रौतहटको मौलापुरकी रिनाकुमारी साह प्रदेश नम्बर २ मा निर्वाचित पहिलो महिला मेयर बनेकी छन्। रिना माअोवादीकालको जनयुद्धमा सहभागी थिईन् ।
उनी शहरी विकास मन्त्री प्रभु साहकी श्रीमती हुन् ।
नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर उम्मेदवार बनेकी साहले ३९१२ मत पाएकी छन्। मुख्य निर्वाचन अधिकृत वीरेन्द्रबहादुर केसीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले १५२९ मत पाएका छन्।
मौलापुरको उपमेयर माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवाल विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस