नेपाली पार्क वर दुवईमा चटपटेवाली तारा


 

पृथीछक बुढा

तपाईंलाई यसरी चटपटे बेच्न लाज लाग्दैन ?´ उनले चोटिलो जवाफ दिएछन्, `तिमी दिनकै बङ्गाली र पठान फेर्दा लाज नलाग्ने म चटपटे बेच्दा केको लाज ? काममा ठूलो सानो हुँदैन ।´

हरेक शुक्रबारको दिन समुद्रको तटमा रहेको आब्रा चोक (नेपाली चोक)मा तलहिन मन लाग्ने मलाई । मानौँ, त्यहाँ नपुग्दा मलाई खानै रुच्दैन जस्तो । एक किसिमले बानी परिसकेको थियो नेपाली चोक पुग्नलाई । त्यसैले जस्तोसुकै ब्यस्तताको बिचमा पनि केही समय जोगाएर वरालिन पुग्नुपर्छ मलाई ।
गत शुक्रबार केही सज्जनहरुको कार्यक्रममा जाँदै थिएँ, मैले सधैं देखिरहेको उही परिचित अनुहार त्यही नेपाली चोकमा देखें । भनिरहकी थिई, `अ भाइ चनाचटपटे ! चनाचटपटे ! आउनुहोस् । बस्नुहोस । खाएको मात्रै पैसा लाग्छ, बसेको लाग्दैन ।´ बडो कुशल तरिकाले भट्याईरहेकी थिइ ।
यो परिश्रमी नेपाली महिलाको बारेमा मैले पहिले देखि नै चासो देखाउँदै आएको थिएँ । उनको छेउमा पुग्यौं । शुरुमा एक प्लेट चनाचटपटे माग्यौं । प्याज, असला, मसला, चना, चटपटे, अमिलोपिरो घोलेर एक मिनेटमै चनाचटपटे तयार बनाएर दिए ।
`एक पटक मात्रै मेरो हातको चटपटे खानुस, सधैं मेरै हातको खान खोज्नु हुन्छ ।´ उसले हाँसेर भनी । जति उ बोल्नमा सिपालु थिइ, उति नै मीठो थियो उसको हातको चटपटे । नभन्दै हामी चार प्लेट खाईसकेका थियौं, चालीस दिहरामको । एक प्लेटको ठ्याक्कै दश दिहराम ।
चार प्लेट खाने समयको यो आधा घण्टामा म उनिसंग केही प्रश्नहरु सोधेको थिएँ । तपाईं पत्रकार हो ? उसलाई भ्याईनभ्याई थियो चटपटे बेच्न । `म पत्रकार होइन´ जवाफमा भनेको थिएँ ।

`कुरा गर्न पैसा लाग्दैन । खाएको मात्रै लाग्छ ।´ उसले हाँसेर भनि ।

 

उसको हात कुशल तरिकाले चलिरहेको थियो भने सोही तरिकाले मुख पनि चलाईरहेकी थिइ । त्यहीँ बस्दाबस्दै आधा घण्टामा उसले लगानी उठाईसकेकी थिइ । दुई जना युवतीहरुले दिएको बीस दिहराम झोलीमा हाल्दै खुसिले मुस्कुराउदै भनि, `अबको चाहिँ नाफा हो ।´

यो दुई बजेतिरको कुरा थियो ।

 

कमसेकम सात बजेसम्म उसले चटपटे बेच्थी । चार बजे देखि आठ बजेसम्म पार्कमा नेपालीहरुको भिड अचाख्ली लाग्ने गर्दछ । पछि उसले कति कमाए होली ?

 

`हरेक शुक्रबार कति कमाउनु हुन्छ ?´ मैले उसको अनुमानित कमाई सोधेको थिएँ ।

`सौता लागे । सौता नलागेको भए पहिले पहिले त दिनको हजार पन्ध्र सय दिरहाम पनि कमाएको छु ।´ उ जस्तै त्यस पार्कमा चटपटे बेच्ने नेपालीहरु सात जना रहेको कुरा बताए । तर उसलाई रिस र जलन भने थिएन । भन्थि, `मान्छेले आ-आफ्नै कर्मले खानुपर्छ ।´
`सौता लागिसकेपछी चाहिँ कमाई कति हुन्छ नि ?´ मेरो  प्रश्नमा उसले भनि, `कहिले तिन सय, कहिले पाँच सय त कहिले छ सात सय । कमाई ठिकै छ, अरु यहाँ आएर बरु खर्च गर्छन् तर मैले जति कमाएको छु ठिकै छ, सन्तुष्ट छु ।´

 
`तपाईंलाई यसरी कसैले नसोचेको काम गर्न आइडिया कस्ले दियो ?´ मैले सोधेको प्रश्नमा उसले भनि, `यहाँ आएँ, धेरै नेपालीहरु जम्मा भएको देखें । पहिले म दमकमा पनि चटपटे बेचेनो थिएँ । अनि मनमा लाग्यो यहाँ चटपटे बेच्न पाए के होला ? यहि सोचेर एकदिन शुरु गरें  । मैले त्यो दिन भुजा मात्रै लिएर आएको पाँच सय कमाएँ ।´ उनले शुरुको दिन सम्झिए ।
नेपाली पार्कमा चटपटे बेच्न शुरु गरेका पहिलेको एउटा रोचक किस्सा सुनाउन भ्याए । एकजना चिनेकै युवतीले उसलाई चटपटे बेचिरहेको देखेर सोधिहालेछन्, `तपाईंलाई यसरी चटपटे बेच्न लाज लाग्दैन ?´ उनले चोटिलो जवाफ दिएछन्, `तिमी दिनकै बङ्गाली र पठान फेर्दा लाज नलाग्ने म चटपटे बेच्दा केको लाज ? काममा ठूलो सानो हुँदैन ।´

 

आफ्नो हातको चटपटे अरुको तुलनामा मीठो भएकाले आफैलाई खोज्दै आउने गरेको उनको दावी छ ।

 

उनको खास नाम तारा पोख्रेल । नेपालीहरु माँझ चम्किलो तारा । पाँच  बर्ष भयो युएईमा । भन्छिन्, चार पाँच केजी चटपटे र चना सकिन्छ । हामी त्यहीं गफिरहेकै वेला आधा घण्टामै आफ्नो सावाँ उठिसकेको कुरा बताउथी । अब चाहिँ नाफा । उनी मुस्कुराउदै भनी ।
चालीस बर्ष कि तारा पोख्रेल । पहिले त उसको नाम तारा थियो तर अहिले उसको परिचय यसैमा सिमित छैन । म त्यहीँ हुँदा उसको नाम तारा, हिम्मतवाली, रेखा र चटपटीवालीले बोलाएको सुनें  । उनलाई चार लाख नेपालीहरु रहेको युएईमा नेपाली चोक पुगेका हरेक नेपालीले उनलाई नचिन्ने मान्छे कमै होलान् । यसो त उनको चटपटेको स्वाद लिनेमा नेपालीहरु मात्रै होइनन्, भारतियहरु पनि छन् । छुट्टिने वेला मैले पनि उनलाई चटपटेवाली भनेरै बोलाएँ । भनें, चटपटेवाली तिमि नेपालीहरुको माँझमा आफ्नो नाम तारा जस्तै यसरी नै उदाहरण वनेर चम्किरहनु । मेरो कुरा सुनेर मुसुक्क मुस्कुराई । तर उनको मुस्कानमा कुनै व्यापारिक लवज भने थिएन । शुद्ध मुस्कान थियो ।

 

७ मंसिर २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको