नवलपरासीको सुस्तामा सामाजिक भवन निर्माणको लागी हामी नेपाली एशोसिएसनले १० लाख सहयोग गर्ने


चिरन न्यौपाने

यूएई- हामी नेपाली एशोसिएसन यूएईले नवलपरासीको सुस्तामा सामाजिक भवन निर्माणका निमित्त १० लाख रुपयाँ सहयोग गर्ने जनाएको छ । सुस्ता बासीले बर्षेनि बाढीको प्रकोप झेल्न परीरहेकोले बाढी लगायत विभिन्न प्रकोपमा आपतकालिन आरक्षणमा सहयो मिलोस भन्ने अभिप्रायले सो भवनको निर्माण गर्न लागीएको हो ।

‘हामी नेपाली एशोसिएसन’ केही महिना अघि यूएईमा कनुनी मान्यता प्राप्त गरेको पहीलो र एक मात्र सामाजिक संस्था हो । २० अक्टोवर, शुक्रबारका दिन दुबई स्थित संस्थाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष डा. दिनेश आचार्यले सो जानकारी गराएका हुन् । भवन निर्माण कार्य नेपाली सेनाले तिब्र रूपमा गरीरहेको डा. आचार्यले बताए । सो पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले संस्थाका भावि योजना प्रस्तुत गरेका थिए । यूएईमा नेपाल महोत्सव गर्ने संस्थाको योजना रहेको छ । नेपाली कला, संस्कृति र पर्यटन बिकासलाई टेवा दिने मुख्य उद्देश्यका साथ यूएईमा पहिलो पटक ‘नेपाल महोत्सव’ गर्न लागीएको आचार्यले बताए । महोत्सव दुई महिना भित्र सम्पन्न गर्नेगरी तयारी भैरहेको डा. दिनेशले बताए । महोत्सवमा नेपाली हस्तकला, नेपाली खानाका परीकारहरू, नेपाली उत्पादन, नेपाली सांस्कृतिक झाँकिहरु आदि प्रदर्शन गर्ने योजनामा संस्था लागी परेको छ । महोत्सवमा विभिन्न खेलहरुमा प्रतिस्पर्धा गराईने, साथै गितसंगीतका हस्तीहरूलाई जमघट गराउने र विभिन्न संगीतिक कार्यक्रम एकै ठाऊमा आयोजनाको  तयारी रहेको अध्यक्ष दिनेशले बताए ।

यूएईमा नेपाली पत्रिकाको प्रकाशन गर्ने बारे पनि तयारी अघि बढेको जानकारी कार्यक्रममा गराइएको थियो । यूएईमा रहेका सवै नेपालीलाई संगठित गर्ने उद्देश्य अनुरूप संस्थाले सदस्यता बितरण कार्य सुरु गरीसकेको छ । सदस्यता परिचय पत्र गोल्डेन्, सिल्भर र साधारण गरी तिन प्रकारको हुनेछ । शुल्क क्रमश ५ सय, १ सय र २५ दिराम लाग्नेछ । सदस्यता शुल्क फरक फरक भएपनी काम भने एकै हुनेछ । सदस्यता शुल्क बुझाईसकेपछि सदस्यले हामी नेपाली एशोसिएसन लेखेको टिसर्ट र सदस्यको सम्पूर्ण बिबरण सहितको डिजिटल परिचय पत्र प्राप्त गर्नेछन् । सदस्यता लिन बरदुबई स्थित संस्थाको कार्यालयमा गई फारम भर्नुपर्नेछ ।

यूएईका विभिन्न क्षेत्रमा रहेका नेपालीलाई भैपरी आऊने समस्यालाई छिटो समस्याको हल गर्ने उद्देश्यले यूएईका सात ओटै प्रान्तमा साखा बिस्तार गर्ने निर्णय गरेको छ । संस्थाले केही महिना भित्र १ लाख ५० हजारको अक्षय कोशको स्थापना गर्ने र यसलाई बढाएर केही वर्षभित्र २० लाख दिराम पुर्याउने योजना गरेको डा. दिनेशले बताए । हामी नेपाली एशोसिएसन दुतावास पछिको ठुलो सहयोगी संस्थाको रूपमा बिकाश गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए ।

२०७४ कार्तिक ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको