नारा पक्की पुलको, सहारा तुइनको :सभासद तुइनमा तुन्द्रुङ्ग


७ पुस, दार्चुला । राजधानी काठमाडौ भन्दा कोषौ टाढा रहेको दुरदराजको दार्चुला आफ्नै देशबासि भएपनि यस्तो लाग्छ नदिपारिको सौतेलाको देश हो ‘दार्चुलला’ । राज्यले दार्चुला जस्ता विकट क्षेत्रहरुलाइ अझै सौतेलाको नजरले हेर्ने गर्छ । बिकाशका हरेक दृष्टिकोणले ठगिएको दार्चुला आज पनि उस्तै तुइनमा झुन्डी रहेको छ ।

नदिवारिको संसद भवन काठमाडौमा दार्चुलाको तुइन यात्रा निर्मुलीकरणका नाममा पार्टीहरुले आफ्नो राजनीति फस्टाएका छन । दार्चुलाबासिको तुइन यात्रामा पुर्ण बिराम लगाउने बहानामा थुप्रै नेताहरुले भोट लुटे तर अझै तुइनमा लागेन पुर्ण बिराम।

बरु पक्की पुलको नारा लिनेहरु नै अचेल तुइन सहारा लिने भएका छन । तल कलकल बगिरहेको कञ्चन महाकाली नदीले उद्दात्त छालसहित आफ्नो नीलो रंगलाई सेतो बनाउने प्रयास गरिरहेको छ । माथि पटि्ट टाँगिएको एउटा फलामे तारमा टिनको थोत्रो ड्रम झुण्ड्याइएको छ । त्यही ड्रमभित्र बसेर सकसपूर्ण तरिकाले भलाद्मी व्यक्ति नदी तरिरहेका छन् । मानौं उनी एउटा भवसागर पार गरिरहेका छन् ।

यसरी सकसपूर्ण तरिकाले तुइनमा झुण्डिएर महाकाली नदी तर्ने भलादमी व्यक्ति तुइन विस्थापन गर्ने पार्टीकै माननीय हुन् भन्ने सुन्दा अर्को रोचक सरकारी निर्णयको सम्झना हुन्छ तपाई हामी सबैलाई ।

तुइनमा झुण्डिएर महाकाली तरिरहेको यो दृश्य हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता गणेशप्रसाद ठगुन्ना लगायतका माननीयहरुको हो । निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन जाने क्रममा एमाले नेता ठगुन्नासहित प्रदेशसभा क बाट निर्वाचित एमालेका गेल्बुसिंह बोहोरा र ख बाट निर्वाचित नेकपा माअोवादी केन्द्रका मानबहादुर धामी त्यहाँ पुगेका हुन् ।

‘चुनाव जितेपछि व्यास गाउँपालिकाको सुनछेरामा कार्यक्रम गर्न गएका थियौं’ सांसद ठगुन्नाले अनलाइनखबरसँग भने, ‘त्यहीबेला महाकाली नदी गर्न तुइन प्रयोग गरिएको हो ।’

ठगुन्ना एमालेका नवनिर्वाचित सांसद हुन् । उनी अघिल्लो संविधानसभामा पनि दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

हरेक चुनावमा दलहरुले महाकाली नदीमा पक्की पुल बनाउने घोषणा नगरेका पनि होइनन् तर, अहिलेसम्म दुहूँबासी दुःख गएको छैन । सँगै माननीयहरु पनि अहिलेसम्म तुइनमै तुन्द्रुङ्ग झुण्डिएर नदी वारि-पारि गर्न बाध्य छन् ।

ठगुन्नाकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापित गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

दार्चुलाको सदरमुकाम खलंगा आउन व्यास र दुहू गाउँपालिकाका स्थानीयहरु तुईनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तुइन प्रयोग नगर्ने हो भने सदरमुकाम पुग्न एक दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ ।

सांसद गठन्ना भन्छन्, ‘पुल बनाउन नेपालले बजेट पनि छुट्याएर ठेक्कामा पनि लगाएको छ । तर, भन्सार, सुरक्षाका कारण देखाएर भारतीय पक्षले काम गरेको छैन ।’

व्याँस गाउँपालिका अन्तरगत महाकाली नदीमाथि अझैसम्म ८ वटा तुइन छन् । जिल्लाभरमा हालसम्म नेपाल भारत जोड्ने ४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् भने एउटा पुल निर्माणधीन छ ।

पुल नभएका ठाउँमा जोखिम मोलेरै तुइन तर्नुको विकल्प छैन । त्यही तुइन पनि बेलाबेला भारतीय सीमा सुरक्षा बलले काटिदिने गरेकाले समस्यामा परेको सम्पाल मावि सुन्सेराका शिक्षक देवसिंह धामी बताउँछन् ।

तुइनको प्रशंगमा कुराकानी गर्ने क्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नाले महाकाली करिडोर अन्तरगत दार्चुला-टिंकर सडकखण्डको निर्माणका लागि पहल गर्ने बताए ।

एमाले अध्यक्ष केपी ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा तुइन विस्थापनको निर्णय कार्यान्वयन भएन र माननीयज्यूहरु नै यसरी झण्डिएको देख्न बाध्य भइयो । तर, अब दोस्रो कार्यकालपछि चाहिँ एक्काइशौं शताब्दीका सांसदहरु यसरी धरोमा झुण्डिएको देख्नु नपर्ला कि ?

 

७ पुष २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको