युएईमा क. आजद संग पत्रकार सम्मेलन सम्पन्न


युएइ -नेपाल कम्युनिष्ट पार्टीको प्रबासी संगठन जन प्रगतिशील मोर्चा युएईको चौथो अधिबेशनका लागि युएइ पुगेका अन्तर्राष्ट्रिय ब्युरो अन्तर्गत मध्यपुर्ब इन्चार्ज क. आजाद (टेक बहादुर खत्री) को उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

बिहीबार २१ तारिखको दिन साँझ भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ युएइका पत्रकारहरु र युएईमा  कार्यरत अन्य पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । दुबई स्थित सिन्धपंजाव रेस्टुरेन्टमा भएको कार्यक्रमलाई जन प्रगतिशील मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले संचालन गरेका थिए भने कार्यक्रमको सभापति मोर्चाका बर्तमान अध्यक्ष मनोज काउछा रहेका थिए ।

उपस्थित पत्रकार र कार्यक्रमका प्रमुख अतिथी क.आजाद बिच समसामयिक राजनितीक बिषयमा छलफल भएको थियो ।

राष्ट्रिय स्वाधिन्ता र स्वाभिमानका लागि एकीकृत क्रान्तीको कार्यदिशा भएको स्पष्ट पार्दै दलाल संसदीय ब्यबस्थाका बिरुद्द संघर्ष भैरहेको र अझै घनिभुत बनाउने क. आजादले बताएका थिए ।

प्रकाशित मिति: २०७४ पुष ७ शुक्रबार

७ पुष २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको