ज्योतिले गायक हेमन्तको मुड बनाइदिन आफ्नो कामुक फोटो फेसबुकमा टाँसिन


काठमाडौं, कामुक दृश्य दिन सीपालु गायिका ज्योति मगरले मंगलबार पोखराबाट फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखिन्,‘यी तस्बिरहरू तिनका लागि हुन् जसले भल्गर कमेन्ट गर्दैनन् ।’

खुलेर तस्बिर खिचाएकी ज्योतिको यहि पोष्टमा पहिलो कमेन्ट थियो गायक हेमन्त शर्माको । उनले लेखेका छन्,‘हाम्लाई हो की नाई नि ! भनेसी बल्ल हेर्ने कि नहेर्ने निधो हुन्छ ।’

त्यसको प्रत्युत्तर ज्योतिले हेमन्तलाई निक्कै खास हिसावमा फर्काएकी छिन् । ‘पक्कै तपाईकै लागि हो । खासगरी विवाह गरेका मानिसका लागि नै हुन् यी तस्बिर तपाई जस्तैलाई । यो सुन्दर विहानमा मुड बनाउनका लागि । हाहाहा जिम्बाबे !’

फेरि हेमन्तले लेखेका छन्,‘ज्योति मगर त्यसो भए सुस्त सुस्त आँखा खोली हेर्छु है त ?’ उनले संगीतकार एकनारायण भण्डारीलाई मेन्सन गरेर पनि लेखेका छन्,‘नसोधी नहेर्नु है फेरि !’

कलाकारहरू सामाजिक सञ्जालमा यसरी खुलेरै रमाइलो संवादमा देखा परेका छन् ।

२०७४ भाद्र ८,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको