नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यसहित दर्जनौं विद्यार्थी माओवादी केन्द्रमा


काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति पार्टी, निकट भातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियन लगायत विभिन्न भातृ संगठनका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रममा नयाँ शक्ति विद्यार्थी युनियनकी संस्थापक संयोजक ओमकुमारी पौडेलसहिको टोली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छन् ।

माओवादी प्रवेश गर्नेमा नयाँ शक्ति विद्यार्थी युनियनका स्ववियु विभाग प्रमुख युवराज दाहाल, विद्यार्थी युनियनमा प्रदेश नं ४ को संयोजक सुमन आचार्य, नयाँ शक्ति निकट प्रेस सोसाइटीका केन्द्रीय सदस्य नवराज बराल लगायतका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, युवा शक्ति निर्माण अभियानका केन्द्रीय कार्यालय सदस्य तथा थापाथली क्याम्पसका पूर्व स्ववियु सभापति दिलीप तामाङ, युवा शक्ति निर्माण अभियानका केन्द्रीय कार्यालय सदस्य धिरज खनाल, नयाँ शक्ति विद्यार्थी युनियनका अतिरिक्त खेलुकुद विभाग प्रमुख कृष्ण भट्टराई, पार्टीका केन्द्रीय परिषद् सदस्य मुकुन्द कार्की, नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य इन्जिनियर शिव न्यौपाने, प्रदेश नं २ का संस्थापक संयोजक राधेश्याम शाह, केन्द्रीय सचिवालय सदस्य ममताकुमारी शर्मा, नितेश श्रेष्ठ, ओमप्रकाश महतो, अरविन्द शाह, दिनार श्रेष्ठ, दिनेश तामाङ, र सुनिल पोखरेल पनि नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमै प्रवेश गरेका छन् ।

नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सदस्य शेखर मण्डल, निरज बम, अर्जुन यादव, भरत साफी, सुरेन्द्र शाह, हिमाञ्सु शाह, रञ्जन कुमार शाह, उचित दास, रञ्जित खड्की, रामसुधन फुयाल, रमेश भण्डारी, राजेन्द्र बलामी, सञ्जिव सुवेदी, सुजन केसी, राकेश कुमार शाह, जितेन्द्रकुमार दास, घनश्याम शाह, प्राणशुकेशब झा, अनिता बास्कोटी, मनिस शर्मा, अविनिश शर्मा, विवेककुमार यादव, गणेश श्रेष्ठ, झलक छाडुली, संग्राम वल लामा, विशाल रसायली, आषिस दाहाल, योगराज खड्का, सन्तोष नेपाली, अनिस पन्त, प्रान्सु झा, प्रमोद यादव, मुकेश मिश्र, रुपेश यादव, योगेश दास, पंकज दास, प्रमोद यादव, सुवास श्रेष्ठ र गणेश आचार्यलगायत पनि नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएका कतिपय कार्यकर्ताहरुले आफ्नो नाम दुरुपयोग गरिएको आरोप लगाएका छन् । प्रेस सोसाइटीको विभिन्न जिम्मेवारीमा रहेका भनिएर विज्ञप्तिमा उल्लेखित नामहरु उक्त जिम्मेवारीमा नरहेको संयोजक रुद्रप्रसाद भट्टले जानकारी दिए ।

७ असार २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको