रोनाल्डोले पूरा गरे १० वर्षे बालिकाको सपना


असार ८ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको बालबालिकाप्रतिको आफ्नो लगाव उच्च छ । रोनाल्डो अहिले फिफा कनफेडेरेशन कप फुटबलका लागि रुसमा छन् । रोनाल्डोको गोलको मद्दतमा बुधबार राति भएको खेलमा पोर्चुगलले रुसलाई १–० ले हरायो । यो खेलमा रोनाल्डो मैदानमा ह्वीलचियरमा रहेकी १० वर्षकी बालिकासँग छिरेका थिए । रोनाल्डोकी फ्यान पोलिना हाइरेडिनोभाको सपना त्यसबेला पूरा भयो, जब मैदानबाट छुट्टिने बेलामा रोनाल्डोले उनलाई चुम्बन गरे ।

पोलिनालाई अंगालो मारेर चुम्बन गरेपछि रोनाल्डोले आफूले प्रशिक्षणको क्रममा लगाएको जर्सी पनि दिए । त्यसपछि पोलिनाले रोनाल्डो निकै राम्रो रहेको र आफू उनको मायाबाट खुशी रहेको बताइन् । 

 

२०७४ असार ८,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको