माओबादी केन्द्र छोडेर विप्लवको पार्टी नेकपामा प्रवेश गरे युवाहरु


पोष्टपाटी/ रमाकान्त बास्तोला, भाद्र ७ पोखरा

देशभर नेपाल कम्युनिस्ट पार्टीमा प्रगतिशिल क्रान्तिकारी, किसान, मजदुर आदिको तिब्र धुर्बिकरण भइरहेको छ । यस्तै कास्किको पोखरा लेखनाथ नगरपालिका अन्तर्गत माओवादि केन्द्र देखि बिद्रोह गर्दै श्रवण कुमार सुनारको नेतृत्वमा करिब चार दर्जन नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्बिकृत भएका छन ।

पोखरा स्थित पिपलडालि १८ इलाका दसमा आयोजित एक कार्यक्रममा नेकपा कास्कीले उनिहरुलाई सम्मान सहित पार्टी प्रबेश गराएको छ ।

माओवादि केन्द्रबाट बिद्रोह गर्दै नेकपा प्रबेश गर्नेहरुमा श्रवण कुमार सुनार, राज कुमार सुनार, रबिन्द्र सुनार, प्रेम कृष्ण सुनुवार, सुनिल सुनार, राज कुमार बिस्वकर्मा, रेशम सुनार, राम शरण बिश्वकर्मा, बलराम बिक, वसन्त बिक, बाल कुमार बिक, राजेन्द्र सुनार, भिम बहादुर पौडेल, किरण बिक, राम ब.बिक, मिलन बिक, सन्तोष बिक, दिनेश बिक, राजु बिक, अभिशेक बिक, दिपेश सुनार, जीवन सिलवाल, उजित सुनार, राम प्रसाद खड्गी, सुनिल सुनार, क्षितिज सिलवाल, सन्जित बिक, सुन्दर सिलवाल, जगत राज अधिकारी, कमल सुनार, लक्ष्मण सुनार, राजु सुनार, राजु बिक, भिम शिवाकोटी आदि रहेका छन ।

सर्बहारा मुक्तिको लागि दरिलो संघर्षको आवस्यक रहेकोले सहि नेतृत्व र बिचार भएको पार्टी नेकपा नै रहेको र माओबादी केन्द्र दलाल भइसकेको भन्दै पार्टी प्रवेश गरेका थिए।

पार्टी प्रवेश गर्नेहरुलाई कास्की सेक्रेटरी कामरेड जगन र गन्डक युवा जन स्वयम्सेवकका संयोजक सुजन द्वारा स्वागत गरेका थिए।

७ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको