विप्लवले कारबाही गरेका भ्रस्टचारीलाई प्रचण्डले पार्टीमा भित्र्याएर गरे भब्य स्वागत


पोष्टपाटी!

नेपाल कम्युनिस्ट पार्टीले भ्रस्टाचार गरेको भन्दै पुर्ब केन्द्रिय सदस्य गगन खड्का ‘जिबन’लाई पार्टीबाट कारबाहीगरि निष्कासन गरिएको थियो। तिनै भ्रस्टाचारको नाममा कारबाहीगरि निकाशन भएका खड्का माओबादी केन्द्रमा प्रवेश गरेका छन्।

भ्रस्टाचार आरोपमा कारबाही गरिएका कामरेड जीवन र नयाँशक्तिबाट विद्रोह गरेका देवेन्द्र पौडेल नेतृत्वको समूहलाई मंगलबार पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भब्य स्वागत गरेका छन्। खड्कालाइ गरिएको स्वागत संगै प्रचण्डले भ्रष्टाचारीलाई पार्टीमा प्रवेश गराएको आरोप पार्टी भित्रैका कार्यकर्ताहरुबाट उठ्न थालेको छ।

गगन खड्का जीवनलाइ यस अघि पार्टीका गोप्य सुचना लिक गर्ने, पार्टीको नाममा चन्दा उठाएर भ्रस्टाचार गर्ने, पार्टीकै दलित नेताहरुलाई अपमान गर्ने, पार्टी बैठकमा अनुपस्थित हुने भन्दै नेपाल कम्युनिष्ट पार्टीले कारबाही गरि निष्कासन गरेको थियो।

तत्काल पार्टीको आकार बढाउन अराजक व्यक्तिहरु पार्टी प्रवेश गराएर पनि कालान्तरमा यिनै भ्रस्टचारीहरुले पार्टी धुमाल्ने निश्चित छ भन्दै माओबादी केन्द्र भित्र रहेको सर्बहारा खेमाले बैचारिक सुद्दिकरणका लागि बहस चलाउन थालेको छ, आन्तरीक स्रोतले भन्यो।

राजनैतिक पुर्बाह्ग्रह बोकेर आएका व्यक्तिहरुले पार्टीलाई बद्नाम गराउने निश्चित छ र यसले पार्टी सुद्दिकरणलाई झन् थप संकट पार्ने धेरैको आँकलन छ।

७ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको