नेपाल आइडलले संसारभर रहेका करोडौ फ्यानहरुलाई कतारबाट फेरी ढाँट्यो


आज कतारमा हुने नेपाल आइडलको ग्रान्ड फिनालेको लाइभ टिभी तथा नेपाल आइडलको आफ्नो आधिकारिक युटुब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्न नसके पछी संसार भर रहेका करोडौं फ्यानहरु चर्को आलोचनामा उत्रिएका छन्।

नेपाल आइडल हेर्न निकै बेर कुरेर बसेका फ्यानहरुलाइ कतारबाट ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण नभए पछी दर्शकहरु निकै रुस्ट भएका छन् । आफ्ना फ्यानहरु फाइनलको परिणाम हेर्न ब्यग्र प्रतिक्षामा रहेको बेला शोको प्रत्यक्ष प्रसारण नेपाल आइडलले देखाउन नसकदा स्रोताहरु एपी वान प्रति चिडीन थालेका छन् ।

नेपाल आइडलको आफ्नो आधिकारीक  युटुब च्यानलले ‘प्राबिधिक समस्याका कारण नेपाल आइडलको ग्रान्ड फिनाले केहि समय पछी प्रसारण गरिनेछ, यसबाट हाम्रा शुबेक्छुक एबं दर्शकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ’ साथै हामी प्रयासरत छौ’ भन्दै माफी मागेको बहानामा दर्शकहरुलाई ढाँटेको छ ।

तर कतारको कार्यक्रम भने संचालन भैरहेको र विभिन्न संचार माध्यम तथा फेसबुकहरुबाट प्रत्यक्ष प्रसारण भै रहेको अनौपचारिक दृश्यहरु देखि रहेका छन । अन्तर्राष्ट्रिय स्तरको शो नेपाल आइडललाइ विभिन्न बिबादका कारण ग्राण्ड फिनाले सम्म आइ पुग्दा अत्याधिक रुचाइएको शो पनि हो ।

ग्राण्ड फिनाले जस्तो महत्वपूर्ण शोमा एपिवान टेलिभिजनले प्राबिधिक पक्षको बनावटी त्रुटीले यति ठुलो शो को स्तरमाथि गम्भीर प्रश्न उठाएको छ । यति ठुलो शोको प्राविधिक ब्यबस्थापन गर्न नसक्नु वा कमजोरी भयो भन्नु यो भन्दा ठुलो हास्यास्पद तथा लज्जा अरु केहि हुन सक्दैन ।

विभिन्न बहानामा दर्शकहरुलाई लुट्ने गरेको आरोप खेपिरहेको नेपाल आइडलले अन्तम आफ्नो फाइनल संसारभर रहेका दर्शकहरुलाई अनलाइन प्रत्यक्ष प्रसारणबाट देखाउन नसक्नु गम्भीर त्रुटी गरेको छ ।

उक्त त्रुटीलाई कसी बनाएर स्रोताहरु पुनः अदालतको ढोका ढक ढक्याउन पुग्ने बलियो सम्भावना देखिन्छ र नेपाल आइडल तथा एपिवान टेलिभिजनले यसको मूल्य नराम्रो संग चुकाउनु पर्ने हुन सक्छ।

२०७४ आश्विन ६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको