चुनावको चर्चा र विप्लवको विकल्प


पुरुषोतम लम्साल

चुनावको याममा चुनावकै कुरा गरम् । अघोषित – अघोषित, नैतिक – अनैतिक जे भए पनि गठबन्धनहरु बनेकै छन् । व्यवहारमा नभए पनि साम्यवादी आदर्शको पक्षपोषण गर्नपर्छ भन्ने दलहरुको बामगठबन्धन छ । अर्को चाँहि गठबन्धनलाई मात्र लोकतन्त्रवादी र बाँकि सबै अधिनायकवादी देख्ने लोकतान्त्रिक गठबन्धन छ । अतः व्यवहारमै दुबै गठबन्धन असीमित विरोधाभासको भासमा जाकिएका छन् । त्यता नजाम् । सबैले आफूले आफूलाई ठीक मान्न र ठान्न पाउनु नै लोकतन्त्रको सौन्दर्य होला भनेर चित्त बुझाम् । मधेशमा प्रभावी देखिएका दुई दल यी दुई गठबन्धनका लागि सहायक ‘पेण्डुलम’ मात्र भन्दा अन्यथा हुँदैन । खासमा आफ्नै दलीय स्वार्थ नै किटानी गर्न नसकेको राजपाबारे उनीहरु नै अन्यौलमा भइरहेको बेला टिप्पणी गर्नु सान्दर्भिक हुँदैन । चतुर तर समझदार राजनीतिक दलको दिशामा बढिरहेको उपेन्द्र यादव नेतृत्वको फोरम पनि राष्ट्रिय दल बन्ने दौडमा छ ।

हामीले मान्दै आएको व्यवस्थाको, त्यो व्यवस्थाको राजनीतिक प्रकृतिको अर्थात् हाम्रो शासनको, हाम्रा अथवा हामीले मानिआएका शाषकहरुको र ती शाषकहरुका सारथीहरुको, सारथीका सहयोगीहरुको, सहयोगीका समर्थकहरुको, समर्थकका शुभेच्छुकहरु सबैको स्वभाव चुनावको बेलामा यस्तै हुनेरहेछ भन्ने विषय सार्वभौम सत्य भइसकेको छ ।

राजनीतिमा सत्ता नै अन्तिम सत्य हो । र, संसदीय व्यवस्थामा चुनाव नै सत्तामा जाने अन्तिम विकल्प हो । र, त्यसका लागि साम, दाम, दण्ड र भेदका अनेक विधि औ तरिका छन्, हुन्छन् । अतः राजनीतिमा तिनको प्रयोग सर्वथा जायज हुन्छ भनेर हामीले इतिहास र पुराणहरुदेखि नै श्रवण गर्दै आइरहेका हौं । अब कसले कसको बारेमा के भन्यो, के आरोप लगायो, के भ्रम बाँड्यो, के जिप्ट्यायो र के निप्ट्यायो भनेर बहस नगरौं । किनकि, हामीले मान्दै आएको व्यवस्थाको, त्यो व्यवस्थाको राजनीतिक प्रकृतिको अर्थात् हाम्रो शासनको, हाम्रा अथवा हामीले मानिआएका शाषकहरुको र ती शाषकहरुका सारथीहरुको, सारथीका सहयोगीहरुको, सहयोगीका समर्थकहरुको, समर्थकका शुभेच्छुकहरु सबैको स्वभाव चुनावको बेलामा यस्तै हुनेरहेछ भन्ने विषय सार्वभौम सत्य भइसकेको छ । किनकि हामीले बाँचिरहेको भोगिरहेको व्यवस्थाको स्वभाव र चरित्र नै यस्तै रहेछ भन्न हामी अभ्यस्त भइसकेका छौं ।

आफूलार्इृ यो व्यवस्थाविरुद्ध उभिएको छु भन्ने दावी गर्दै आइरहेको अर्को पक्ष पनि छ । त्यसको नाम नेपाल कम्युनिष्ट पार्टी हो । त्यसको नेतृत्व नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । विप्लव खासमा १० वर्षको माओवादी जनयुद्धको पहिलो ब्याचकै लडाकू हुन् । विद्यार्थीवयमा छँदा पच्चिस वर्षको उमेरमै नेपालमा शसस्त्र विद्रोह वा युद्ध आवश्यक छ भनेर हुत्तिने तिनै विप्लव पछि कमाण्डर भए । उनलाई तात्कालीन नेकपा माओवादीको दोस्रो पुस्ताको प्रभावशाली युवा नेता मानिन्थ्यो । भर्खर ५० वर्षको उमेरमा हिडिरहेकाले उनलाई युवा भन्दा अनर्थ नहोला । माओवादीसँग फुटेर बैद्यतिर लागे । बैद्यसँग पनि सम्बन्धविच्छेद गरेर आफ्नै नेतृत्वमा पार्टी चलाउन थालेपछि राष्ट्रिय राजनीतिको एउटा कुनामा उनी र उनको दल पनि सदाबहार बहसको विषय बनिरहेको छ । बैचारिक बहसमा आएर छाउन नसके पनि विप्लवले ‘एकीकृत जनक्रान्ति’को फुँदा झुण्ड्याएर राजनीति गरिरहेका छन् । र, सकेसम्म शान्तिपूर्ण नत्र हिंसक नै सही जनयुद्धको निरन्तरतासहितको क्रान्ति गर्ने र त्यसले नै व्यवस्था उल्ट्याइदिने उनी नेतृत्वको पार्टीको घोषित कार्यक्रम छ ।

तर ‘शान्ति सम्झौता केही नेताहरुको स्वार्थमा भएको धोका हो’ भन्ने कुरा आज होइन ११ वर्षअगाडि नै बोल्ने नेतामा पर्छन नेत्रविक्रम चन्द भन्ने मेरो ठम्याइ हो जो आजको दिनसम्म पनि त्यसैमा टिकिरहेका छन् र त्यही धारणालाई मार्गनिर्देश बनाएर आसन्न निर्वाचन खारेज गरिएको भन्दै व्यवस्थाविरुद्ध विद्रोहको मशाल बाल्न आतुर देखिएका छन् ।

हिजो मात्र अर्थात् मंसिर ५ गते हामीले विस्तृत शान्ति सम्झौताको वर्षगाँठ मनायौं । मलाई सम्झना छ, काठमाण्डौमा नयाँ टेलिभिजनको तयारी हुँदै गर्दा शान्ति सम्झौताका शीर्ष अनुहारहरुको भीडमा असन्तुष्टहरुको पनि शीर्ष अनुहार थियो । त्यो अनुहारमा सबैभन्दा चहकिलो नेत्रविक्रम चन्दा विप्लवको अनुहार थियो । सिद्धान्ततः शान्ति अभियानको पक्षमा भएकाले असन्तुष्टहरुको बोलीले ठाउँ पाएन तर ‘शान्ति सम्झौता केही नेताहरुको स्वार्थमा भएको धोका हो’ भन्ने कुरा आज होइन ११ वर्षअगाडि नै बोल्ने नेतामा पर्छन नेत्रविक्रम चन्द भन्ने मेरो ठम्याइ हो जो आजको दिनसम्म पनि त्यसैमा टिकिरहेका छन् र त्यही धारणालाई मार्गनिर्देश बनाएर आसन्न निर्वाचन खारेज गरिएको भन्दै व्यवस्थाविरुद्ध विद्रोहको मशाल बाल्न आतुर देखिएका छन् ।

बैचारिक र सैद्धान्तिक धरातलको निर्माण र हाम्रा सामाजिक अवयवहरुको संश्लेषण गर्ने सवालमा को कति पानीमा छन् भनेर देखिएकै छ, त्यता नजाम् । तर, आफ्नो ‘अजेण्डा’ जबरर्जस्त स्थापित गर्न नेपाल कम्युनिष्ट पार्टीका लागि यो चुनाव सबैभन्दा ठूलो अवसर हो भनेर बुझ्दा अनर्थ हुँदैन ।

राजनीतिक बलको रुपमा आफूलाई देखाउन पनि अहिले नेपाल कम्युनिष्ट पार्टी दवावमा छ । स्थापनादेखि नै ‘आवश्यकताअनुसार कुनै पनि बेला शसस्त्र संघर्षमा जाने’ मानसिकता बनाएर देशव्यापी संगठन बनाउने अभियानमा लागेको थियो यो दल । र, तात्कालीन नेकपा माओवादीबाट उछिट्टिएर बनेको ‘ड्यास’ माओवादी र त्यसबाट पनि उछिट्टिएका कार्यकर्तालाई संगठित गर्दै यसले आफ्नो आकार लिएर हो । त्यसैले यो दलमा लडाकू स्वभावमा कार्यकर्ताको बाहूल्य छ भन्ने आम बुझाई छ । बैचारिक र सैद्धान्तिक धरातलको निर्माण र हाम्रा सामाजिक अवयवहरुको संश्लेषण गर्ने सवालमा को कति पानीमा छन् भनेर देखिएकै छ, त्यता नजाम् । तर, आफ्नो ‘अजेण्डा’ जबरर्जस्त स्थापित गर्न नेपाल कम्युनिष्ट पार्टीका लागि यो चुनाव सबैभन्दा ठूलो अवसर हो भनेर बुझ्दा अनर्थ हुँदैन ।

नेपाल सरकारका केही तलबी कर्मचारी कात्तिक २४ गतेदेखि नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ताकत देखाउन थालेको मूल्यांकन गरिरहेका छन् । त्यो अड्कल रुकुम जिल्लामा जनार्दन शर्मामाथि भएको आक्रमणमा जोडिएको थियो । लगत्तै विप्लवकै समवयी तर भूतपूर्व पार्टीका प्रतिद्वन्दी वर्षमान पुन निशानामा परे । पुन तीनपटक निशानामा परे र बालबाल बाँचे । नुवाकोटमा कांग्रेस नेता रामशरण महत पनि झण्डै बमसँगै उडेनन् ।  रोल्पामा अमरसिंह पुन, भोजपुरमा शेरधन राई, संखुवासभामा राजेन्द्र गौतम, म्याग्दीमा गम्भीर खर्बुजादेखि गोरखामा नारायणकाजी श्रेष्ठ र तनहुँमा रामचन्द्र पौडेल समेत आक्रमणको निशानामा परे। पछिल्लो दुई दिनमा पूर्व सभामुख सुवास नेम्वांग पनि निशानामा परे, बाग्लुंगमा राज्यमन्त्री चम्पादेवी खडका र पर्सामा एमाले उमेदवार रामचन्द्र शाहको घरमा भएको बम विस्फोट यसकै निरन्तरता हुन्, ।

प्रहरी प्रधान कार्यालयले विप्लव खोज्न टोली त खटाएको छ तर सम्भावित भीडन्तको स्थिति निर्वाचनको वातावरणसमेतलाई धमिल्याउन पर्याप्त हुन्छ भनेर चाँहि भन्न सकेको छैन । सुरक्षा अंगलाई यही चेपुवामा राख्नु तात्कालका लागि विप्लव नेतृत्वको पार्टीको सफलता हो ।

सबैको अनुमान छ, छापामार शैलीमा यी सब कृत्य नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकै हो । तर उक्त दलले अहिलेसम्म घटनाको जिम्मेवारी लिने चलन बसालेको देखिन्न । यसैले सरकारको सुरक्षा रणनीतिले पनि गति लिन सकेन । केही दिनअघि नेपाली सेना र गृहसचिवले निर्वाचनविरोधी तत्व सक्रिय रहेको र चुनावमा सुरक्षा संवेदनशीलता बढेको बताए पनि त्यो तत्वको किटान गरेका थिएनन् । मतदान हुन एक हप्ता बाँकि हुँदा पनि सरकार र यसका सुरक्षा अंग तमासे बनेर बसिरह्यो । अर्थात् बम पड्किएपछि प्रहरीले मुचुल्का उठाउने र फर्किएर मुचुल्काको पोको धमिराले खाने गरी दराजमाथि थन्क्याइदिने । बल्ल प्रधानमन्त्रीले सुरक्षा गम्भीरताको अनुमान लगाए र सुरक्षा अधिकारीहरुको वैठकमा आदेश दिए यो सब नेपाल कम्यूनिष्ट पार्टीको संलग्नतामा भएकाले त्यस पार्टीको नेतृत्व तहविरुद्ध पनि कठोर हुनु । निर्वाचन सुरक्षाको अन्तिम घेरा भनिएको नेपाली सेनाले चाँहि आवश्यक परे अन्तिम शक्तिको रुपमा परिचालित हुने बताएर निर्वाचन सुरक्षामा भूमिका बढाउने संकेत दिएको छ । तर, सेनाले अन्तिम शक्ति प्रयोग गर्दा निर्वाचनविरोधी घोषित अघोषित शक्तिले लिने लाभको चुनौती उत्तिकै छ । प्रहरी प्रधान कार्यालयले विप्लव खोज्न टोली त खटाएको छ तर सम्भावित भीडन्तको स्थिति निर्वाचनको वातावरणसमेतलाई धमिल्याउन पर्याप्त हुन्छ भनेर चाँहि भन्न सकेको छैन । सुरक्षा अंगलाई यही चेपुवामा राख्नु तात्कालका लागि विप्लव नेतृत्वको पार्टीको सफलता हो ।

भाषण र आन्तरिक पार्टी ‘सर्कुलर’हरुमा पुँजीपति, नोकरशाह, दलाल नोकरशाह, मध्यमार्गी अवसरवाद, पटकपटक दोहोर्याउँदैमा क्रान्ति हुने भए मोहन बैद्यले सबैभन्दा धेरैपटक क्रान्ति गरिसकेका हुन्थे ।

अमेरिकाले भारतलाई दलाल बनाएको र भारतले नेपाललाई दलाल बनाएको भन्दैमा क्रान्ति त पक्कै हुँदैन होला । यही भन्दाभन्दै नारायणमान विझुक्छेले उमेरको आठ दशकको छेकोमा ‘म कुनैमा बस्छु’ भनेको यथार्थ हामी सामू छ । अर्थात् विप्लवको एकीकृत क्रान्तिको दीर्घकालीन र तात्कालीन ‘फरम्याट’ स्पष्ट भइसकेको छैन । पार्टीभित्रका मान्छे आन्तरिक ‘सर्कुलर’लाई नै क्रान्तिको ‘फरम्याट’ मान्छन् । भाषण र आन्तरिक पार्टी ‘सर्कुलर’हरुमा पुँजीपति, नोकरशाह, दलाल नोकरशाह, मध्यमार्गी अवसरवाद, पटकपटक दोहोर्याउँदैमा क्रान्ति हुने भए मोहन बैद्यले सबैभन्दा धेरैपटक क्रान्ति गरिसकेका हुन्थे । ‘यस्तै यस्तै रहेछ राजनीति’ भनेर कुना पसुन्जेलसम्म ‘पोलिटिकल जार्गन’को व्याव्या गर्दा क्रान्ति नै दूला पसेको हेर्नपर्ने बैद्यको नियति नेपाल कम्युनिष्ट पार्टीले नबुझेको त पक्कै होइन होला भन्ने अनुमान हो । अर्थात् घटनाप्रधान हुने कि मुद्दा प्रधान हुने ? विचारप्रधान मुद्दामा बहसको वातावरण बनाउने कि घटनाप्रधान मुद्दालाई सहायक बनाउँदै बहस उत्पन्न गर्ने ? यो प्रश्न निर्वाचनअघि र पछि पनि नेत्रविक्रम चन्द विप्लवलाई सोध्न सकिन्छ । सोधौं ।

२०७४ मंसिर ६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको