जुम्लामा प्रचण्डलाई भेट्न ओइरियो जनसागर


माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड अाइतबार दिउँसाे जुम्लाकाे सिन्जा उपत्यकाको सभालाई सम्बोधन गर्न पुगेका थिए । बाँकेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरी जुम्ला पुग्नुभएका प्रचण्डले सिंजामा आयोजित विशाल जनसभालाई सम्बोधन गरेका छन |

जनसभामा बाेल्दै अध्यक्ष प्रचण्डले भनेका थिए, “हामी १४ वा १० प्रदेशकाे पक्षमा थियौं, कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खाेज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं । कर्णालीलाई नयाँ प्रदेश बनाउनुपर्ने हाम्राे निरन्तरकाे दवाव र सङ्घर्षले मात्र अहिलेकाे ६ नम्वर प्रदेश बनेकाे हाे ।”

“जुम्ला र खासगरी सिन्जा उपत्यका खस भाषा र खस सभ्यताकाे केन्द्र हाे” अध्यक्ष प्रचण्डले बताए, “म प्रधानमन्त्री भएकाे बेला खस भाषा र संस्कृतिकाे अध्ययन, अनुसन्धान र विश्व स्तरमा चिनाउने उद्धेश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउन खाेजिएकाे थियाे । काम अघि बढेकाे छ । तर, साेचेजति प्रगति भएकाे छैन । खस भाषा र संस्कृतिकाे उत्थान र विकासका लागि खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन मेराे पुरै पहल हुनेछ, जुम्लालाई विश्वमा चिनाउन मेराे साथ हुनेछ ।”

कर्णालीकाे विकास माअाेवादीकाे प्राथमिकतामा भएकाे प्रचण्डले बताउनु भयाे । उहाँले भन्नुभयाे, “कर्णाली विकास अायाेग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं । नाग्चे लाग्ना नाका खाेल्न चीनसँग कुटनीतिक पहल गरिरहेकाे छु । नाग्मा गम्गडी सडक कालाेपत्रे गरिनेछ । कर्णालीकाे स्वास्थ्य, शिक्षा र राेजगारीलाई प्राथमिकतामा राखिनेछ ।”

७५० कार्यकर्ता माअाेवादी केन्द्र प्रवेश
कार्यक्रममा जुल्लाका लाेकप्रिय नेता पूर्णप्रसाद धितालकाे नेतृत्वमा ७५० जना कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् । धितालले स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारकाे रुपमा लडेर लाेकप्रिय मतसहित दाेस्राे स्थान हासिल गरेका थिए । उनकाे नेतृत्वमा ७५० कार्यकर्ता प्रवेशले जुम्लामा माअाेवादी जीतलाई सहज बनाएकाे छ । धिताललाई माअाेवादीले प्रदेश सभाकाे उम्मेद्वार बनाउने घाेषणा समेत गरेकाे छ ।


२०७४ साल संविधान कार्यान्वयनकाे वर्ष हाे, “प्रचण्ड”
पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ साल संविधान कार्यान्वयन र चुनावी वर्ष भएकाे बताउनु भएकाे छ ।

कालिकाेटकाे मान्ममा अायाेजित पत्रकार भेटघाटमा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “हामीले प्रगतिशील र संघीय गणतन्त्रकाे संविधान बनाएका छौं । अहिले हामी संविधान कार्यान्वयनकाे चरणमा छौं । २०७४ साल संविधान कार्यान्वयनकाे वर्ष हाे, चुनावी वर्ष हाे । संविधान कार्यान्वयनले मात्र राजनीतिक स्थिरता हुन्छ, विकास र समृद्धि हासिल हुन्छ । संविधान कार्यान्वयनकाे मेराे अभियान सफल हुँदैछ, म निकै खुसी छु, संघ र प्रदेशकाे चुनाव पनि शान्तिपूर्ण रुपमै सम्पन्न हुन्छ ।”

“म प्रधानमन्त्री हुँदा एकथरी साथीहरुलाई निकै ठूलाे डर थियाे । प्रचण्डले देशै बर्वाद पार्छ भन्ने प्रचार पनि थिए, अध्यक्ष प्रचण्डले भन्नुभयाे, “तर मैले दस महिना जुन मेहेनत गरें, त्यसले ती सबै भ्रम र प्रचार अन्त्य भए । हामी क्रान्तिका लागि मात्रै हाेइन, विकास र समृद्धिका लागि पनि सिपालु छौं, याे कुरा पुष्टि भइसकेकाे छ । माअाेवादी बिना देशकाे विकास हुँदैन भन्ने प्रमाणित भएकाे छ ।”

“सबै जिल्लाका साथीहरुले चुनावमा उम्मेद्वार भएर अाउन अाग्रह गर्नुभएकाे छ, प्रचण्डले भन्नुभयाे, “पहिलाेपटक काठमाडौं र राेल्पाबाट लडें, दाेस्राेपटक मधेशबाट जितें । अहिले एक ठाउँबाट मात्र उम्मेदवारी दिन पाउने भएकाले चितवनबाट लड्दैछु ।”

अध्यक्ष प्रचण्डले माअाेवादी कर्णालीकाे विकासका लागि सम्वेदनशील भएकाे बताउनु भयाे । प्रचण्डले भन्नुभयाे, “कर्णालीकाे विकासका लागि माअाेवादी प्रतिवद्द छ । विकास, निर्माण र जनताकाे जीवनमा परिवर्तन ल्याउन विशेष जाेड हुनेछ । पिली पनि नेपाली जनयुद्धको एेतिहासिक ठाउँ हाे । संघीय गणतन्त्रमा पुग्न पिली घटनाकाे महत्वपूर्ण भूमिका छ । पिलीलाई युद्द पर्यटन र संग्रहालयकाे विकास गर्नेछौं । साथै जनताकाे जीवनस्तर उकास्ने काममा प्राथमिकता दिनेछौं ।”

सिस्नेअनलाइन वाट 

८ आश्विन २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको