ईतिहास भनेको कुनैपनी देशको आफ्नो राष्ट्रिय/अन्तर्राष्ट्रिय परिचय हो! इतिहासले आफ्नो देशको अस्थित्वको परिचय दिन्छ भने त्यही परिचय नै देशको अस्थित्व पनि हो! हाम्रो देश नेपालको परिचय हेर्ने हो भने हामी त्यस देशका नागरिक हौं जुन देशमा शान्तिका दुत बुद्ध जन्मिए, जहाँ विश्व कै सबैभन्दा उच्च हिमाल सगरमाथा छ, जुन देशमा आफ्नो बहादुरीको गाथा छ! विश्व मै सबैभन्दा धेरै मन्दिरहरु भएको देश, विश्व मै सबैभन्दा धेरै खोलानाला भएको देश, प्राकृतिक सुन्दरताले भरिपुर्ण विश्व कै दोस्रो देश नेपाल!
संसारका प्रायजसो राष्ट्रलाइ आफ्नो उपनिवेश बनाउदै राज गरेको ब्रीटिस सङ्ग एक बर्ष सम्म युद्ध गरेर, पश्चात् पहिलो र दोस्रो विश्व युद्धमा बहादुरिको परिचय दिएर आर्जन गरेको पहिचान हो, गोर्खालीहरुको देश नेपाल! जन्मजातै गोर्खाली पहिचान भएको नेपालको गोर्खा गोर्खाली सम्पती आज भारतियहरुको कसरी हुन्सक्छ…?नेपालको जन्मजातै पहिचान परिचयलाइ अर्कै देशले चोर्न खोस्न खोज्छ भने नेपाली कसरि चुप बस्न सक्छ..?
२५०० बर्ष पुरानो सम्राट अशोकको लुम्बिनीमा स्थापित अशोक स्तम्भ जहाँ “हेत बुत जाते” नेपाल अर्थात बुद्ध यस ठाउमा जन्मेका थिए र यो नेपाल हो भनेर चिनिने हाम्रो २५०० बर्ष पुरानो इतिहासलाई जसरी भारतले आफ्नो देशमा मिनि कपिलवस्तु (मिनि लुम्बिनी)समेत रातारात निर्माण गरेर बुद्ध भारतमै जन्मेको र भारत बुद्ध भुमी हो भनेर आज सम्म विश्व सामु प्रचार गरेर हाम्रो देश नेपालको अस्थित्व पहिचान खोस्दै छ, ठिक त्यसरी नै आज भारतको एउटा ठाउलाइ जबर्जस्त गोर्खाल्यान्ड गराएर गोर्खालीहरुको देश भारत हो र गोर्खाल्यान्ड भारतमा छ भनेर विश्व सामु सिद्ध गर्ने अभिप्राय स्पष्ट देखिन्छ!
दार्जीलिङ जिल्ला भारतीय भुमी हो! त्यहाका नागरिक भारतिय हुन! गोर्खा/गोर्खाली पदावलीको गरिमा सिर्फ नेपालको पहिचान हो! यो पहिचान दार्जीलिङ भारतमा दर्ज हुनुभन्दा पहिल्यै देखिको हो! गोर्खालीको देश नेपाल हो, भारत होइन! त्यसैले भारतमा गोर्खाल्यान्ड कसरी जायज भो…? भारतमा गोर्खाल्यान्ड हुदा भोलि बिश्वले गोर्खालिको देश भनेर भारतलाइ चिन्ने…? नेपालको एतिहासिक अन्तर्राष्ट्रिय पहिचान कतातिर जाँदै छ…?
गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण हुन्छ गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, शैन्य रणनैतिकार हुन्छन् गोर्खालीहरू। यो सान, यो सम्मान, यो पहिचान नेपाल राष्ट्र र नागरिकहरुको अन्तर्राष्ट्रिय अस्तित्व, अन्तर्राष्ट्रिय गरिमा, अन्तर्राष्ट्रिय सम्मान, अन्तर्राष्ट्रिय पहिचान हो!
त्यस्कारण पनि नेपाल देशको पहिचानलाइ भारतिय दार्जिलिङबासिले आफ्नो भारतको भुमिलाइ गोर्खाल्यान्ड भन्न सुहाउदैन! दार्जीलिङ वासिहरु मुलत पुर्ण रुपमा भारतीय नागरिक हुन उनिहरुको पहिचान, आत्म सम्मान आफ्नै देशले स्थापित गरेको चिनारीमा खोज्नुपर्छ, अर्काको देशको पहिचानलाइ चोरेर भारतमा समाहित गराउन पाइदैन! इतिहासले भारतिय नागरिहरुलाइ गोर्खाली भन्दैन भनेको पनि छैन! र दार्जिलिङ वासिहरु नेपाली होइनन मात्र नेपालको हाल कायम राष्ट्रिय भासा देवानगरी भाषिक हुन, नेपाली गोर्खाली होइनन! त्यसकारण गोर्खाल्यान्ड होइन देवानगरिल्यान्ड दार्जीलिङहरुको पहिचान हो! गोर्खाल्यान्ड नेपाल हो! यो गोर्खाल्यान्ड नेपालको बाहेक बिस्वको कुनैपनी देशको होइन!
दार्जिलिङेहरुको राष्ट्रियता गोर्खाज होइन उनिहरुको राष्ट्रियता उहिबेला स्वतन्त्र रहेको राष्ट्र सिक्किमेली राष्ट्रियता हो! राष्ट्रियताको आफ्नै इतिहास हुन्छ! गोर्खाज इतिहास र गोर्खाज राष्ट्रियता भनेको नेपालको मात्र हो! खासगरि गोर्खाज इतिहास कायम गरि गोर्खाली, गोर्खा, गोर्खाजहरुको देश नेपाल भनेर इतिहास, पहिचान स्थापित गर्ने वीर सपुतहरु पृथ्वीनारायण शाह, माता राज्य लक्ष्मि, भक्ती थापा, अमर सिंह थापा, बलभद्र कुवरहरु हुन जस्ले गोर्खाज भनेर नेपाल देशलाइ नेपाल देशका नागरिकहरुलाइ विश्व सामु चिनाए!
सिक्किमेली/दार्जिलिङहरु जब भारतमै गाभिए, जब उनिहरुले भारतको इतिहास, भारतिय राष्ट्रियता स्वीकार गरेपछि उनिहरुको पहिचान उनिहरुको इतिहास उनीहरुको राष्ट्रियता गोर्खाज कसरी हुन आउँछ…? नेपालले अङ्ग्रेज सङ्ग लडेर आर्जन गरेको गोर्खाज सम्पती आज भारतिय दार्जिलिङहरुले आफ्नो अस्थित्व कसरी दावी गर्न मिल्छ…? सिक्किमेली/ दार्जिलिङहरुको इतिहास भनेको गान्धी कालखण्ड हो, उनिहरुको राष्ट्रियता भनेको गान्धी, सुभास चन्द्र बोस, भगत सिंह , नेहरु सङ्ग सम्बन्धित छ, सिक्किमेली/दार्जिलिङेहरुको साइनो नेपालको पुर्खाहरु सङ्ग कत्तिपनी छैन! विश्व सामु नेपाला/नेपालिहरुलाइ गोर्खाजको इतिहास सुम्पने वीर सपुतहरु पृथ्वीनारायण शाह देखि बलभद्र कुवर सम्म नेपाल देशका राजा थिए भारतका होइनन! अनि कसरी भारतको भुमिमा गोर्खाल्यान्ड जायज हुन आयो…?
नेपालमा पनि पुर्वकालदेखी नेपाली नागरिक भएर भारतिय मुलका हिन्दी भाषिकहरु बसेका छन जनसंख्याको घनत्वको आधारमा त्यसरी बसोबास गरेकालाइ नेपालमा पनि भाषिक अधिकार दिनुपर्छ तर भारतिय मुलका हिन्दी भाषिकहरुले नेपालमा उनिहरुले गान्धील्यान्ड, भगतसिंहल्यान्डको आन्दोलन गर्दा मिल्छ..? मिल्दैन किनकी नेपालको इतिहास र पहिचान एवं गौरव त्यो होइन र छैन! नेपालले भारतको राष्ट्रिय झणडालाई आफ्नो झणडा भन्नू र भारतियहरुले गोर्खाज भारतको इतिहास पहिचान भन्नू उस्तै हो यसो गर्दा दुवैतिर सैय हुदैन, दुवैतिर जलन हुन्छ! नेपालको राष्ट्रिय झणडा त्रिकोणात्मकमा चन्द्र सुर्य र गोर्खाज गरिमाको महत्त्व नेपालको लागि समान हो!
दार्जिलिङ पहिले नेपालकै भुमी थियो, षड्यन्त्र पुर्वक उतिबेलाका साशकहरुले बेचे भनेर नेपालका केही पहिचानवादी रट्टा रट्ने अतिवादीहरुको तर्क छ, यश तर्कलाइ प्रती तर्क गर्दा दार्जीलिङ बेचिदा त्याहाका वासिहरु बेचिएको भुमी त्यागेर बचेको भुमी नेपालमै आउन किन सकेनन…? र इन्डियन नागरिक नै भएर बस्न रुचाए…? अथवा दार्जिलिङ नेपालको भुमी हो हामी नेपाल देशकै नागरिक हौं भनेर भन्न किन सकेनन..?यो आफैमा केटाकेटी तर्क भएपनी यतिबेला जायज देखिएको छ! कहिलेकाही केटाकेटी तर्क बिचार पनि सोचनिय ठहरिन्छन!
लालचमा भटाभट छोरी दिएर घरज्वाइँ पाल्दा छोरो मार्फत बुहारी सम्हाल्दा निम्तिएको निम्ताइएको परिणाम स्वीकार्य हुन सक्दैन! दार्जिलिङ Vs मधेस! आदिवासी र आप्रवासीको मिश्रण दुवैतिर छ! सस्कृती, रहनसहन, रितिरिवाज, समान हुवहु छ भनेर लम्पसार भैरहनु भन्दा बरु अब संयुक्त भारतवर्ष भन्दा फरक नपर्ला” ?.किनकी नेपालले ‘लोटा लिएर पाइखाना’ जादा भारतले पानी भर्ने, र पाइखानामा पानी उबाउन नेपालले लोटा दिने” इतिहास र बर्तमान ज्वलन्त छ! ‘घर/ससुराली’ सम्बन्ध नै परिभाषित हो भने ‘आलि’ भत्काएर एक महाभारत भने हुन्छ!
दार्जिलिङमा जसरी भाषिक विषयको हतियार मार्फत भारतले आफ्नो देशमा गोर्खाल्यान्ड खडा गर्नु र नेपालको मधेसमा पनि मधेसल्यान्ड खडा गर्नु यो संयोग नभै डिजाइनगत नेपाल भारत मुलत संयुक्त ‘भारतवर्ष’ सिद्ध गर्न खोजिएको नयाँ कडि नहोला भन्न सकिन्न! किनकि इन्दिरा गान्धीको कृतिको रणनीति नै सार्कभित्र भारतको प्रत्येक्ष/अप्रत्यक्ष कालन्तारिक राज हो! उक्त राजको रणनीतिलाई सफल पार्न रोटि बेटि , दाजुभाइ , ज्वाइँ बुहारी , आदि पगरिहरु कार्यनितिक प्रयोग भयका मात्र होइनन भन्न सकिने ठाउँ भेट्टाउन मुस्किल छ!
यहा अहिले दार्जिलिङ भर्सेज मधेस गराएर अभिस्ट सफल पार्न खोज्या त हैन कतै? सङ्क्का ब्याप्त छ! यद्यपि भारतिय दार्जीलिङहरुको भाषिक आन्दोलन,भारतको संविधान र भारतको सङ्घिय सम्रचना अनुसार भाषिक पहिचान दार्जीलिङ वासिहरुले पाउनुपर्छ यस्मा दुइमत छैन तर भाषिक मामिला सङ्ग गोर्खाल्यान्ड कसरी गासियो जबकी दार्जलिङेहरु गोर्खा नेपाली हुँदै होइनन् ! हामी नेपालका नेपालिहरु भावनामा बहकिएर रुन आवश्यक छैन!
आर्जन गरेको गोर्खाली पहिचान र जन्मेको नेपाल सम्राट समुन्द्र गुप्त पोहिवावाद स्थित शिलालेखमा तत्कालिन नेपालको पुर्वी सिमाना कामुर कामुक्ष, दक्षिण सिमाना पाटली पुत्र कतुर, पश्चिम सिमाना उदमपुर सम्म थियो भनिन्छ! कामुर कामक्ष हाल आसाममा पर्छ, पाटली पुत्र भनेको हाल पटनामा पर्छ, उदमपुर पन्जावमा र कतुर इलाहावाद नज्दिक पर्छ, यो तथ्य इसाइ पुर्व ४०० बर्ष पुरानो शिलालेख हो! त्यस अवस्थामा तत्कालिन नेपाल विशाल थियो परन्तु यश अवस्थामा उक्त भुभाग निजि थिए आ-आफ्नै किसमको साना साना राज्यको रुपमा अवस्थित थिए तर सिङ्गो देशको आकारमा भने थिएनन तर स्वतन्त्र थिए! यहि कालमा किराँतहरुको अन्त्य र लिच्छविहरुको प्रारम्भकाल थियो क्रमानुगत लिच्छविहरु कम्जोर हुदै गएपछि स्वही कालमा तत्कालिन नेपाल ५३ टुक्रामा बिभाजित भयो!
पछि एक माहा पुरुषको जन्म भयो जो बिभाजित राज्य मध्य गोर्खाका राजा थिए पृथ्वीनारायण शाह, पृथ्वीनारायण शाहले ५५ टुक्रामा बिभाजित राज्यहरुको एकीकरण अभियान नुवाकोटबाट प्रारम्भ गरे! एकीकरण अभियान पश्चिम काँगडा पुर्वमा टिस्टा सम्म लिएर गए र एउटा आधिकारिक विशाल एकीकृत भूगोल स्थापित गर्दै उक्त भूगोलको नाम नेपाल राखिएको सत्य इतिहास हामीसबै सामु छ!
नेपाल देश जन्मेकै केही समय पश्चात् सन: २०१४मा तत्कालिन इस्ट इन्डिया अर्थात भारतलाइ उपनिवेश बनाएको अङ्ग्रेजहरुले ५५ टुक्रामा बिभाजित स्वतन्त्र भुगोल हालको नेपाल उपर बिधिवत युद्धको घोषणा गरे! इस्ट इन्डियाका तत्काली जनरल एस्टिङ्ग्सको कमान्डमा नेपालमाथि ५ ठाउबाट अङ्ग्रेजले लडाइ खोल्यो जस्मा तीन ठाउँ पृथ्वीनारायण शाहको एकीकरण अभियान गोर्खा सेनाले जित्यो भने दुई ठाउमा हार्नुपर्यो! जितेको भए हालको नेपाल सतलज र कास्मिर सम्म फैलिएको हुन्थ्यो! लगतै हारेको ठाउहरुमा पृथ्वीनारायण शाहको एकीकरण अभियानको गोर्खा सेनाले पुन साहसिक हमला गरेपछि नेपालिहरुको बाहादुरीबाट अङ्ग्रेज प्रभावित हुनपुग्यो! जब नालापानी गोर्खा सेनाले हारेपछी र अङ्ग्रेले आफ्नो सम्पुर्ण शक्ति प्रयोग गर्न लागेपछि गोर्खा सेना दवाबमा पर्यो र बाकी भुभाग बचाउन ब्याक हट्नुपर्यो र त्यही मौकामा अङ्ग्रेजले दाउ छोप्यो र सन १८१५ मा सुगौली सन्धी हुनपुग्यो जुन सन्धिबाट थुप्रै भुभाग गुमाउनु पर्यो !
सुगौली सन्धि सङ्गै गोर्खा सेना बाडाफाड गर्ने नेपाल भारत र बेलायत बिचमा त्रिपक्षिय गोर्खा सेना सन्धि भयो र त्याहाबाट नेपाली गोर्खा सेना भारत र बेलायतको लागि गोर्खा भर्तीको नाममा गोर्खा सेनालाई भारत र बेलायतले आफ्नै देशको नागरिककै रुपमा लिन थाले ! यसरी आज नेपाली गोर्खाहरु भारत र बेलायतमा स्थाइ रुपमै रहन गए गोर्खा भर्तिको नाममा! नेपालको एतिहासिक खुकुरी भोजपुरबाट उत्पतित नेपालको राष्ट्रिय हतियार गहना हो! खुकुरी जन्माउने एतिहासिक भोजपुर नेपाल देशमा छ आज सिक्किमेली/दार्जिलिङेहरुले खुकुरीलाइ आफ्नो पहिचान मान्न किमार्थ सुहाउदैन! उनिहरुले आफ्नै देश भारतको राष्ट्रिय हतियार गहना प्रती र आफ्नै देशको इतिहास प्रती गौरव गर्नुपर्छ! अर्काको देशको गरिमा चोरेर छाती नफुलाउन सिक्किमेली/दार्जिलिङेहरुले!
अङ्ग्रेजले पनि आफ्नो छेत्रफल बढाउन चाहन्थ्यो र नेपालले पनि , ! युद्धबाटनै देश बन्छ पनि युद्धबाटनै देश गुम्छ पनि! यहि सिद्धान्त अन्तर्गतनै दार्जीलिङ गुम्यो, युद्ध न्यायपुर्ण होस वा अन्यापुर्ण गुमाउन सक्ने र पाउन सक्ने यो दुवै यथार्थ नै युद्धको नियम हो! आज सिक्किम/दार्जिलिङ भारत हो, भारतमा छ ! सिक्किम/दार्जिलिङ स्वतन्त्र हुदासम्म उस्को इतिहास पहिचान गोर्खाज थिएन सिक्किम/दार्जिलिङको आफ्नै इतिहास आफ्नै पहिचान थियो तर गोर्खाज थिएन!नेपालको गौरव चोरेर भारतमा खडा गर्न खोजिएको गोर्खाल्यान्डको हामी सबै नेपालिहरुले बिरोध गर्नुपर्छ!
प्रतिक्रिया दिनुहोस