सिहदरबारमा फराएको गणतन्त्रको झन्डा जनमुक्ति सेनाको साहसले फराएको हो ।


टिकाराम ओली

विश्वलाई हल्लाउने गरी जनताको अधिकार बोकेर आजैको दिन हो नेपालमा जनमुक्ति सेनाको घोषणा भएको हो । निजी खुशी, पारिवारिक माया त्यागेर निरंकुशतावादी एकात्मक राज्य सत्ताको अन्त्य गर्ने भनेर १० वर्षसम्म लडेर शहीद हुनु भएका महान् योद्धाप्रति हार्दिक श्रद्धाञ्जली । घाइते तथा वेपत्ताहरुमा सम्मान ।

नेपालमा जनमुक्ति सेनाको घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । राजाको कुर शासन र संसदीय व्यवस्थालाई ध्वस्त गरेर जनवादी गणतन्त्र स्थापना गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उद्देश्यका साथ नेपालमा जनयुद्ध सुरु भएको थियो । त्यही उद्देश्यलाई पूरा गर्न जनमुक्ति सेनाको गठन भएको हो ।
जनवादी गणतन्त्र ल्याउन हजारौं जनताले गाँस बाँस र सयोग समर्थन र योगदान बाट जनमुक्ति सेनाले राजतन्त्र लाई खरानी बनाउदै थियो। त्यही क्रममा हजारौँकाे वलिदानी, त्यतिकै संख्यामा घाइते । सयौं वेपत्त । लडाइँका केही मोर्चा हारेपनि मुख्य लडाइँ भने जनमुक्ति सेनाले हारेको थिएन । विचारमा हारेको थिएन । सर्बोच्च कमाण्डर प्रचण्डको निर्देश अनुसार नै जनमुक्ति सेना चलेको थियो । हाम्रो नेतृत्व सक्षम छ भन्ने मनभावना सहित जनमुक्ति सेना साहसका साथ फिल्डमा थियो ।एक दुई मोर्चा हार भए पनि सिंगो लडाइँ जितको नजिक थियो । गाउँ बस्तीहरु आधार इलाका निर्माण भएर जनसत्ता सन्चालन भएको थियो शहरमा मजदुरहरु बिद्रोहको झन्डा उठाइ राखेका थिए । त्यही बिचमा रोल्पा संसदीय पार्टीहरु संग छलफल चल्ने क्रम भै राखेको रहिछ ।तर पनि प्रचण्डले नयाँ निर्णय लिएर आउछन् भन्ने सबै लाई लागेको थियोे । तर त्यसो हुन सकेन सविधानसभा र गणतन्त्रमा जाने सर्बोच्च कमान्डरको निर्देशन पनि सबैले एक मुस्ट मानेर सविधानसभा चुनावमा पार्टी एक ढिक्का साथ गयो । त्यही बेला पार्टी भित्र अन्योल सिर्जना भयो । पद पाउनेहरु काठमाडौ मै रमाउन थाले नपाउनेहरु धोका दिएको गुनासो हुन थाल्यो । पार्टी ठिक ढङ्गले चल्न सकेन सबैको साझा नेतृत्व प्रचण्ड लाई केहि गुरुपले मात्र उपयोग गरेर पार्टी भित्र अन्तर बिरोध सिर्जना भयो पार्टीले ठोस निति लिएर जनता र कार्यकर्तामा जान सकेन । परिणाम एउटै सपना देखेकाहरु टुक्रा टुक्रा बन्न बाध्य भए ।
केहि मान्छेहरु पद पाउदा क्रान्ति नै सम्पन्न भयो भनेर घोषणा गरे तर जनयुद्ध लड्ने जनमुक्ति सेनाका योद्धाहरुको विचल्ली भएको थाहा पाएनन्। केही साथीहरु काठमाडौँ शहरमा भौतारिकएका छन् भने केहि साथीहरु घाइते शरीर बोकेर खाडीमा तड्पिनु भएको छ। अयोग्य घोषणा भएका धेरै साथीहरु अहिले पनि आसुको धारा बगाउदै हुनुहुन्छ । कतिपय साथीहरु क्रान्ति गर्ने उद्घोष गर्दै हुनुहुन्छ । किन यस्तो अबस्था आयो भनेर जनयुद्धको नेतृत्व कर्ताहरुले कहिले सोच्ने होलान् ।
सर्वोच्च कमाण्डर प्रचण्ड र सहयोगी बाबुरामले सिहदरवार लाई जनताको केन्द्र बनाउने गरि सेना समायोजन हुन्छ भन्ने सबै लाई लागेको त्यसो पनि हुन सकेन ब्यारेकमा जनमुक्ति सेना प्रचण्डले चमत्कारी निर्णय गर्नु हुन्छ भन्ने ठुलो आसका साथ प्रचण्डको फोटो लेख रचना र अन्तरबार्ता हेर्दै थियो ।हेर्दा हेर्दा कमान्डरहरुको रहन सहन फेरबदल भै सकेको थियो तर पनि प्रचण्ड प्रतिको आसा सबैमा थियो । तर प्रचण्डबाट पनि आसा गर्ने अबस्था हराउदै गर्दा सबैमा निराशा र आक्रोश बड्दै गयो त्यो कुरा नेतृत्वले बुझ्न सकेन। हामीले देश बनाउने सपना देख्दा देख्दै खाडी रोज्न बाध्य हुनु पर्यो । जनताका सुन्दर सपना बोकेको राइफल बोकेको हातहरु मालिकको पाइन्ट र जुत्ता पालिस गर्दा कसलाई पो पिडा हुदैन र ।
नेपाली धर्तीमा फरफराइरहेको गणतन्त्रको झन्डा जनमुक्ति सेनाको साहसबाट आएको हो । जनमुक्ति सेना र लाखौं जनताको रगत पसिना बाट आएको गणतन्त्र कसैको निजि सम्पत्ति होइन गरिब, निमुखा, मजदुर र सोधिन् देश बनाउन रगतको खोला बगेर घोषणा गरिएको व्यवस्था हो ।राजाको कुर शासन लाई फाल्नु हजारौं बहादुर नेपाली आमाको छोरा छोरी जनसेनाले रगत बगाएर ल्यायको व्यवस्था हो गणतन्त्र । दलाल प्रतिक्रियावादी शासक राज्य विरुद्ध जनसेनाले जेहाद छेड्न थालेपछि हजारौंले मुक्तिको सपना देखे पछि लाखौं जनताको उपस्थितिमा आन्दोलन गरेर राजतन्त्र लाई सधैको लागी विदा गरेर घोषणा गरेको व्यवस्था हो गणतन्त्र । साम्राज्यवाद संग गठबन्धन कायम गर्न पुगेका छन् ।गणतन्त्र कसैले कुर्सीको लागी मोलजोल गर्ने व्यवस्था होइन देश लाई सोधिन र उत्पीडितले न्याय पाउने व्यवस्था हो गणतन्त्र ।गणतन्त्र कसैको खेलोउना होइन जस्ले जे गरे पनि हुने ।गणतन्त्र संग मजदुर,सुकुम्बासी,उत्पीडित,किसान लाखौं युवा देश लाई माया गर्ने सबैको घर हो । गणतन्त्रको आवाज उठाउदा जनसेना र गणतन्त्रवादी जनता लाई आतंककारी लिस्टमा राखेर बन्दुकको बलमा राज्य गर्ने शासन लाई बन्दुक कै बलमा सासक लाई प्ररास्त गरेर घोषणा गरेको व्यवस्था हो गणतन्त्र । गणतन्त्र ल्याउने नेतृत्वहरु किन अहिले एक आर्को लाई दुश्मनी पैदा भएको छ ।जनयुद्ध सगै लडेका नेतृत्वहरु अहिले किन छुट्टाछुट्टै अभियानमा छन् ।किन एकले आर्को लाई दमन र निषेध गरेका छन् ।गम्भीर समिक्षा भएन भन्ने गणतन्त्र केका लागी र किन भन्ने सवाल उठने छ ।साम्राज्यवादले युद्ध लडेको शक्ति भित्र मानव नरसंहारको भयानक षड्यन्त्र संभावना देखिन्छ एउटा लाई सत्ता सम्पिदै दमन गर्न लगाउने र नेपाल लाई युद्ध मैदान बनाएर नेपालको स्रोत साधन कुम्लाउने साम्राज्यवादको चाहाना योजना चक्नाचुर पार्नुको विकल्प छैन ।
नेपाली धर्तीमा फरफराइरहेको गणतन्त्रको झन्डा जनमुक्ति सेनाको साहस बाट आएको हो ।जनमुक्ति सेना र लाखौं जनताको रगत पसिना बाट आएको गणतन्त्र कसैको निजि सम्पत्ति होइन गरिब, निमुखा,मजदुर र सोधिन् देश बनाउन रगतको खोला बगेर घोषणा गरिएको व्यवस्था हो ।राजाको कुर शासन लाई फाल्नु हजारौं बहादुर नेपाली आमाको छोरा छोरी जनसेनाले रगत बगाएर ल्यायको व्यवस्था हो गणतन्त्र । दलाल प्रतिक्रियावादी शासक राज्य विरुद्ध जनसेनाले जेहाद छेड्न थालेपछि हजारौंले मुक्तिको सपना देखे पछि लाखौं जनताको उपस्थितिमा आन्दोलन गरेर राजतन्त्र लाई सधैको लागी विदा गरेर घोषणा गरेको व्यवस्था हो गणतन्त्र । साम्राज्यवाद संग गठबन्धन कायम गर्न पुगेका छन् ।गणतन्त्र कसैले कुर्सीको लागी मोलजोल गर्ने व्यवस्था होइन देश लाई सोधिन र उत्पीडितले न्याय पाउने व्यवस्था हो गणतन्त्र ।गणतन्त्र कसैको खेलोउना होइन जस्ले जे गरे पनि हुने ।गणतन्त्र संग मजदुर,सुकुम्बासी,उत्पीडित,किसान लाखौं युवा देश लाई माया गर्ने सबैको घर हो । गणतन्त्रको आवाज उठाउदा जनसेना र गणतन्त्रवादी जनता लाई आतंककारी लिस्टमा राखेर बन्दुकको बलमा राज्य गर्ने शासन लाई बन्दुक कै बलमा सासक लाई प्ररास्त गरेर घोषणा गरेको व्यवस्था हो गणतन्त्र । गणतन्त्र ल्याउने नेतृत्वहरु किन अहिले एक आर्को लाई दुश्मनी पैदा भएको छ । जनयुद्ध सगै लडेका नेतृत्वहरु अहिले किन छुट्टाछुट्टै अभियानमा छन् ।किन एकले आर्को लाई दमन र निषेध गरेका छन् ।गम्भीर समिक्षा भएन भन्ने गणतन्त्र केका लागी र किन भन्ने सवाल उठने छ ।साम्राज्यवादले युद्ध लडेको शक्ति भित्र मानव नरसंहारको भयानक षड्यन्त्र संभावना देखिन्छ एउटा लाई सत्ता सम्पिदै दमन गर्न लगाउने र नेपाल लाई युद्ध मैदान बनाएर नेपालको स्रोत साधन कुम्लाउने साम्राज्यवादको चाहाना योजना चक्नाचुर पार्न जनयुद्धका नेतृत्व कर्ता सबैले गम्भीर समिक्षा गर्न आबस्यक छ।

८ मंसिर २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको