रोल्पा सुकिदहका वडाअध्यक्ष फरार :जग्गा कारोबारमा मुछिएको स्थानीयको आरोप


रोल्पा, ६ पुस । सुकिदह गाउँपालिका २ नं. वडाअध्यक्ष भुपाल दमाई सम्पर्क बिहिन भएका छन । केहिदिन अघि गाउँपालिको केन्द्र र नाम परिवर्तनका लागि प्रस्ताब गरि गाउँसभाबाट पास बनाए लगतै उनी सम्पर्कमा छैनन ।

गत मंसिर २९ गते देखि वडाअध्यक्ष दमाई सम्पर्कमा नआएको स्थानीय उमेशकुमार घर्तीले जानकारी दिए । उनी सम्पर्क बिहिन भएपछि, सेवाग्राही भने मर्कामा परेका छन । दमाई बेपत्ता भएपछि स्थानीयले कार्यालयमा तालाबन्दी गरे । वडा कार्यालयबाट दिने सेवासुबिधामा, उनको हस्ताक्षर र कार्यालयमा ताला लागेपछि सिफरिस लिन आएका वडाबासीहरु केहि दिन देखि कार्यायल परिसर आउने र फर्कने काम भैरहेको कार्यालय श्रोतले बतायो ।

उनको प्रस्ताबमा सुकिदह गाउँपालिको केन्द्र परिवर्तन गरि आफ्नै घर नजिक सारेपछि उनी हाल सम्म सम्पर्कमा नभएको स्थानीयहरुको आरोप छ ।

सुकिदहका जनप्रतिनिधिहरु, गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती, वडाअध्यक्ष राम बहादुर वली, भुपाल दमाई मिलेर, जग्गाको ब्यापार गर्नका लागि केन्द्र परिवर्तन गरेको सुखाओढारका एक स्थानीयले बताए । “वडाअध्यक्ष कहाँ हुनुुहन्छ भन्ने हामीलाई थाहा छैन । यहाँ आएर वडाबासीले हाम्रो हैरान बनाए” कार्यालयका एक कर्माचारीले भने ।

स्रोतका अनुसार केन्द्र सार्ने निर्णय गर्नु भन्दा अगाडि नै सुकिदह दुई नम्बर वडाको वडा अध्यक्ष भुपाल परियारले सान डाँडाका मोहन सिङ घर्तिको जग्गा रु ७५ हजारमा खरिद गरि आफ्नो नाममासारी, हाल रु. आठ लाखको मासा हाली सुकिदह गाउँपालिकालाई बिक्रि गरेको खुल्न आएको छ ।

उक्त सानडाँडा भन्ने ठाउमा सुकिदह गाउँपालिकाको केन्द्र बनाइ करोडौं कमाउने दाउमा रहेका भुपालसंग प्रमुख बिर बहादुर, उप प्रमुख रिता घर्ति, वडाअध्यक्ष राम बहादुर वलीको व्यापारिक मिलेमतो रहेको स्रोतको दावी छ ।

बिस्तृत जानकारी आउन अझै बाँकी छ ….. खबर फलोअपमा रहनु होला ।

***************

यसै संग संबन्धित यो समाचार पनि पढ्नुहोस् 

रोल्पामा प्रमुखले आफ्नै श्रीमतिको नाममा गाउँपालिकाको नाम फेर्दै, स्थानीयहरु बिरोधमा उत्रिए

(पोष्टपाटीमा मङ्सिर २९ गते प्रकाशित समाचार)

स्थानीय सरकार गठनपछि अन्य गाउँपालिका तथा नगरपालिकाहरु आफ्नो क्षेत्रलाई कसरी बिकास गराउने भन्ने बैज्ञानिक योजना तर्जुमामा जुटि रहेका बेला यता सुकिदह गाउँपालिकाका जनप्रतिनिधिहरु भने अझै गाउँपालिको केन्द्र निर्धारण र पुनः नामाकरण गर्ने नाममा फेरि विवाद निम्त्याएका छन ।

गाउँपालिका केन्द्र तोक्ने र नामाकरण गर्ने जस्ता साम्य भएका संबेदनसिल मुद्दाहरूलाई पुन ब्युताएर नागरिकहरु बिच अन्तरबिरोध निम्त्याउने कार्यमा जन प्रतिनिधिहरु मुच्छिएका छन ।

रोल्पा सुकिदहका जनप्रतिनिधिको दादागिरीले स्थानीयको भावनाबिपरित गाउँपालिका केन्द्र र नाम परिवर्तन गर्न खोजिएको आरोप लगाएका छन ।

सुकिदह गाउँपालिको गाउँसभाले गाउँपालिको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । त्यो पनि गाउँपालिका प्रमुख वीर बहादुर केसीले आफ्नी सहिद पत्निको नाममा गाउँपालिकाको नाम फेर्ने एकोहोरो हाकिमी शैली प्रयोग गरेका छन।

गाउँपालिका प्रमुखको एकतन्त्रीय शैलीले धेरैलाइ प्रभाब पारेको स्थानियहरु बताउने गर्छन । उनको दादागिरी शैलीगत समस्यालाई आफ्नै माओबादी केन्द्रका क्याडरहरु समस्याका रुपमा स्वयम स्वीकार गर्छन।

गंगा गाउँपालिका अध्यक्ष बिर बहादुर केसीकी श्रीमती हुन भने देबराज जनमुक्ति सेनामा थिए ।

सुक्रबार सुखाओढारमा बसेको सभाबाट सहिद गंगा वली र देबराज वलीको नामबाट गाउँपालिको नाम गंगादेब राख्ने र केन्द्र सानडाँडा राख्ने निर्णय गरेको ४ नं. वडा अध्यक्ष राम बहादुर वलीले बताए ।

उक्त निर्णय बिरुद आन्दोलन गाउँपालिको नाम र केन्द्र फेर्ने निर्णय गलत भएको भन्दै संर्घष समिति गठन गरिएको छ । जिनाबाङका दिपेन्द्र बहादुर डाँगी संयोजक रहेको समिति गठन गरेको रोशनकुमार वलीले जानकारी दिए ।

समितिले गाउँपालिको निर्णय सच्चाउन ज्ञापन पत्र समेत बुझाएको छ । सुकिदहबासीको जनमतको कदर गदै गलत निर्णय तत्काल सच्चाउनु पर्ने संयोजक डाँगीले बताए । जनताको आवाज बिरुद गए कडा आन्दोलन गर्ने समेत उनले जनाए ।

६ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको