एजेन्सी !
थाइल्यान्डकी एक छात्राले आफूले छातीमा बनाएको टाटु हटाउन खोज्दा पहिलेको तुलनामा भयभीत हुनुपर्ने खतको सामना गर्नुपरेको छ ।
२१ वर्षीया पसुदा रिअबले छातीमा केही समयअघि गुलाफको फूललाई हारका रूपमा टाटु खोपाएकी थिइन् । केही समयपछि नै उनलाई उक्त टाटु राम्रो लाग्न छाड्यो ।
त्यसपछि उनले उक्त टाटु हटाउने निर्णय गरिन्, जसका लागि उनले रसायन प्रविधिलाई अँगालिन् । उनको यो निर्णय टाटु भएको भन्दा नभएको अवस्थामा झन् भयावह हुन पुग्यो । रसायनको प्रयोगले हुने पीडालाई उनी वर्णन गर्न सक्दिनन् ।
उनि यति मात्र भन्छिन्, १० रात त पोलेर सुत्नै सकिनँ । अहिले ऐनामा हेर्दा मेरो छाती पहिलेको तुलनामा झनै भयावह देखिन्छ । उनले आफूले भोगेको जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर पहिलेको टाटु र रसायनिक उपायपछिको दृश्यलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।
उनी चाहन्छिन्, टाटु बनाउनुअघि धेरै सोचेर मात्र बनाउनुहोला । पछि हटाउँदा मैले रोजेजस्तो उपाय कहिल्यै नरोज्नुहोला । नत्र मेरो जस्तै हालत हुनेछ ।
प्रतिक्रिया दिनुहोस