पहिचानको मुद्दा छोडेर पैसाको मुद्दामा लागे क. ‘प्रचण्ड’- खकेन्द्र संग्रौला (भिडियो)


६ पुष २०७४, नेपालका चर्चित बामपन्थी लेखक खकेन्द्र संग्रौलाले पछिल्लो राजनीतिक घटना क्रममा उदाएको बाम गठबन्धन र उक्त गठबन्धनले ल्याएको मत परिणाम बारे चमत्कारिक भन्दै आश्चर्य व्यक्त गरेका छन् । पार्टीका दुई हस्तीहरु केपी र प्रचण्डको आदेशमा समग्र पार्टी संयन्त्र र कार्यकर्ताहरु भेडाको बगाल जस्तो लाइन लागेर चुनावमा होम्मिएको देख्दा उनि छक्क परेका छन् ।

‘बामपन्थीहरु बढो नाटकीय ढंगले पत्याउनै नसक्ने गरि, कुन ग्रहको कुन चमत्कारले उनीहरुको यो गठबन्धन बन्यो’, भन्ने आश्चर्य व्यक्त गरे । संग्रौलालाई लागेको थिएन कि ? चुनावी गठबन्धनबाट सत्ता र पदका लागि तालमेल गरेका वामपन्थीहरु चुनावमा यसरि एक आर्का प्रति राजनीतिक मायाप्रेममा आकर्सित हुन्छन र एकताको लगन गाँठोमा बाँधिने छन् भनेर। जबकि चुनावको अघिल्लो दिन सम्म यी दुई कम्युनिष्ट पार्टी कुकुर र बिरालो जस्तो थिए, एकले अर्काको अनुहारमा थुकेर अनुहार बिरूप बनाएका थिए, यो संग्रौलाको आफ्नै भनाई हो ।

सीमान्तकृत जनताको समानता र प्रतिष्ठाको हक र पहिचान खोसिएकाहरुको पहिचानको हक स्थापित गर्ने मूल मुद्दाहरु उठाउने प्रचण्डले नै मुद्दाहरु सर्लक छोडे, अब माओबादी संग राजनीतिक मुद्दा केहि पनि छैन। उ संग जम्मा मुद्दा के छ त भन्दा पैसो छ । आर्थिक बिकास र बृद्दीले सीमान्तकृत तथा जनजातिहरुको अपहरित पहिचान फिर्ता नहुने बताउदै उनले भने आर्थिक बृद्दी तथा पैसाको मुद्दा बिनोद चौधरीलाई लाभ हुनेछ।

बामपन्थीलाई जनताले दिएको भोटको नतिजा बारे सोधिएको प्रश्नमा, उनको जवाफ थियो ‘नेपाली जनताले कसै प्रति नकारात्मक प्रतिक्रिया दिदाखेरि रिस पोख्न भोट दिएका छन, तर जसलाई भोट दिएको छ त्यो असल नै हो, बिकाश गर्छ भनेर भोट दिएका होइनन । उनीले बिस्तृतमा भने, ‘हिजो देखि अहिले सम्म सासन गर्दा खराब गरेकोले, बाचा पुरा नगरेकोले, ठगेकोले र भ्रस्टाचार गरेकोले रिस फेर्न त्यहाँ भोट दिएका छन । यहाँ कांग्रेस प्रतिको प्रतिशोध फेर्न बामपन्थीहरुलाई भोट हालेका हुन् ।

लेखक संग्रौलाले यहि बिरासतलाई थप विश्लेषण गर्दै भन्छन, यिनै जनताले हिजो सान्तिकालमा आएको माओवादीलाई बोकेर अत्याधिक भोट हालेर सगरमाथामा पुर्याएकै हुन् । यिनै जनताले फेरी माओबादीलाई सगरमाथाको टुप्पोबाट खसाएर फेदीमा पुर्याएकै हुन् । त्यही  हालत अहिले कांग्रेसले बेहोरेको छ र भोलि एमाले लगाएतका वामपन्थीहरुले जनताको मतको कदर गर्न सकेनन भने यहि हालत बेहोर्ने निश्चित छ ।

दुई पार्टीको एकताको आधारका लागि सैदान्तिक र बर्गीय आधार केहि पनि छैन, यो एकताको बिषय दुइ नेताको मनोगत महत्वकांक्ष बाट भएको संग्रौलाले बताए ।

सीमान्तकृत जनताको समानता र प्रतिष्ठाको हक र पहिचान खोसिएकाहरुको पहिचानको हक स्थापित गर्ने मूल मुद्दाहरु उठाउने प्रचण्डले नै मुद्दाहरु सर्लक छोडे, अब माओबादी संग राजनीतिक मुद्दा केहि पनि छैन। उ संग जम्मा मुद्दा के छ त भन्दा पैसो छ । आर्थिक बिकास र बृद्दीले सीमान्तकृत तथा जनजातिहरुको अपहरित पहिचान फिर्ता नहुने बताउदै उनले भने आर्थिक बृद्दी तथा पैसाको मुद्दा बिनोद चौधरीलाई लाभ हुने बताए ।

हेर्नुहोस नेपाल खबरमा उनको अन्तर्वार्ता:

 

६ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको