लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनता संग’ प्रसारण हुने नेपालकै चर्चित टेलिभिजन न्युज 24 नेपालले आफ्ना कामदार तथा कर्मचारीहरुलाइ श्रम शोणण गरेको खुलासा भएको छ । न्युज 24 मा न्युज प्रोड्युसरको जिम्मेवारी लिएका योगेश कुमार खपाङ्गीले आफुले उक्त टेलिभिजनमा काम गर्दा पाउनु पर्ने तलब नपाएको भन्दै उक्त कुरा खुलासा गरेका हुन ।
योगेशका अनुसार न्युज 24 टेलिभिजनले आफ्नो पारिश्रमिक र बिज्ञापनको जुटाइ दिए बापत आफुले पाउनु पर्ने रु. १ लाख ६० हजार बराबरको रकम नदिएको बताएका छन । उनले करिव २ बर्ष न्यून 24 मा काम गरेको पोष्टपाटीलाइ बताए ।
जनतालाइ न्याय दिलाउन भन्दै दिनरात आफ्नो टेलिभिजनबाट ढ्वाङ्ग फुक्ने तर आफ्नै कामदारहरुलाइ ठगेको भन्दै, जब सम्म कामदारहरुको पारिश्रमिक तलब दिइदैन, तबसम्म त्यस टिभीबाट प्रशारण हुने कोरा न्यायीक कुराले जनतालाई न्याय दिलाउँछ भन्ने कुरामा बिश्वास नगर्ने समेत योगेशले बताएका छन ।
न्युज 24 मा आफ्नो पारिश्रमिक रकम माग्दा दिन्न नभनेको तर एक वर्ष देखि नदिएर बहानामा पन्छ्याइ रहेको छ, अब मैले के गरुँ ? भन्दै सामाजिक सन्जालमा योगेशले न्यायका लागि हारगुहार गरेका छन ।
न्युज २४ बाट परिश्रम रकम नपाएर पीडित बनेका अन्य थुप्रै ब्यक्तिहरु पनि सम्पर्कमा आउँदै गरेको र स-प्रमाण श्रम अदालत जाने समेत पिडित योगेशले बताए । आफुले पाउनु पर्ने पारिश्रमिक रकम कानुन अनुसार एक रुपैयाँ पनि नछोड्ने उनको अडान छ ।
उक्त समस्या बारे न्युज 24 का मालिक अधिश जोसि संग टेलिफोनमा प्रत्यक्ष सम्बाद गर्दा समस्या नभएको भन्दै फाइनन्स डिपार्टमेन्टमा कुरा गर्न अहराए । यसबारे बिस्तृत कुरा गर्न अइक्छा प्रकट गरे ।
हेर्नुहोस टेलिफोनिक भिडियो !
प्रतिक्रिया दिनुहोस