पोष्टपाटी!
दश वर्षे भयानक जनयुद्दमा होम्मिएर राजनीतिक बिरासत बनाएको माओबादी केन्द्रले हिजोको राजनीतिक धरातलबाट आज ९०. डिग्रीमा कोल्टे फेरेको छ । माओबादी केन्द्र यति वेला यस्तो बिन्दुमा उभिएको छकि, अब एमालेमा बिलय नहुँदासम्म उसको खैरियत छैन । यो कुरा प्रचन्डले राम्रो सँग आंकलन गरेर नै सिङ्गो पार्टीलाइ एमाले तिर डाइभर्ट गरिरहेका छन ।
प्रचण्डले पार्टीलाई एमाले संग बिलय गराउने कुरा उनको मनोगत एक्लो कारण भने होइन, पार्टीको बस्तुगत धरातलबाट उब्जिएको छ । गएको स्थानीय चुनावमा आफ्नै पार्टी क्याडरहरुको दिएको फितलो परिणामका कारण पार्टीको अबको बाटो कता ? भन्दा एमाले तिर ! भन्ने थप बिकल्प खोज्न प्रेरित गरेको हो । माओबादि केन्द्रको आस्थाको धरोहर रोल्पाले चुनाबमा सोचेको परिणाम दिन नसक्दा निराश भएका प्रचण्डका अगाडि आत्मसमर्पण तथा समन्वयबादी बाटो तिर लम्किनु निर्बिकल्प थियो ।
प्रचण्डले गुमाउदै गरेको रोल्पा
माओवादी केन्द्रमा रोल्पालीहरुको दबदबा छ । राज्यसत्तामा पनि उनीहरुको हालिमुहाली त्यतिकै छ । जनयुद्धको आधार क्षेत्र रोल्पाका तत्कालिन जनमुक्ति सेनाका कमाण्डर पासाङ उपराष्ट्रपति छन् । कृष्णबहादुर महरा प्रत्यक पटक मन्त्री बन्ने गर्छन । ओनसरी घर्ती सभामुख छन् । बर्तमान प्रतिनिधि सभा सदस्यमा मनोनित बर्षमान पुन पनि मन्त्रि बनिसकेका व्यक्ति हुन् । यिनै रोल्पाली नेताहरु पार्टी र सत्ताको जोड घटाउका महत्वपूर्ण खेलाडीहरु हुन् ।
यी अनुहारहरुलाई प्रचण्डले विश्वास पात्रको रुपमा लिएर पार्टी हाँक्ने गर्छन । पार्टीको कार्यनीतिक दिशा तयगर्दा यिनै सिपाहीहरुको मुख हेरेर गर्छन । आज बाम गठबन्धनको कित्ताबन्दिमा सिंगो पार्टीलाई उभ्याउनुको कारकतत्व पनि यिनै नेताहरु हुन् ।
भन्नुको मतलब, यिनै विश्वासिला अनुहारहरुले गएको रोल्पाको स्थानीय चुनावमा भने जस्तो परिणाम नल्याउदा भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा सिंगो माओबादी पार्टीले एमालेको सहारा लिनु पर्यो । आफ्ना आधार क्षेत्रहरु गुम्दै गरेको देख्दा एमाले संगको एकता नै अन्तिम बिकल्प बन्यो ।
बरु एक्ला प्रभाकरले सिंगो रुकुम बचाए, तर यी आधा दर्जन नेताहरुले रोल्पा बचाउन सकेनन ।
प्रचण्डले यो कुराको राम्रै संग लेखाजोखा गरेका छन् कि रोल्पाली जनताले रोल्पाली माओबादी नेताहरूलाई पत्याउन छोडी सके, आगामी पाँच बर्ष पछि आउने चुनाव सम्भबत सबै गुम्ने अनुमान गरेका प्रचन्डले बिकल्प खोज्दै एकीकरणको बाटो रोजेका हुन । यस्तै प्रतिकूलतालाई अनुकूलतामा बदल्दै राजनीतिमा अड्डीरहने प्रचन्डको यहि राजनीतिक कौशलता हो । यसकारण पनि प्रतिपक्षहरु उनलाई राजनीतिक खेलाडीको रुपमा स्वीकार गर्छन । नत्र सिंगो माओबादी केन्द्र राष्ट्रिय पार्टीबाट गेट आउट हुने निश्चित थियो, जसरि राप्रपा, नयाँ शक्तिहरु आज सडकमा पुगे ।
माओवादी केन्द्र निकटको एक अनलाइनले महरालाई माओवादीका विजयकुमार गच्छेदार भनेर लेखेको थियो । यसको अर्थ ‘सत्तामा जसरी पनि पुग्नुपर्ने र त्यसको लागि जे गर्नपनि तयार हुनु हो’ । सरकार बाहिर बस्दा महरालाई कति छटपटी हुन्छ भन्ने कुरा केपी ओलीको नेतृत्वमा माओवादी केन्द्र सरकारमा गएको बेला नांगो रुपमा देखियो । उनले प्रचण्डलाई समेत अप्ठ्यारोमा पार्ने गतिविधि गरे ।
त्यसअघि महराको चिनियाँ ब्यापारी सँगको अडियो टेप, तत्कालिन जनमुक्ति सेनाको व्यारेकमा भएको घोटाला, पछिल्लो पटक भारतीय सँगको हिमचिम पनि सत्ताको जोडघटाउकै परिणाम हो ।
वर्षमान पुन ‘अनन्त’ पनि यसअघि अर्थमन्त्री भइसकेका छन् । उनलाई प्रचण्ड पछिको दोश्रो नेताको रुपमा पार्टी भित्र लिन थालिएको छ । गएको संविधानसभामा पराजित भएका कारण बर्षमान पुन मन्त्री बन्न नपाउने भएपछि उनकी पत्नी ओनसरीलाई सभामुख बनाइएको हो, यो उनको चातुर्याई पन हो । बर्षमानकी पत्नी भएकै कारण ओनसरी सभामुख भएको टिप्पणी यत्रतत्र छन । नभए ओनसरी जतिको जनयुद्ध लडेका अझ स्पातिलो माओवादी नेतृ धेरै छन् । बर्षमान पुन ‘अनन्त’ पनि माओवादीको नाममा लाभ लिएका व्यक्ति हुन् । यसपाली भने प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट बिजयी भएका छन् । यसले उनको राजनीतिमा आफुलाई बलियो बन्न थप बल पुगेको छ ।
माओवादी आन्दोलनमा तुलनात्मक रुपमा पासाङ इमान्दार सिपाही हुन् । पासाङ उपराष्ट्रपति हुनुमा अरुलाई अन्याय नहुनु पर्ने हो । तर यिनै नेताहरुलाई पासाङ राष्ट्रपति भएको चित्त बुझेको छैन ।
प्रचण्ड प्रधानमन्त्री हुँदा बालुवाटारको अख्तियारी जोखबहादुर महरालाई दिइएको थियो । त्यो पनि महराहरुले नै सेटिङ गरेको आरोप त्यतिबेलै लागेको थियो ।
माओवादी केन्द्रमा पार्टी र सत्तामा रोल्पालीहरुले ९५ प्रतिशत ओगटेका छन् भन्ने आरोप सहतमा देखिन्छ । पछिल्लो सरकार निर्माणको क्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझीले त सार्वजनिक रुपमै विरोध गरेका थिए ।
यी नेताहरु रोल्पाकै कारण पार्टी सत्ता र राज्यसत्तामा हालीमुहाली छ । तर उनीहरुले रोल्पाको लागि केही नगरेको आरोप खेपिरहेका छन । त्यसको पछिल्लो उदाहरण दोस्रो चरणको स्थानीय तहको निर्वाचन । रोल्पाका १० मध्ये ७ ओटा मात्र माओवादीले जितेको थियो । सबै तहमा माकेले जित्ने भनिए पनि ३ वटा क्षेत्र गुमाएको थियो । जुन परिणाम भनेको रोल्पालीहरुले उनीहरुप्रतिको विश्वास घटेको मान्न सकिन्छ ।
रोल्पाबाट अरु पार्टीबाट माओवादी केन्द्रका नेताको स्थान र हैसियत सम्म पुगेका छैनन् । तर, पनि रोल्पामा एमाले र काँग्रेसले गाउँ स्तरमा जरा गाँडेर बसेको अनुमान गर्न सकिन्छ, बरु उनीहरुमा पनि सहि नेतृत्वको अभाव देखिन्छ । आर्को तिर विप्लब माओबादीको रोल्पामा वर्चस्व देखिन्छ । तर यसपाली माओवादीलाई भने चुनाव जित्न सहज बन्यो । बाम गठबन्धनमा सहभागी भएर चुनाव लडेको माओबादीले रोल्पा नै कब्जा जमायो ।
तर उता रुकुमका प्रभाकरले एक्लैले रुकुममा एकलौटी गरे । दुई प्रदेशमा बाडिएको रुकुममा पहिलो चरणमा र दोस्रो चरणमा सबै तह माओवादी केन्द्रले जितेको थियो । प्रतिनिधि सभामा जनार्दन शर्माले भारिमत ल्याएर विजय भए । शर्माले २०७० सालको संविधान सभा सदस्यको निर्वाचनमा पनि विजय भएका थिए ।
यति ठूलो बलिदानीबाट जन्मिएको पार्टी आज एमालेमा बिलय हुने कार्यदिशातिर मोडिनुमा यिनै नेताहरुको कार्यशैलीले प्रभाव पारेको हो । रोल्पालाई त आफ्नो काबुमा राख्न सकेनन भने, सिंगो पार्टीलाई बचाउने हैसियत प्रचण्ड संग हुने कुरै भएन फलस्वरूप आज पार्टी एमालेमा बिलय हुदैछ ।
प्रकाशित मिति : २०७४ पुष ९
प्रतिक्रिया दिनुहोस