसार बारे दुरगामी भिजन आजको आबस्यकता हो । बिदेशमा रहेर पनि दिलो ज्यान दिएर सुन्दर र सुरक्षित पर्यटनका लागि प्रचार प्रसारमा अहम भूमिका खेल्ने व्यक्तिहरु मध्ये एक सोम सापकोटा हुन् ।

उनले नेपाल र नेपालीका लागि पर्यटन क्षेत्रमा ठुलो योगदान दिएका छन् ।

गैर आवासीय नेपाली संघले नेपाललाइ पर्यटन स्थलको रुपमा विश्व सामु चिनाउन प्रचार प्रसारका लागि छुट्टै कार्यदल निर्माण गरेको थियो, उक्त कार्यदलमा रहेर काम गर्दा उनको उच्च मूल्यांकन पछी नेपाल सरकारले डेनमार्कका लागि सोम सापकोटालाई (२०१६-२०१८) पर्यटन दुतमा नियुक्ति गरेको छ ।

देशमा आएको बिकराल भुकम्प पश्चात नेपाल विश्व सामु प्रयटकिय दृष्टिकोणले असुरक्षित देश भन्दै फैलाएको भ्रमको चिरफार गर्न युरोपका २७ वटा देशहरुमा पुगेर सापकोटाले सुन्दर अनि सुरक्षित पर्यटन नेपाल भएको भन्दै बिश्वस्त तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

युरोपका विभिन्न देशमा रहेका नेपालीहरु संग समन्वय गरेर बिविध कार्यक्रम मार्फत हाम्रो देश सुन्दर र सुरक्षित प्रयटन स्थल भएको सन्देश छर्दै युरोपका देशहरुलाई नेपाल घुम्न आउने वातावरण सिर्जना गरे ।

युरोपका सडक गल्लीहरुमा नेपाली पहिरन ढाँका टोपी शिरमा ढल्काएर, युरोपेली समुदाय सामु देशको प्राकृतिक सुन्दरताको खुलेर बखान गर्दै सापकोटाले युरोपेलीहरुलाई मनमोहित पार्दै नेपाल र नेपाली प्रति सद्भाव, सहानुभूति र माया जगाउने काम गरे ।

उनको भाषिक तथा शैक्षिक क्षमताले पनि यस प्रयटन क्षेत्रको प्रोमोसनका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्न अबल्ल बनेका छन्, जो देशका लागि यो कार्य गर्ब गर्न लायक छ।

सापकोटा हाल नेपाल टुरिजम बोर्ड अन्तर्गत ‘भिजिट नेपाल युरोप २०१७’ को कोअर्डिनेटर भएर युरोपका देशहरुबाट पर्यटकहरु नेपाल भित्र्याउने कार्य गरिरहनु भएको छ । साथै नेपाल टुरिजम प्रोमोटका लागि संचालित ‘अतिथि देवो भव: अभियान’को कोअर्डिनेटर लिडर समेत जिम्मेवारी बहन गर्दै पर्यटनका लागि युरोपका देशहरुमा प्रचारप्रसार अभियानमा जुटी रहनु भएको छ ।

देशको समृद्धका लागि हाम्रो देशको प्रयटन क्षेत्र नै काफी छ भनेर बुझेका सापकोटा अझै पनि प्रयटन ब्यबस्थापनका लागि अभियानरत छन्, प्रयटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन दुरगामी योजना र भिजन बोकेर सामाजिक उत्तथानमा कठिबद्द भएका छन् ।

दिगो बिकाशका लागि शिक्षामा प्रविधिको नयाँ आयाम 

दिगो बिकाशका लागि तन, मन धन र समयका साथै दुरदृष्टि भएको भिजन पहिचान गर्न अति आबस्यक छ । यस्तै दुरगामी भिजन भएका सापकोटाले समाज परिवर्तनका लागि पहिलो आधार शिक्षालाई मान्छन । आजका बालबालिकाहरुले शिक्षामा नयाँ ढंगको प्रयोग र उपयोग गर्न पाउनु पर्छ भन्ने मान्नेता छ उनीमा ।

आफुले पढेको स्कुल, कक्षा कोठा र झोलामा बोक्ने किताव तथा पाठ्य सामाग्रीहरु आजको बदलिदो युगमा प्रबिधि युक्त हुनुपर्छ, पुरानो घिसिपिटे शैलीको शिक्षण युगबाट आजका बालबालिकाहरुलाई मुक्त गराउनु पर्छ भन्ने महत्वकांक्ष राख्छन ।

देश तथा समाज परिवर्तनका लागि उनको यहि नै बलियो कडी हो । शिक्षामा पहिलो सुधार ल्याउनुले हरेक मानवहरु शिक्षित हुनेछन र हरेक क्षेत्रमा त्यसले प्रभाब पार्ने छ, त्यसका लागि प्रबिधि युक्त शिक्षा जुटाउनु पर्छ भन्ने उनको दृष्टिकोण नै दुरदर्शन हो ।

शिक्षा ग्रहण गर्ने र गराउने पुरातन शैलीलाई तोड्न सम्बन्धित सरकारी निकायहरु मौन भैरहेको बेला, सोम सापकोटाले ई-शिक्षाको प्रबिधि प्रयोगमा ल्याउन ठुलो भूमिका खेले । ई-लाइब्रेरी फाउन्डेसन संस्था निर्माण गरेर उक्त फाउन्डेसन मार्फत नेपालका विभिन्न बिद्यालयहरुमा प्रबिधि द्वारा शिक्षण गर्ने/गराउने अभियानमा जुटे ।

जब २००३ मा गैर आवासीय नेपाली संघ स्थापना भयो, तब एनआरएनमा आबद्द भएर कम्प्युटर शिक्षालाइ प्राथमिकतामा राख्दै एनआरएनकै अभियान्ताहरुको सहयोगमा नेपाल लाइब्रेरी फाउन्डेसन र ओपन लर्निङ्ग एक्स चेन्ज प्रोग्रामले संचालनमा ल्याएको इ-पाठ सफ्टवेयर लाई सोम सापकोटाले ई लाब्रेरी फाउन्डेसन मार्फत देशका बिभिन्न बिद्यालयहरुमा पठनपाठनका लागि स-विस्तार गर्नु भएको छ ।

ओएलईले संचालनमा ल्याएको उक्त सफ्टवेयरबाट बिना इन्टरनेट नेपालका बिद्यालय संग सम्बधित १८ हजार भन्दा धेरै पुस्तकहरु लाई उक्त सफ्टवेयर डिभाइसमा उपलब्ध गराई सहजै पढ्न मिल्ने प्रविधिलाई बिस्तार गर्न सोम सापकोटाको फाउन्डेसनको महत्वपूर्ण भुमिका रहेको छ ।  हाल सापकोटा नेपाल लाइब्रेरी फाउन्डेसन अन्तर्राष्ट्रिय कोअर्डिनेटर हुन् ।

आधुनिक प्रबिधिको शिक्षा ‘ई-पाठ’लाई बिस्तार गर्न देशका विभिन्न दुर्गम तथा सहरका बिद्यालयहरुमा ई-लाइब्रेरी स्थापना गर्ने अभियानमा सोम सापकोटा जुट्दै आएका छन् र थुप्रै बिद्यालयमा बिस्तार भैसकेको छ, अझै बिस्तार हुने क्रममा रहेको छ। सापकोटाले उक्त ई-शिक्षाको सुरुवात २०१४ देखि आफुले पढेको बाग्लुङको काँडेबास ९ को जन जागृति माध्यमिक बिद्यालयबाट सुरुवात गरेका थिए ।

उच्च प्रबिधिबाट शैक्षिक अध्यनका लागि तयार भएको यो आधुनिक प्रबिधिलाई बिस्तार गर्न सोम सापकोटाले शिक्षा माथि नयाँ आयाम दिएका छन् । गैर आवासीय नेपाली संघको माध्यमबाट उनको यो शिक्षा माथिको नयाँ आयाम आज देश भरिका विभिन्न जिल्लाहरुमा ६० भन्दा बढी लाइब्रेरीहरु स्थापना भएका छन्, अझै विस्तार क्रम जारि छ, जसमा ४ करोड भन्दा धेरै लगानी भएको छ। बिशेषगरि सामुदायिक बिद्यालय र सामुदायिक पुस्तकालयहरुमा विस्तार भएका छन् ।

बिषयगत पुस्तकहरु एक झोला बोकेर स्कुल जानु पर्ने युगको अन्त्य गर्दै केवल सफ्टवेयरलाई गोजीमा राखेर स्कुल पढ्न जाने सहज र आकर्षक युग निर्माणको महा अभियानमा निरन्तर जुटेका छन् सोम सापकोटा । यस्ता बहु आयामिक प्रतिभाशाली व्यक्तिहरु कुनै सँस्था वा निकायमा जोडिनु त्यस संस्था वा निकायलाई त फाइदा छ त्यसको लाभ प्रत्यक्ष समुदायलाई पनि पर्ने छ ।

 

अन्य दीर्घकालीन तथा दुरदर्शी भिजनका साथ् सोम सापकोटा  

सामाजिक क्षेत्रमा धेरै व्यक्तिहरुको सहभागिता रहे पनि दिर्घकालिन भिजनलाई सहि पहिचान गर्न नसके, केवल एउटा जिम्मेवारी मुर्तिको रुपमा अल्झिएको हुनेछ र बिभिन्न संस्था वा निकायमा देखि एउटा ठुलो रोग पनि हो । दूरदर्शी भिजन भएको व्यक्तिले संस्था र समुदायलाई नयाँ आयाम दिन सक्छ, नत्र केवल उही मुर्तिका स्वरूप प्रतिमूर्ति हुनेछन ।

यस्तै दुरदर्शी भिजन भएको व्यक्ति सोम सापकोटा संग समाज बिकाशका लागि अन्य दूरदर्शी योजनाका साथ् गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह-कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

उनको भिजनमा देश बनाउने होइन समाज बनाउने भिजन प्रस्ट देखिन्छ । किनकि समाज बनाए देश त्यसै बन्ने छ र हजार माइलको सफलताको खुड्किलो पनि एकबाट नै सुरु हुन्छ । उनले आगामी कार्यकालमा विशिष्ट क्षेत्र पहिचान गरि देशमा हाइड्रोपावरको बिकाश, स्वास्थ्य क्षेत्रमा नयाँ परिवर्तन, संचार क्षेत्रमा विश्वासनीयता, आवास तथा पर्यटन क्षेत्रमा थप नयाँ आयाम, शिक्षा क्षेत्रमा प्राबिधिक शिक्षालयको देश ब्यापी बिस्तार गर्ने दीर्घकालीन थप कार्य योजनाहरु लिएका छन् ।

सामाजमा काम गर्छु भन्ने तर सिन्को पनि नभाच्ने लाई संस्थाको मुर्तिका रुपमा नउभ्याउ । समाजका लागि गर्ने बहु आयामिक व्यक्तिलाई चिनौ र चुनौ यसले नै समाजको भबिस्य बन्ने छ अनि देश त्यसै पनि फुल्नेछ ।

कर्म भुमि डेनमार्कका सोम सापकोटालाई जितको अग्रिम शुभकामना !! उनको जितमा शिक्षाको जित हुनेछ र बिकाश आयातित हुनेछ !!!

सोम सापकोटाले विभिन्न संघ संस्थाहरु संग आबद्ध भएर सामाजिक क्षेत्रमा गरेका उपलब्धि र जिम्मेवारीहरु बारे जान्न (सोम सापकोटा बारे यो लिंक) मा जानुस !

पोष्टपाटी/केबी गुरुङ 

९ आश्विन २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको