पार्वती राइको उखरमाउलो तिज ‘कट्टुमा बुट्टा’ चारै तिर हंगामा {भिडियो}


पोष्टपाटी!

चर्चित डान्सर पार्वती राईले अभिनय गरेको कट्टुमा बुट्टा तिज गित सार्बजनिक भएको छ। बिभिन्न समयमा तिज गित बिषयलाइ लिएर बिबाद हुने गर्छ। यसपाली पनि कट्टुमा बुट्टा भन्ने भल्गर तिज गितलाई सामाजिक संजालमा आलोचना बढेको छ ।

महिला मुक्ति अभियन्तामा जुटेकी सावित्री सुबेदी उर्फ सगरमाथाकि छोरीले उक्त गितको यसरि बिरोध जनाएकी छिन ‘अहिलेको तीजमा कट्टुमा बुट्टा भन्ने गीत सुन्नु होला अनि अर्को तीजमा प्यान्टीमा बुट्टा, अनि अर्को तीजमा हामी त नाङ्गै नाच्ने हो भन्ने गीत ? संस्कृतविदहरु हो केही त बोल ? प्यान्टीमा बुट्टा भन्ने तीजको गीत हुन सक्दैन ? यसरि सामाजिक संजालमा धेरैले बिरोध गरिरहेका छन्।

तिज गीतलाई हिन्दु नारीहरुको पर्वको रुपमा लिए पनि आज भोलिका तिज गितहरुमा बिकृति भेटिन्छन, लैंगिक विभेदबाट मुक्त हुन चाहाने महिलाहरु नै बिकृतिको भण्डारमा अल्झेर केवल पुरुषको खेलौना मात्र भएको लैगिक अभियन्ताहरुको आफ्नो विश्लेषण छ ।

पुरुष होस या महिला सबै खाले बिकृति विसंगतिले समाजलाई असर गर्ने संस्कृति विदहरुको बुझाई रहेको छ ।

आशिष म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गितका निर्माता संकर चालिसे हुन् भने गोपाल नेपाल जीएम र पूर्णकला बिसिको आवाज रहेको गीतमा संकर बिसिको निर्देशन रहेको छ। मोडल पार्वती राइलाई कलाकार नरेस एमसीले साथ् दिएका छन् ।

हेर्नुहोस यस्तो छ भिडियो ।

७ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको