झापाली समाजको सम्पर्क समितिको कार्यलय उद्घाटन


पोष्टपाटी युएई, युएईका क्रियाशील जिल्ला स्तरीय सामाजिक संस्था झापाली समाज युएईले झापाको मध्यबिन्दु कनकाई नगरपालिकाका आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आफ्ना सामाजिक गतिविधिलाई सहज, सरल र प्रभावकारी बनाउन उक्त कार्यालयको स्थापना गरेको समाजका अध्यक्ष रोहित भण्डारीले बताएका छन् ।
सुरुङ्गा पुल उत्तरमा रहेको उक्त कार्यालयको उदघाटन कार्यक्रममा युएईका अतिरिक्त विभिन्न देशका झापाली समाजका पदाधिकारीहरको उपस्थिति रहेको समितिका नवनियुक्त संयोजक माइनसप्लस संग्रौलाले जानकारी दिएका छन् । कात्तिक ५ गते आइतबार सम्पर्क समितिका नवनियुक्त पदाधिकारी र युएईबाट सहभागी केन्द्रीय सचिव जगत लुईटेल, केन्द्रीय सदस्य प्रेम अधिकारी, दिपक बस्नेत, पूर्व केन्द्रीय सदस्य हरि कटवाल, सारजहा कोषाध्यक्ष गीता माझी लगायतको उपस्थिति रहेको थियो ।
कर्यालय उद्घाटनपछि नेपाल सम्पर्क समितिको बैठकले रिक्त पदहरुमा नियुक्ति पनि गरेको छ । रिक्त पदहरुमध्ये उपाध्यक्षमा युएईमा रोजगारी गरी फर्केका सैनिकमोड निवासी सामाजिक व्यक्तित्व प्रेम सेडाई नियुक्त भएका छन् । त्यसरी नै समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा शनिश्चरेका शिक्षासेवी सामाजिक व्यक्तित्व गणेश बुढाथोकी, महिला उपाध्यक्षमा गौरादहकी सामाजिक अभियनता विनिता सापकोटा, सविचमा गोल्धापका व्यावसायी वीरेन्द्र थापा, सहसचिवमा अर्जुनधाराका सामाजिक व्यक्तित्व विपी अकेला र कोषाध्यक्षमा बैगुनधुराका युवा तीर्थराज लुईटेल, सहकोषाध्यक्षमा तारा कट्वाल रहेका छन् ।
यसैगरी सम्पर्क समितिको सदस्यहरुमा रमेश भेटवाल, दुर्गाप्रसाद पाठक, खगनाथ नेपाल, एलिसा तामाङ, उमेश  अधिकारी, ज्योति श्रेष्ठ, समिरा पोखरेल र अर्जुन खरेल रहेका छन् ।
समाजको नवीकरण सम्पन्न:
झापाली समाज, युएई झापा जिल्ला प्रशासन कार्यालयमा औपचारिक दर्ता भएको सामाजिक संस्था हो । गत २०७३ मा दर्ता भएको समाजको आगामी २०७५ असार मसान्तसम्मका लागि नवीकरण गरिएको समाजका नवनियुक्त सम्पर्क समितिका संयोजक संग्रौलाले जानकारी दिएका छन् । दर्ता प्रक्रियालाई पूर्णता दिन समाजका केन्द्रीय सदस्य दिपक बस्नेत, प्रेम अधिकारी, संस्थापक केन्द्रीय सदस्य हरि कटवालले योगदान गरेको नेपाल संयोजक संग्रौलाले बताए ।
देउसीभैलो प्रतियोगितामा झापाली समाज द्वितीय:
तिहारको अवसरमा मोफसल मिडियाले आयोजना गरेको देउसीभैलो प्रतियोगितामा झापाली समाज दोस्रो भएको छ । गत २० अक्टोबरमा आयोजना गरेको उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएई प्रथम भएको जानकारी कार्यक्रम संयोजक रमेश खड्काले जानकारी दिएका छन् ।
उक्त प्रतियोगितामा झापाली समाज युएई द्वितीय भएर प्रमाणपत्रका साथ गिफ्ट ह्माप्र प्राप्त गरेको युवा, खेदकुद तथा संस्कृति विभागका संयोजक पारस लामाले बताएका छन् । समाजका संस्कृति विभाग प्रमुख पारस लामाको नेतृत्वमा भाग लिएको उक्त देउसीटोलीमा टीका कटेल, विष्णुमाया दंगाल, सुमन भटराई, एकराज बस्नेत, बद्री ओली रहेका थिए । प्रथम पुरस्कार छेपारो डटकम र द्वितीय पुरस्कारको स्पोन्सर शुभयात्रा ट्राभलले गरेको जानकारी आयोजकले दिएको छ ।
७ कार्तिक २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको