युवा शक्ति भएको देश कंगाल किन बन्छ?


पोष्टपाटी/किरण बिसी

भारतबाट छुट्टिदा पाकिस्तान संग नगद मौजदात केबल २० करोड मात्र थियो। ४ कोरोड जनता, २० करोड सरकारमा नगद । त्यहि २० करोडले सेना पाल्न पर्ने, त्यहि बिस करोडले सरकारि कर्मचारी, त्यहि बिस करोडले चार करोड जनताको भावना समेटेरे पैतलाको देश शिरमा अड्याऊन पर्ने जिम्मा मोहम्मद अली जिन्हालाइ थियो ।

पाकिस्तान भारत बिभाजन हुदा गान्धिले पाकिस्तानलाइ भारतको रकमबाट नगद दिएको २० करोड स्विकार गर्दै मोहम्मद अली जिन्हाले भनेका थिय “हामिलाइ देश चाहियो, देश भयो भने हामी बाँकी सबै पाऊछौ।

कतिपय सेना प्रहरि र कर्मचारीले पाकिस्तानमा आफ्नो भबिस्य नदेखेर जागिरबाट बाहिर निस्केर भारत तर्फ मोडिएका थिए। पाकिस्तानले पाऊनु पर्ने थप रकम ५० करोड पनि भारतले रोक्का गरेको थियो । यो रकम पाकिस्तान लाइ निशर्त दिनुपर्ने भनेर महात्मा गांधीले भारतको बिरुद्द धेरै लामो अनसन पनि बस्नुपरेको थियो, ‘आज त्यहि पाकिस्तान अणुबम परिक्षण गर्ने विश्वको पहिलो मुस्लिम स्टेट भनेर विश्वमा चिनिन्छ’ ।

देश निर्माण भन्ने कुरा पैसाले कहिलै पनि रोकेन र रोक्दैन भन्ने कुरा यहि इतिहास काफि छ ।

पाकिस्तानको कुरा छोडौ, पाकिस्तानबाट बनेको देश बंगलादेश क्षेत्रफलको हिसाबले नेपालको सबभन्दा नजिकको देश हो। पाकिस्तान बाटै जन्मेको अर्को देश बंगलादेशको कुल क्षेत्रफल १,४७,५७० बर्गकिलोमिटर छ । नेपाल विश्वको १९४औ ठुलो देश हो, भने बंगलादेश विश्वको १९३ नं मा पर्छ ।नेपाल भन्दा सानो अर्थात १९५ औ देश ताजिकस्तानको क्षेत्रफल १,४३,१०० बर्गकिलोमिटर छ ।

२० करोड नगद मात्र बोकेको देशले अणुबम परिक्षण गरिसक्यो, अनि त्यहि देशबाट टुक्रेको चोईटोले विश्वमा नया आयाम ल्यार हाम्रो देश भन्दा अगाडि बढिसक्यो तर हाम्रो देशको स्थिति पुन जहाको त्यहि छ । के यो सरकार, सत्ता र शक्ति संग अन्तरसम्बन्धित छैन र ?

विश्वको ०.३९% जनसंख्या ओगट्ने हाम्रो देश नेपालका ५६ लाख ३४ हजार ७८० अर्थात १९% मान्छे मात्र शहरमा बस्न पाऊनु अहिलेको युगमा लजास्पद डाटा हो । दुइ करोड ९२ लाख भन्दा माथि जनसंख्या भएको देशमा ५६ लाख सम्म मात्र शहरमा बस्न पाऊनु आफैमा एक ऊत्पिडन हो।अशिक्षाको कारण भनौ भने ७५% पुरुष साक्षर छन, ५५.५८% महिला साक्षर छन, नभनौ भने देशले फड्को मार्नुको सट्टा अधोगति तिर पाइला चालिरहेको छ।

युवाको हिसावले नेपाल २२८ देश मध्य, युवा धेरै हुने देश मध्य ७२औ धेरै युवा भएको देश भनेर चिनिन्छ। नेपालमा कुल जनसंख्याको ३०.९% युवा छन । विश्वमा जुन-जुन देशमा युवा धेरै छन ति-ति देश सबभन्दा गरिव भएको तथ्यांकले देखाऊछ । युवा धेरै हुने देश निगिरि (४९.३%), युगान्डा (४८.३%), मलि (४७.३%) सोनालिया, ईथोपिया, साऊथ सुडान, कंगो आदि देश पर्छन।

यो तथ्याकंले भन्न खोजेको देशले युवाको सहि प्रयोजन गर्न नसके देश गरिविमा फस्दोरहेछ भन्ने कुरा नै हो। जस्तै युवा कम भएको देश मोनाको (११.१%), हंकंगं (१२.१%), कतार (१२.६%), जर्मन (१२.८%), सिंगापुर (१२.९%), जापान (१३%), कोरिया (१३%) र स्विजरल्याण्ड, स्पेन, क्यानडा, साइप्रस, रसिया, चिन, डेनमार्क, अस्ट्रेलिया, फ्रान्स, अमेरिकामा १५ % देखि १८% सम्म मात्र युवाहरु छन ।

त्यसकारण युवा जुन-जुन देशमा धेरै हुन्छन, त्यो देशमा बेरोजगारी समस्या पनि धेरै हुने र त्यो समस्यालाइ ब्यबस्थित गर्न नसके पछि देशमा सत्ताको बिरुद्द बिद्रोह हुने र देश सधै लडाइ झगडामा फसेर गरिवी भोगीरहने तथ्याकंले देखाऊछ ।

इतिहासमा जम्बो टोलि मन्त्रिमण्डल गठन गरेर श्रीलंकाका राजपाक्षले गिनिज बुक अफ द वल्ड रेकर्ड राखिसकेका छन । ऊनको मन्त्रिमण्डलमा ५२ जना सदस्य थिय (१७ नोभेम्वर २००५) । नेपालमा पनि देऊवा सरकारले जम्बो मन्त्रिमण्डल गठन गरेर संसार कै नजिक-नजिक पुग्नलाग्दा देशको आन्तरिक धरातल प्रति एक रति जिम्मेदार बनेको देखिएन।

जुन देशमा युवा धेरै हुन्छ, त्यो देशमा बेरोजगारि बढि हुनु र जुन देशमा पार्टी धेरै हुन्छन, त्यो देशमा मन्त्रि धेरै हुनु एऊटै हो। होईन भने भारतमा १३० करोड जनता लाइ ७६ मन्त्रिले लिड गर्न सक्ने तर नेपालमा ३ करोड जनता लागि अर्धसतक मन्त्रि बनाऊनु पर्ने बाध्यता सिर्जना हुन्थेन होला ।

७ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको