काउटिन्होका लागि बार्सिलोनाको चौथो प्रस्ताव राख्यो


बार्सिलोनाले लिभरपुल सामु फिलिप्पे काउटिन्होका लागि चौथो प्रस्ताव राख्ने तयारी गरेको छ। यसपटक बार्सिलोनाले काउटिन्होका लागि १ सय ३८ मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको हो।

बार्सिलोनाले काउटिन्होका लागि लिभरपुल सामु १ सय १ मिलियन पाउण्ड सरुवा शुल्क सहित ३७ मिलियन पाउण्ड बोनसको अफर राखेको छ।

सरुवा बजार बन्द हुन एकसाता बाकीं रहेका बेला बार्सिलोनाले काउटिन्होका लागि यसपटक अन्तिम प्रयास थालेको हो। तर, लिभरपुलले यसअघि नै औपचारिक पत्र सार्वजनिक गर्दै काउटिन्हो बेच्नका लागि नभएको बताएको थियो।

पाँच दिन अगाडी बार्सिलोनाले उनका लागि लिभरपुल सामु तेस्रोपटक १ सय १४ मिलियन पाउण्डको अफर राखेको थियो। सो अफरसँगै काउटिन्होले पनि क्लबसँग सरुवा अनुमति मागेका थिए तर लिभरपुलले उक्त प्रस्ताव अस्वीकार गरेको थियो।

ढाडको इञ्जुरीका कारण काउटिन्हो लिभरपुलका पछिल्लो खेलहरुमा देखिएका छैनन्। काउटिन्हो बार्सिलोना जान आतुर रहेपनि क्लब उनको बाधक बन्दै आएको छ।

लिभरपुलका प्रशिक्षक जोर्गन क्लापले लिभरपुल काउटिन्होलाई नबेच्ने कुरामा अडिग रहेको बताएका छन्। इञ्जुरीबाट निको भएपछि काउटिन्हो टिममा फर्कने उनले विश्वास व्यक्त गरे।

७ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको