कराडौं ठगिको आरोपमा एन्फाका पुर्व महासचिव लोकबहादुर शाही पक्राउ परेका छन् ।
नेपाल आइस हक्की संघका अध्यक्ष समेत रहेका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढि ठगी गरेको आरोप छ ।
क्यानडा लगायतका देश पठाइदिने भन्दै शाहीले विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढि रकम ठगेको उजुरीका आधारमा पक्राउ गरिएको महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए ।
शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक समेत हुन् ।
उज्यालो नेपाल अभियानबाट चर्चा बटुलेका जनार्दन शर्मा प्रभाकर गृहमन्त्रीको जिम्मेवारी सम्हाले पछि पहिलो निशानामा कराडौं ठगी आरोपमा एन्फाका पुर्व महासचिव शाही परेकाछन !
प्रभाकरले जिम्मेवारी सम्हाले लगत्तै भ्रस्टाचार तथा ठग मुक्त अधियान चलाउने घोषना गरेका थिए! उनको यो कार्यलाइ धेरैले बधाइ तथा स्वागत गरेका छन र जनार्दन शर्मा उर्फ प्रभाकरको यो कार्यले नागरिकहरुले मनमा पुनः भरोसा जगाएको छ!
प्रतिक्रिया दिनुहोस