देउवा र मोदीले कटैया-कुशाहा प्रशारणलाइन दिल्लीबाट उद्घाटन गरे


८ भदौ, काठमाडौं । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला हैदराबाद हाउसबाट  बिहीबार दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उदघाटन गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया-कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका हुन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइन मार्फत विद्युत ल्याउने भएको हो । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन । यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ ।

यि दुवै प्रसारणलाइन भारत सरकारको अनुदानमा निर्माण भएका हुन् । जग्गा प्राप्ती नेपाल सरकार तथा विद्युत प्राधिकरणले गरिदिएको थियो भने अन्य खर्च सबै भारतको अनुदानबाट गरिएको थियो ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले ढल्केबर-मुजफ्फरपुर १ सय ३२ केभी प्रसारणलाइन संयुक्त रुपमा उदघाटन गरेका थिए । ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभीमा चार्ज भइरहेको छ । यो प्रसारणलाइन २ सय २० केभीमा चार्ज गर्नका लािग अहिले तयारी भइरहेको छ ।

८ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको